Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

अनूदित कथा : कनेरी

~अर्नेष्ट हेमिङ्वे~ लाम्चो परेको बगैंचासहितको रेडस्टोन भवनको छेउ हुँदै रेल बेसरी कुद्यो । चारवटा मोटा ताडका रूखहरूको छाँयामा मिलाएर राखिएका मेचहरू पलभरका लागि मात्र देखा परे । अर्कोपट्टि समुद्र थियो । समुद्र चट्टानभन्दा धेरै तल थियो र घरि-घरि समुद्री छालहरू … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

गजल : आफ्नै छाँया छोडीदिन्छ

~निशा प्रतीक्षित~ कहिलेकाही जिन्दगीले आफ्नै छाँया छोडीदिन्छ छोरोले पनि बुहारीका निम्ति आमा छोडीदिन्छ समय पनि चटक देखाउँछ बेला बखतमा अनेक मोडमा ल्याएर जमाना छोडीदिन्छ

Posted in गजल | Tagged | Leave a comment

गीत : हिउँभन्दा चिसो आगोभन्दा तातो

~नीर शाह~ हिउँभन्दा चिसो आगोभन्दा तातो तिम्रो हाम्रो माया रैछ रगतभन्दा रातो यो साइनोले मुटुमा लै लै गाडिसक्यो जरो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : जिन्दगानी

~विजय योजीत~ सबै कल्पिए झैं भयो जिन्दगानी यही सुन्न पाए हुनेथ्यो कहानी अझै याद होलान् सगरका सितारा कि बिर्स्यौ र छाती थियो यै सिरानी

Posted in गजल | Tagged | Leave a comment

कविता : देशबाट आएको सन्देश

~बासु श्रेष्ठ~ आज स्वदेशबाट चिठ्ठि आयो रातो रक्तमा लिप्त आँसु र रोदनले भरिपूर्ण वेदनाका चिच्याहट अनि विवशताले भरिएको मेरो मन कटक्क खायो । किनभने मेची कालीमा गङ्गा होईन 

Posted in कविता | Tagged | Leave a comment

कविता : घाम उही हो

~डा तारानाथ शर्मा~ तिहारको यो सुन्दर पर्व विना टीका नै बित्न गयो गाईपूजा कसरी गर्नु? स्मृति मात्र अब शेष भयो लक्ष्मी सम्झेँ मैनवत्तीले सिँगार्न खोजेँ डेरामा भैलो खेल्ने द्यौसी खेल्ने आउँदैनन् अब मेरामा

Posted in कविता | Tagged | Leave a comment

यौन-कथा : अग्निस्नान

~प्रेम विनोद नन्दन~ घाम डाँडाको सिरानी हालेर ढल्ने उपक्रममा थियो । साँझको घुम्टोमा बेरिएर ताराहरूका आँखाले बाटोमा आउनेजाने छाँयाहरू छाम्दै थिए । सङ्घारमै आइपुगेका दुइ छाँयालाई मायालु बोलीले बेरेर आफ्नो उद्देश्यप्राप्तिको लक्ष्यतिर भित्र्यायो । दुवै छाँयाहरू दिनभरिको यात्राले लखतरान खोलोझैँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुकी

~शिशिर परियार~ उसले भर्खरै मात्र जिउँदो हुनुको अनुभूतिसँग साक्षात्कार गरेकी थिई । उसलाई भर्खरै मात्र फूलहरु सुन्दर लाग्न थालेका थिए । अनि कुनै अत्तरको सुवासलाई मिठो भन्ने प्रतिक्रिया दिनथालेकी थिई । उसलाई बिहानहरु उज्याला लाग्नथालेको केही समयमात्र भएको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रोल्पा एक्सप्रेस

~नवीन विभास~ ‘अदालत उही । सिंहदरबार उही । उही बालुवाटार । उही अनुहार भद्रकालीको’, गाडीभित्र र बाहिर झरेका आवाजको ‘भोल्युम’ क्रमशः बढ्दै थियो, ‘सबै रङका फूल आफूखुसी नफुल्दासम्म गुड्छ गाडी । चल्छ, आँधी । फरक यत्ति हो, कतिखेर थामिएजस्तो लाग्ला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य कविता : स्वभाव !!!

~दयामोहन आचार्य~ आखिर प्रिपेड पनि फोनै त हो नि “त्यसको टिलो” पोष्टपेड लिएर ठूलो सस्तो कपडा के आखा लाउँथ्यो “त्यस्को खालो” महंगो भिरेर ठूलो लोकल पनि त आखिर रक्सी नै त होनी “त्यस्को झोल” रेड लेभल पियर ठूलो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कविता : एक मङ्गलबासी घर पठाउँछ पोस्टकार्ड

~क्रेग रेइन~ अनु : सुरेश हाचेकाली क्याक्स्टनहरू बहुपङ्खले सज्जित प्राविधिक चरा हुन् र तिनीहरूमध्ये केही आफूमा अङ्कित विषयवस्तुका कारण मूल्यवान छन् अरुलाई कति पनि दुःख नदिई तिनीहरू आँखालाई पगाल्छन् र शरीरलाई खुम्च्याउँछन् चरा भएर पनि तिनीहरू उडेको देखिन्न तर कहिलेकाही … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

मुक्तक : लत लागेको छ

~निशा प्रतीक्षित~ तिम्रै यादहरुको यति मज्जासंग लत लागेको छ बस! तिमीलाई नै सम्झिरहने आदत लागेको छ

Posted in मुक्तक | Tagged | 1 Comment

गीत : यो गाउँको ठिट्टो म

~प्रेम विनोद नन्दन पहराको छातीबिच फुलेको म फूल सकेसम्म हुनेछैन जिन्दगीमा भूल यो गाउँको ठिटो म, कान्छा मेरो नाम आउँदै जाँदै गर्नू है, सबलाई रामराम पीर व्याथा बोकिहिंड्ने कति साथी भेट्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहाँ छ तिम्रो र मेरो

~नीर शाह~ कहाँ छ तिम्रो र मेरो मिलनको बिन्दु जब कि तिमीलाई टेक्न सुनको भूईं छ मलाई ओत लाग्ने ठाउँसम्म छैन बिचका यी पर्दा र पर्खालहरू च्यातिनु पर्छ भत्किनु पर्छ तर यी सब यो जुनीमा सम्भव नै छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म ज्वाला पिउँदैछु

~भाष्करराज राजकर्णिकार~ निलेर आगो म ज्वाला पिउँदैछु आफैभित्र म कुन युद्ध लड्दैछु जितेरै पनि कुन भूमि टेकु म ? आफै हारेर कुन जीत रोजु म ? कति गर्व जति छ यो स्वदेशको

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नः सुखानीको

~देवी नेपाल~ खै ! सिङ्गो ‘राम’को गाथा ? खै ! ज्यूँदो ‘कृष्ण’को कथा ? खै ! सिद्धान्त युगौँ बाँच्ने ? खै ! ज्योति ‘नेत्र’मा यता ? आस्थाले वीरता बढ्छ खै ! ‘वीरेन’ विचारमा ? खै ! ‘नारायण’को त्याग ? आस्था … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दीयोकॊ ईतिश्रीः

~बासु श्रेष्ठ~ तेल हालुाजेल बल्ने यो बत्ती प्रकाश त दिन्छ आफ्नै मुनी अन्धकार छरेर त्यस अन्धकारमा मनपरी तन्त्र चलाउँछ जगलाई प्रकाश छरेको ज्याला लिँदै आफ्नै मुनीको अन्धकारमा आफ्नो बर्चस्व बचाउन नाना भाँतीका खेल रच्छ ।

Posted in कविता | Tagged | Leave a comment

शावुल शाण्डिल्यका चार छेस्का

~शावुल शाण्डिल्य~ १. पासा जाल सकेसम्म फेकिँदैछ ऐले दर्शनको नारा भीड देखिँदैछ ऐले सु–शासनको नयाँ भाका झिकीझिकी अन्धाहरूलाई ऐना बेचिँदैछ ऐले । २. इज्जत जान्छ भनी कति डर मान्छन्

Posted in छेस्का | Tagged | Leave a comment

लघुकथा : भिजेको लुङ्गी

~बद्री पलिखे~ पोहरसाल । असोज महिना हुनुपर्दछ । काठमाडौँमा म एक्लै लजमा रेडियो सुन्दै थिएँ । बाहिर झमझम पानी पर्दै थियो । ढोका ढक्ढक् गर्‍यो ।चुकुल खोलेर ढोका उघारेँ । पुनः ढोका लगाएँ । उहाँहरू भित्र प्रवेश गर्नुभयो । त्यसमध्येको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : रात ढलेको थिएन

~गोपीकृष्ण प्रसाई~ यो रात औंसीको रात आकाशमा टह टह ताराहरु चम्किरहेछन जुन कतै लुकेको होला प्रेमिल क्षणमा झुकेको होला बगिरहेछ कतै जीवन रुपी खोला थुप्रै थुप्रै झमेलाहरूको सिरानी बनाएर निन्द्रा बल्झाउनुको पीडाले वार्तालाप चलिरहेछ रात संग आज रात पनि बोल्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : विभक्ति

~डा. राजेन्द्र भण्डारी~ म छु तिमी छौ बीचमा ‘लाई’ भइदिएको भए मलाई तिमी हुनेथियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : बूढो माझी

~बिष्णु सुवेदी ‘दोलखे’~ पुरानो टालोमा एक मुट्ठी सातु पोको पारेर एकाबिहानै लाग्छ ओरालो नदी किनार ! नाङ्लो जत्रो मन लिएर र्झछ तल-तल र्फकंदा चाल्नो हुन्छ उसको मन छिया-छिया खुइय्य र्फकन्छ ऊ निरस र्फकन्छ ऊ ! सेतै फुलेको कपाल चाउरी परेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : शीरबाट खसेको त्यो गुराँस !

~रामनाथ खनाल~ अझै उस्तै होला कि फेरियो होला त्यो गुराँसे लेक ? माथि थुम्कोमा बादलका थेग्लाहरू त्यसै गरि बास बस्न आउँँछन कि आउँदैनन् होला ? कुहुकुहुको श्वरमा बिरह गाउने कोइलीको भाका फेरियो या उस्तै होला ? सिम्लेको फेदिनेर छङ्छङ् खस्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : जलेको छ देश मा

~स्वामी सुभाष चन्द्र~ गाउँ अन्धकार छ शहर, जलेको छ देश मा बिकाश निर्माण बिना प्रहर, ढलेको छ देश मा बाटो, पुल त्यो बन्छ भन्थे, खोई त बनिए उल्टै भत्की जन लहर , गलेको छ देश मा

Posted in गजल | Tagged | Leave a comment

कविता : ईश्वर हिंड्ने बाटो

~सन्जिव राई~ उर्लिरहेका थिए एक हूल आवाजका हिंस्रक लहरहरू आक्रोशको समूद्रमा … किंकर्तब्यबिमूढभई टोलाएर हेरिरहेका थिए चालकहरू,पसलेहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्काइसौँ शताब्दीको छिनो-मार्तोलले!

~राजा पुनियानी ~ संसारकै पहिलो मान्छे यही माटोबाट संसारभरि छरिएको हो। तात्तातो बुलेटले चिसिरहने छिया-छिया छात्ती छ उसको। रगत जति बाटै-बाटो झरिसकेपछि कठ्याङ्ग्रिएको नसा छ उसको। बुद्धको अक्षरको बीऊ यतै कतै खसेको हो जो अहिले युद्ध बिसाएको गुरिल्लाको बन्दुकको नालछेउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म मरेको छैन

~अनिल किराती~ पहाड झरेको छ ममाथि घर भत्किएको छ ढुङ्गा माटोले पुरिएको छु म छुट्टिन लागेका छन् शरीरबाट – हात, खुट्टा र टाउको घोचिएको छ काठका चोइटाले कोखा, तिघ्रा र कम्मर नङको फेद, गीजा र कुर्कुच्चाबाट बगेको छ रगत

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ

~साँझ किराती~ ऊ साह्रै खराब छ यसो पनि के भनिहाल्नु ! यो दुनियाँमा झुठो बोल्ने ऊ एक्लो मान्छे हुँदै होइन सायद सत्य बोल्नु उकालो चढ्नु जस्तै हो क्यारे ! बरू झुट नै सही ओरालै झरिरहन्छ, मान्छे । साह्रै घाती छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रन्थ सूचि

~विमल कोइराला~ अनुसन्धानको सिलसिलामा पाठ्य-सामग्रीको सूचि तयार गर्ने विद्यार्थी आफूभित्र हराएर बडो चिन्तित मुद्रामा लेख्दै हुन्छ, उसले तयार पारेको सूचिभित्र सम्पूर्ण विषयहरु आ-आफ्ना उपसंहारसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कोशी

~लक्ष्मी गौडेल~ तराईका बिशाल फाँटहरुमा पौरखीका पाखुरा साहसीका आँटहरुमा तिमी बिना बन्देज बग्थ्यौ भने मेरो कोशी तिमी पहेलापुर धान फलाउँथ्यौ लटरम्म तोरी फलाउँथ्यौ तिमी नहर बनेर गर्हाहरुमा तिमी अदृश्य शक्ति बनेर टाँगिएका सराहरुमा मेरो कोशी

Posted in कविता | Tagged | Leave a comment

कविता : एक संकल्प

~सागर तामाङ ~ _फुटेका सपनाका टुक्राहरु बटुलेर … मलाई बनाउँनु छ एउटा तारा र सजाउनु छ त्यो मनको निलो आकाशमा । _झरेका आँशुका थोपाहरु अञ्जुलीमा थमाएर मलाई बनाउँनु छ त्यो हृदयको मझेरिमा एउटा तलाउ र फुलाउनु छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी याङ्सिला र घर

~रिना बम्जन ‘तामाङ’~ प्रकृतिले लुटेको… बैशाख बाह्रसँगै बस्तीहरूमा ठूलो मानव नरसंहार लाशहरूको लस्कर सपनाहरूको निमेषमै कन्त बिजोक । हूरीले खच्याखुच्युक बनाएको, मुसलधारे बर्षाले

Posted in कविता | Tagged | Leave a comment