Category Archives: अनूदित कथा

अनूदित कथा / Translated Stories

अनूदित कथा : कनेरी

~अर्नेष्ट हेमिङ्वे~ लाम्चो परेको बगैंचासहितको रेडस्टोन भवनको छेउ हुँदै रेल बेसरी कुद्यो । चारवटा मोटा ताडका रूखहरूको छाँयामा मिलाएर राखिएका मेचहरू पलभरका लागि मात्र देखा परे । अर्कोपट्टि समुद्र थियो । समुद्र चट्टानभन्दा धेरै तल थियो र घरि-घरि समुद्री छालहरू … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : व्यस्त ब्रोकरको रोमान्स

~ओ. हेन्री~ पिचर, ब्रोकर हार्भी म्यक्सवेलको निजी कारिन्दा हो। उसले अन्नदाता म्याक्सवेल साढे नौमा जवान सेक्रेटेरी लिस्लीसँगै कार्यालयभित्र छिर्‍यो र यस्सो आँखा उठाएर हेर्‍यो। मुखबाट निस्केको ‘गुड मर्निङ् पिचर’ अभिवादन सँगसँगै म्यक्सवेल आफ्नो टेबलतिर हुर्रियो। यस्तो लग्थ्यो उसले टेबललाई नै … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : भान्का

~एन्तोन चेखब~ अनु : अनिल पोख्रेल भान्का जुकोब, नौ वर्षको एक बालक, जो एल्योहिन भन्ने मोचीकोमा तीन महिनादेखि जुत्ता मर्मत गर्ने काममा अभ्यास गर्दै थियो । क्रिसमसको पूर्वसन्ध्यामा ऊ केही सोचेर बसिरहेको थियो । मालिक–मालिक्नी र तिनका कामदारहरु नआउञ्जेल ऊ … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित पौराणिक कथा : अनौठो तरवार

~लु सुन~ अनु : गोपीरमण उपाध्याय (जसरी भारतीय पुराण कथाहरुमा देवी देवताका हतियारहरु शंख , चक्र , गदा , धनुवाण , बञ्चरो , तरवार आदिका ठूला ठूला महिमाहरु गाइएका छन् । त्यस्तैगरी चिनीयाँ पुराण कथाहरुमा पनि तरवारको बारेमा बडो महत्वका … Continue reading

Posted in अनूदित कथा | Tagged , , | Leave a comment

अनूदित कथा : काबुलीवाला

~रविन्द्रनाथ टैगोर~ अनु : विनिता पौडेल मेरी पाँच वर्षकी सानी छोरी मिनीसँग एकैछिन पनि कुरा नगरी बस्न सकिदैनथ्यो । संसारमा जन्मेपछि भाषा सिक्नको लागि उनले एक बर्ष लगाएकी थिइन् । भाषा सिकिसकेपछि उनलाई खूब बोल्नुपर्ने भयो । जागा रहुञ्जेल उनी … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : उपहार

~गाइ दि मोपासां~ अनु : पुण्यप्रसाद प्रसाई लानतिनको ती युवतीसँग पहिलो पटक एउटा साँझको पार्टीमा भेट भएको थियो, जुन पार्टी उसको विभागको एउटा प्रमुख अधिकारीको घरमा भएको थियो, र आँखा चार हुने वित्तिकै उनीप्रति ऊ नराम्रोसँगले आसक्त भएको थियो । … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : वाल्य-स्मृति

~शरत् चन्द्र चट्टोपाध्याय~ अनुवाद : कुमुद अधिकारी एक अन्नप्राशनको बेला जब मेरो नामाकरण भयो, तब म ठीक म नै हुन सक्छु कि सक्दिन भनेर होस् , वा हजुरबुबा ज्यूको ज्योंतिष शास्त्रमा विशेष दखल भएरै होस् म ‘सुकुमार’ । धेरै होईन, … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : जिन्दगी एक फोटो-फ्रेम

~सन्तोष गोयल~ अनुवाद : कुमुद अधिकारी बेलुकी खाना खाइसकेपछि प्रायजसो शैलेश मलाई बार्दलीमा बोलाउनुहुन्थ्यो र माथि आकाशतिर देखाएर भन्नुहुन्थ्यो- “हेर प्रिय ! आकाश कति सफा छ, तारा चम्किरहेका, मानौँ उनीहरूलाई धोईपखाली गरेर सफा गरेजस्तो। उता अगाडि हेर, जून पूरा छैन … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : हरिचरण

~शरत् चन्द्र चट्टोपाध्याय~ अनुवाद : कुमुद अधिकारी यो धेरै दिन पहिलेको कुरा हो । प्रायः दश-बाह्र वर्षघिको कुरा । त्यतिबेला दुर्गादास बाबू वकील हुनुभएको थिएन । दुर्गादास बन्धोपाध्यायलाई सायद तिमी राम्ररी चिन्दिनौ होला, म राम्ररी चिन्छु । आऊ, आज उनको … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित निती कथा : दाडिम

~खलील गिब्रान~ अनु : डा. दीपक कुमार खड्का एक जना सज्जन मानिसको बगैंचामा थुप्रै दाडिमका रुखहरू थिए । हरेक वर्ष दाडिमको याममा उनी आफ्नो घर अगाडि एउटा किस्तीमा दाडिम राख्थे र त्यसमाथि एउटा पर्चा पनि राखिदिन्थे जसमा लेखिएको हुन्थ्यो, “यी … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : पोस्टमास्टर

~रवीन्द्रनाथ ठाकुर~ अनुवाद : कुमुद अधिकारी जागिरको पहिलो हाजिरी दिन नै पोस्टमास्टरलाई इलापुर गाउँमा आउनुपर्यो । यो गाउँ साह्रै सामान्य थियो । छेउमै एउटा नीलो कोठी थियो र सोही कोठीका साहेबले धेरै प्रयासपछि नयाँ हुलाक (पोस्ट-अफिस) स्थापना गराएका थिए । … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : टुटी झरेको कित्ली

~सन्तोष गोयल~ अनुवाद : कुमुद अधिकारी आज बिहान नास्ताको टेबलमा नै उनी कुरा गर्न चाहन्थिन् यद्यपि उनका मनमा रातभरि सैयौँ काँढाहरू बिझिरहे। अनेक लामालामा ठूला क्याक्टसहरू सरसराइरहे। उनले कोल्टे फेरिरहिन्। वास्तवमा हिजो पूरै दिन साह्रै थकाउने साबित भएको थियो। हिजो … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : सुकेका पातहरू

~शैल अग्रवाल ~ अनुवाद : कुमुद अधिकारी आज पनि ऊ सम्झनाको बटुको लिएर सुनयनाको अगाडि उभिएको थियो। झोली फैलाएर भीख मागिरहेको थियो। ती सब कुरा जुन उनी र आलोकका लागि असम्भव मात्र थिएनन् असहनीय पनि थिए। विचलित सुनयनाले

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : अभिशप्त रात

~सातोमी तोन~ अनुवादः विजय चालिसे उमेर तीस काटिसकेको भए पनि अझै अविवाहित नै थिई ऊ ! यतिबेला वायाँ कोल्टे पल्टेर रातो प्रकाश फालिरहेको ढकनीदार बत्तीदानीमा बलेको बत्तीको उज्यालोमा पत्रिका पढिरहेकी थिई । रात निकै चिसो र उराठलाग्दो थियो । हावाको … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : आँखाहरू

~सङ्गीता झा~ अनुवादः कुमुद अधिकारी “आमा अटोवाला तपाईँसँग कुरा गर्न चाहन्छ।” छोरीले सुनाइन्। “आज बिहान-बिहानै यसलाई के काम परेछ मसँग ?” म सोध्छु । “तपाईँ आफैँ भेट्नु न।” छोरी भन्छिन्। “अहिले स्कुल जान ढिलो हुन्छ, पछि आएर भेट्नु भनन।” यति … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित बाल कथा : रमाइला बालदिवस

~याङ छनछिङ~ अनुवाद : विजयराज आचार्य थुङ थुङले आफ्नो बाबासँग सोधिन– “बुबा भोलि एक जुन अन्तर्राष्ट्रिय बालदिवस हो । यो अवसरमा हाम्रो नर्सरीमा मलाई एउटा पाण्डाको अभिनय गर्न लगाइएको छ । मैले यो अभिनय गरे कसो हाेला बुवा ?” थुङथुङका … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

अनूदित निती कथा : लुगा

~खलील गिब्रान~ अनु : डा. दीपक कुमार खड्का एकदिन समुन्द्र तटमा सौन्दर्य र कुरूपताको भेट भयो । उनीहरूले भने, “नुहाऔं न है?” त्यसपछि उनीहरू लुगा फुकालेर पानीमा पसे । केहीबेर पछि कुरूपता पानीबाट निस्किई, तटमा आई, र सोन्दर्यको लुगा लगाएर … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : हामी मर्छौं तर जीवन बाँचिरहन्छ

~लिओ बुसकाग्लीआ~ अनु : गौतम “उदय” बसन्त लाग्यो ! पालुवा पलाउन थाल्यो ! यसै क्रममा एउटा ठुलो रुखको कुनै हाँगामा “फ्रेडी” नामको पातले पनि जन्म लियो | अन्य सयौँ पातहरु पनि त्यही रुखमा जन्मे | सबै सकुशल हुर्के, बढे ! … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित चिनीया लोक कथा : ढोगाईको सर्त

~अज्ञात~ एकजना धनी र एकजना गरिब गाउँको चौतारीमा बसेर बात मारिरहेका थिए । “यदि मैले तँलाई बीस रुपैया दिए भने तँ मलाई ढोग्छस् ?” धनीले गरिबसँग सोध्यो । “यो त तरिका नै भएन नि, जाबो २० रुपैयाको लागि पनि म … Continue reading

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

अनूदित कथा : बीसवर्ष पछि

~ओ. हेनरी~ अनुवादः महेश पौड्याल ‘प्रारम्भ’ ड्युटीमा तैनाथ ती प्रहरी जवान बढो तदारुकताका साथ चोकतिर लागे । यो तदारुकता उनको बानी थियो, देखावटीपन हैन । त्यहाँ उनलाई हेर्नेहरूको सङ्ख्या कम थियो । राती करिब दस बज्न लागेको बेला, बतासका चीसा … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : भगवानलाई चिठी

~लेन्को~ त्यस भेकमा एउटै घर थियो एउटा थुम्कोको शिरमा बसेको घर । त्यस अग्लो ठाउँबाट नदी बगेको अनि गौचरका छेउमा फैलिएको खेत देख्न सकिन्थ्यो । त्यो खेत पाकेको बाली र ठाउँ ठाँउमा सिमीका फूलहरुले सिँगारिएको थियो । यसैले त्यहाँ राम्रो … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : पुरुषसँग मेरो पहिलो रात

~तसलिमा नसरिन~ अनुवाद : विकास बस्नेत मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र ! रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुमति देलान् र ! अन्त्यमा सान्दाइ मयमनसिंह … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : उसको प्रेमी

~म्याक्सिम गोर्की~ अनुवादः होमर श्रेष्ठ मेरा मित्रले मलाई यो कथा सुनाए : म मस्कोमा विद्यार्थीछँदा संयोगवश त्यो ठाउँमा डेरा लिएर बसेको थिएँ, जहाँ केही सन्देहास्पद इज्जत भएका महिलाहरूसँगै एउटी आइमाई बस्थी । ऊ पोल्यान्डेली थिई । उसलाई सबैले टेरेसा भन्थे … Continue reading

Posted in अनूदित कथा | Tagged , | 1 Comment

अनूदित कथा : प्लेटको टुक्रा

~बेट्टी बी योङ्स~ अनुवाद : अच्युत कोइराला घरका काम धेरैजसो आमाले गर्नुहुन्थ्यो। कहिलेकाहीँ मैले सघाउन खोज्दा उहाँ चिनियाँ माटोले बनेका हेर्दै रहरलाग्दा भाँडा नै डाइनिङ टेबलमा राख्नू भनेर अह्राउनुहुन्थ्यो। म उहाँले भनेजस्तै ती प्लेटलाई सजाएर राख्थें। हाम्रो घरमा हरेक दिन … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : क्षितिज पारी

~रोबर्ट जे. मार्टिन~ अनुवाद : एकदेव अधिकारी डाक्टरको कलम चार्टमा केही लेख्दैगर्दा रोकियो, “त्यसो भए यो तपाईँको तेश्रो दाँतको सेट हो होइन?” बिरामीले स्विकृतीमा टाउको हल्लायो, “हो डाक्टरसाब। तर यसपाली त धेरै ढिलो आयो नि त?” डाक्टरले कौतुहलतापुर्वक सोधे, “त्यसैले … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : मेरो दाइ

~प्रेमचन्द~ मेरो दाइ म भन्दा पाँच बर्ष जेठो भए पनि उ म भन्दा तीन कक्षा मात्र अगाडि छ। मेरो दाइ पनि मेरै उमेरमा स्कुल जान थालेको हो। तर उसलाई पढाई लेखाइमा कुनै हतार थिएन। उ एउटा मजबुत जग बसाउन चाहन्थ्यो … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित पौराणिक कथा : धूर्त मठाधीश

~बिजु सुवेदी ‘विजय’~ गङ्गा किनारमा माकंदिता नामको नगर अवस्थित छ । त्यहाँ एउटा मठमा एउटा मौनव्रतधारी साधु बस्दथ्यो । उसले बोलेको कसैलाई पनि थाहा थिएन । त्यस नगरका सबैले उक्त साधुलाई अत्यन्तै आदर-सम्मान गर्दथे । उसको मौनव्रतको जताततै चर्चा-परिचर्चा थियो … Continue reading

Posted in अनूदित कथा, पौराणिक कथा | Tagged | Leave a comment

अनूदित चिनियाँ लोक कथा : एकोहोरो धुनको त्याग

~अनुवाद एवं सङ्कलन : रामविक्रम सिजापति~ चीनको एउटा सानो गाउँमा निओ नाम भएको मायालु केटा आफ्नो परिवारका साथ बस्दथ्यो । निओको बूढो बाजे चुङ्ग दिनभरी घरमै बस्दथे । जति शोख बाजेचाहिँलाई कथा सुनाउनमा थियो त्यतिकै शोक निओलाई बाहिर बगैंचाको खुला … Continue reading

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment

अनूदित कथा : चिन स

(चिन स नामक प्राचीन रमणीय बगैंचाको कथा)  दक्षिणी चीनका प्राचीन उद्यान र बगैंचाहरु चीन र विश्वमा नामी छन भने उत्तरी चीनको एउटा प्राचीन बगैंचा पनि निकै प्रसिद्ध छ। त्यसै कारण त्यस ठाउँलाई उत्तरी चीनमा रहेको“दक्षिण चीनमा

Posted in अनूदित कथा | Leave a comment

अनूदित कथा : हिराको हार

~ गेइ डि मोपासा~ अनुवादक: सिपी अर्याल उनी निकै सुन्दर, आकर्षक र सुशील युवती थिइन् । तर एउटा सामान्य कर्मचारीको घरमा उनी जन्मनु नियतीको प्रहार नै मान्नुपर्थ्यो ! दाइजो लैजाने क्षमता उनीसँग थिएन, कुनै महत्त्वाकांक्षा थिएनन्, नाम कमाउने चाहना थिएन, कुनै … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : बाजी

~एन्टोन चेखोभ~ भावानुवादः दण्डपाणि जैसी (१) काजी गुमान सिंह बस्न्यात बुढा भइसकेका थिए र उनीसँग पहिलेको शान शौकत पनि बाँकी थिएन। पुस महिनाको एक रात। काजी आफ्नो कोठामा ओहोर दोहोर गर्दै ठिक पन्ध्र बर्ष अघि पुष महिनाको एउटा साँझमा आफुले … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनुदित कथा : म सपना बेच्छु

~गार्विएल गार्सिया मार्खेज~ ~अनुवादक : शिखर आरोहण~ सर्पबेली औठीको प्रसङ्ग आएपछि म आफ्नो जीवनको चौतीस वर्ष पुरानो कुरामा सधै अल्झने गर्दछु । चौतीस वर्ष पहिले मैले भियनामा एक महिलालाई भेटेको थिए । उनको नाम मलाई कहिल्यै पनि थाहा भएन तर … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment