Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

गीत : गाउँ गाउँ लाग्यो

~महेश बर्तमान रानामगर~ मनको चाह कसलार्ई सुनाउ खुसिले आशु झरिसक्यो मनको कुरा कहन्छ क्यार गीत एउटा गाउँ गाउँ लाग्यो डाँडा पाखा हरियाली ढकमक्क गुराँस सुनखरी सोह« बर्षे कलिलो जोवान आँखैमा घुम्दछ घरिघरी सुन्दरी रुप छिट्टी परेकी आँखैमा मेरो झलझली बस्यो

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

अनूदित कविता : साथीप्रति

~कमला विजेरत्ने~ अनु : केशव सिग्देल म पत्याउन सक्दिन त्यो कालो धुँवाको कुहिरीमण्डल जुन आकाशसम्म उचालियो त्यो तिमी नै थियो भनेर; तिम्रो तस्विर मेरो एल्बममा अझै मुस्कुराउँछ

विधा : अनूदित कविता | , | प्रतिकृया छोड्नुहोस्

पत्र साहित्य : भीरमा अडकिएको ढुंगा जस्तो देश

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, देश सम्झन्छु मन दुखेर आउँछ । समय वान्ता गर्न मन लाग्छ । परिवेशहरु सहज छैनन् । व्यक्तिगत अराजकताले दिनदिनै सबैलाई त्रसिद पार्दै लगेको छ । क्षणिक उपलब्धि र प्राप्तिको लागि मात्र दौडिरहेछन् । आफूलाई देशको अगुवा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

कविता : मुक भएर प्रेममा बोल्न देऊ !

ज्योति जङगल~ चुम्बनका हजार जुलुश बोकेर हिँडिरहेको इन्टरनेटमा कदापि मेरो चुम्बन सामेल छैन प्रियतम् ! ढुकढुकी, हदय, कलेजो वा मुटु जून, समुद्र, पृथ्वी वा घाम कुनै कृति उत्कृष्ट छैनन्

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

अनूदित छोक : डर

~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ उनीहरू डराउँछन् खै किन डराउँछन् उनीहरू कि सारा धन-सम्पत्ति गोला-बारूद, पुलिस-सेना हुँदा हुँदै पनि ?! उनीहरू डराउँछन्

विधा : अनूदित कविता | , | प्रतिकृया छोड्नुहोस्

कविता : फाइनल म्याच

~आहुति~ हातमा ज्यावल या कहिले हतियार सम्झेर सुरक्षित निर्भय मस्त निदाएँ युगौंयुग तड्पेर ब्युझँदा ममाथि शोषण गरिरहेका थिए हातमा किताव बोकेका मानिसहरू ! हतार हतार मैले पनि उठाएँ कलम लेख्न थालें बोक्न सिकें अङ्गालो भरी भरी कितावहरू !

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : अझै त म हारेको छैन

~स्वप्निल स्मृति~ अझै त म हारेको छैन जिन्दगीको सेक्मुरी फूल मुर्झाएको छैन ! धुलोबाट उठेको म धुलैसरी ढलेँ हुँला यसको अर्थ फेरि कैल्यै उठ्न नसक्ने म हैन कदम–कदममा छ कम्पन, अझै कति ढल्नु होला !

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : कहीँ राती गोली आउला

~राम कृष्ण आचार्य~ ढोका लगाइ बस्ने गर कहीँ राती गोली आउला, धेरै पङगा लीयेउ बाबु आजै आउला भोली आउला। तिम्रो औकात बुझेउ ढिला काम तिम्रो लाग्ने को हो? सोझोलाई घोच्येऊ अति अब मुटु पोली आउला।

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

गीत : खास त केहि छैन

~किशोर घिमिरे~ खास त केहि छैन यो जीबनमा जिन्दगानीमा । म निदाको छैन आझै नी तिम्रो यादमा बिउँझेकै छु ।

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

संस्मरण : पोखरामा हराउन मन थियो

~गोविन्द खड्का~ ‘निता तिमीले यहीँ विवाह गरी बस । हामी कहिले काँहि तिम्रो घरमा भेट्न न्यूले आएर बसौँला । खाने बस्नेको व्यवस्था तिमीले गर्नुपर्छ ।’ ट्याक्सी चढेर पोखराबाट फर्किदै गर्दा कैलाली कि निता विष्टलाई यसरी जिस्काउँदै थियौँ । जति ट्याक्सी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : संस्मरण | | प्रतिकृया छोड्नुहोस्

कविता : मृत्यूपछिको जीवन

~ईन्द्र नारथुङ्गे~ प्रत्येक उभौलीमा… प्रत्येक छौवामा सापादु भरीको वासिम नछुङ्ले फलाक्ने “लेभेनेउ” सँगै “खाली” को नाममा दायलुङमा खनिन्दा प्रत्येक किरातीले आफ्नो सौन्दर्य भेट्ने गर्छ, तर, मरेपछि बाँच्न र, “खाली” भएर दायलुङमा बस्न त्यति सजिलो छैन किरातीलाई ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : साला पहाड में क्या है?

~मीन बहादुर विष्ट~ मुहानबाट निस्केर फुत्त कहीँ हुत्तिँदै कहीँ थामिँदै तर कहीं कतै पिन पछाडि फर्केर एक नजरसम्म नलाउँदै बरु उल्टै दुई किनारहरुमा सालिकझै उभिएका रोगी पहाडहरुलाई लात हान्दै बेस्सरी भागिरहेछ नदी देश छोडेर । काँधमा रातो रुमालले बीचमा टपक्क … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

Poem : False Truth

~Rajan Kafle~ The same destiny’s daughter who kept her hand on my heart and said with a gentle whisper -dear, we are entwined by non verbal contract made up in the heaven before our souls were pumped with life before … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : Poem | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : हरिलठ्ठक

~डा. रविन्द्र समीर~ विर्खबहादुर दुर्गमबाट राजधानी झ-यो, बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छाराको कल्याणको लागि उनी मन्त्री निवास पुगे ।

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

कविता : फलाम पिट्ने मान्छे

~कृष्ण बिश्वकर्मा~ गोर्खाली पहिचानको धरोहर सिरुपाते खुकुरी तर, उस्को आरनको कथा अझै अज्ञात गर्भमै कैद छ करौतीका दाँतीमा रेत लगाउंदै ऊ बडो गर्बले भन्दै थ्यो…. पृथ्बी नारायण शाहका तरबार उसैका बाजेले अर्जापेका थे रे बलभद्र , माथवरहरुका तरबार र खुकुरीहरुमा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : कोहि बचिरहे छ !

~संगीता भट्टराई~ म सधै झैं आज पनि उसै टाइममा अफिस पुग्ये, अफिसमा प्राय सबै जना आइसक्नु भएको थियो, तर मैले जसलाइ खोजेको थिए उनि लाइ देखिन, सधै भन्दा अगाडी अफिस आउने आज किन आइनन मेरो मनमा खुल्दुली भयो । हाम्रो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : साथी

~कमल धिताल~ ‘चिनारी हाम्रो धेरै पुरानो ….’ गुनगुनाउँदै कसैले ढोका ढकढक्यायो । अपिरिचत मङ्गोलियन कदको हृष्ठपुष्ट जवान व्यक्तिले मलाई परिचितले भैmँ हात समाउँदै कोठाबाट बाहिर निकाल्यो । ‘जिल्लामा हाकिम भएर आउने, कोठामा गुम्सेर बस्ने ? फेरि अविवाहित पनि रहेछौ, हा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

बाल कथा : देउताको मकै

~विनय कसजु~ धेरै वर्षघिको कुरा हो । गुल्मी जिल्लाको रिडीबजारमा रहेको हाई स्कुलमा पढाउन भनेर अमेरिकाबाट पिसकोर स्वयंसेवकको एक जोडी आएको थियो । उनीहरू पतिपत्नी थिए । पतिको नाम जोन बुल र पत्नीको नाम मार्था बुल थियो । उनीहरू किसान … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : बाल कथा | | प्रतिकृया छोड्नुहोस्

युगल गीत : तिमी म

~कृष्ण प्र. पाण्डे~ केटा – तिमी ढल्दो रात रोक ——म ढल्किँदो जुन छोप्छु केटी – त्यो मलिलो मन भरी ——म प्रितीको फूल रोप्छु केटा – आऊ आऊ काख मेरो ——किन राख्नु अझै दूरी ? केटी – प्रिय रोक रोक छिटो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

अनूदित छोक : युद्ध

~दया दिसानायेके~ अनु : केशव सिग्देल कति आमाहरु कति पत्नीहरु व कति छोराछोरीको आँशु र रगतको मूल्य

विधा : अनूदित कविता, छोक | , | प्रतिकृया छोड्नुहोस्

लघुकथा : विपरीतको आकर्षण

~दिलिप आचार्य~ उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गर्थ्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नि भेटेको बेलामा दुबै एक-अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैँसे उमेरका थिए र परिपक्व … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

कविता : परेवा

~यशोदा तिम्सिना~ हिजो तिमीले सेतो परेवा उडाउँदा शान्तिको प्रतीक त्यो कावा खाँदै सगरमाथातिर जान्थ्यो उचाइ लिँदो परेवा र तिम्रो उस्तै चर्चा हुन्थ्यो सर्वत्र शान्ति छाउने आशा जाग्थ्यो। आज पनि तिमी परेवा उडाउँदैछौ

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : जमातमा

~कृष्ण प्र. पाण्डे~ चुनिएन बिषय जान्नेको जमातमा। गाता हेरी किताब छान्नेको जमातमा।। भो असभ्य, अछाम, बेकम्मा, आलटाले । उ जाँदैन जे पनि मान्नेको जमातमा।।

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : जिउँदै खाल्डोमा

~भवसागर घिमिरे~ ‘अब यसलाई गाड्नु पर्छ’ ‘म जिउँदै छु’ ‘कसले मरिस भन्यो र ?’ ‘किन गाड्न लाग्या त ?’ ‘हामी जिउँदो मान्छेलाई मात्र गाड्छौं’ ‘किन ?’

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

मैथिली कविता : शान्ति सन्देश

~विनीत ठाकुर~ ए ! शान्तिदूत परवा उड़िकऽ आ अप्पन देशमे फैलऽवै तों शान्ति हिमाल, पहाड़ आ मधेशमे एतऽकेँ सभ नर–नारी अछि शान्तिकेँ पूजारी सहत कोना हिंशा पसरल अछि समस्या भारी हिमालक अमृत जलमे मिलिगेल शोनितकेँ धारा

विधा : अनूदित कविता, मैथिली कविता | | प्रतिकृया छोड्नुहोस्

बाल कथा : सेते कुमालको खुत्रुके

~विनय कसजु~ गानदेवलाई खुत्रुकेमा कति पैसा होला भनेर जान्न सँधै खुल्दुली लाग्थ्यो । कोही नभएको बेलामा उसले खुत्रुके कत्तिको गह्रुँगो छ भनेर उचाल्थ्यो । हातमा लिएर ओल्र्टाई पल्र्टाई हेर्थ्यो । पैसा छिराउने प्वालभित्र चियाउँथ्यो । पैसाको खाँचो परेको बेलामा सिन्का … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : बाल कथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : पाठ

~आचार्य प्रभा~ महिला सम्मेलन हलमा महिलाहरुको निक्कै जमघट थियो । एक महिला – “त्यो रमाले साडी लाएकी हेरन!कस्तो नमिलेको” ? दोश्री महिला- “उस्को जहाँ जाँदापनी त्यही साडी फेमस छ” !!!

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

आधुनिक गीत : विवश मेरो कथा भनुँ त

~कृष्ण प्र. पाण्डे~ विवश मेरो कथा भनुँ त ,निरस झर्कै लाग्ने होला संदेह ग-यौ केही नबोले ,नराम्रो अर्थै लाग्ने होला विवश मेरो कथा भनुँ त***** ल आऊ बस मारी पलेंटी , गर्नुछ मैले धेरै कुरा भो क्रोध छोड मेरी प्रेमिका … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

कविता : जलदेवीको गीत

~विप्लव ढकाल~ रातभरि आँसुले नुहाइदिएर सुकिलो बनाएको जून कहाँ पुगिसक्यो ! कोक्रोमा सुताएर तेल घसीघसी हुर्काएका ताराहरू कहाँ पुगिसके ! बिहानै डोलीमा राखेर कलिलो बेहुलोजस्तो घामसँग

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : म कवि होइन

~प्रमित आचार्य ‘लिबाङी’~ जब म भोलिका बिहानहरु आज निशाको अधेरोले निलेको देख्छु जब म हजार कोपिलाहरु नफक्रदै दुष्ट पाउहरुले कुल्चेको पाउछु तब संसारबाटै लोप भइसकेर केबल कथा अनि कहानीमा सिमित भएका हजार ड्रेगनहरु मेरो कमलो शरिरभित्र भूकम्प लिएर सल्बलाउन थाल्दछन् … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

निबन्ध : ढुंगा पो भइएछ

~श्रीबाबु कार्की ‘उदास’~ ढुंगा पो भइएछ अचेल। ढुंगा हुनुको पीडा बाँचिरहेछु म। जीवनलाई सासौँदो राख्न सकिएन। ढुंगामा यो मनको हराभरा आवाद कसरी गर्न सकुँला खै? ढुंगाहरूबीच मानिस उभिन असहज लाग्ने रहेछ। ढुंगाहरूबीच प्रेम/स्नेह/भावना/सद्विचार/संवेदना/सहानुभूति निरर्थक बन्दो रहेछ। लक्खा! अन्ततः म पनि … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध | | प्रतिकृया छोड्नुहोस्

कथा : चरीको बिलौना

~कल्पना पौडेल~ घनघोर जंगलको बीचमा एउटा पन्छी बन्य जन्तुहरुको बस्ति थियो । त्यसै मध्य एक परिवार थियो पंछीको, जहाँ एक जोडी माउका दुईवटा चल्ला गरि चारवटा पन्छी रहन्थे । वरिपरी घना जंगल भएकाले चारो खोजेर आहार बटुल्न मुस्किल हुने हुँदा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्