Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कविता : म भित्र को अर्को म !

~ज्योतिराज अधिकारी~ म को हो ! म के हो म म नै हो वा होइन कि म भित्र अर्को म छ कि म भित्र नै छैन म ! त्यो म लाई म कसरी भनुं म जब उ मेरो मान्दैन आफै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

संस्मरण : दमौलीको जादुगर

~यज्ञश~ पोखराको फरेस्ट्री क्याम्पसको दुई-तीन चक्कर लगाएपछि मेरो पढाइको हेलिकप्टरले अन्तत: आदिकवि भानुभक्त क्याम्पस दमौलीमा ल्यान्डिङ गरेको थियो । भागेर फिल्म हेर्ने बानी स्कुल पढ्दै लागिसकेको थियो । ०५३ मा एसएलसीको ट्युसन पढ्नका लागि दुई महिना दमौलीको डेरा बसाइले त्यो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : संस्मरण | | प्रतिकृया छोड्नुहोस्

कविता : धर्म र अफिम

~चन्द्र गुरुङ~ सडकैभरि पोखिएका भक्तजन् जोरदार चिच्च्याइरहेछन् भजनकीर्तन उफ्रिँदैछन् जोश र आक्रोश कुनातिर कोही फुसफुसाइरहेछ ओऽऽऽम माने पेमे ओऽऽम माने पेमे ओऽऽम माने पेमे चर्चभित्र रनभुल्लमा छ क्यारोलको लय मस्जिद वरिपरि पखेटा फटफटाइरहेछ आजानको पंक्षी लट्ठिएको छ समय- गल्ली-गल्ली, चोक-चोक … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : या रुवाऊ या हँसाऊ

~कृष्ण प्र. पाण्डे~ या रुवाऊ या हँसाऊ मेरो प्यार तिमी हौ दुख्दा मुटु निको पार्ने उपचार तिमी हौ न भोक छ न प्यास छ खाली तिम्रै आश छ बेहाल यो हालतको जिम्मेवार तिमी हौ

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कथा : हिंड्दै गर्दा…

~रूपेश श्रेष्ठ~ र आखिरमा भारी सुटकेश घिसार्दै म रेल चढें। सुटकेश भन्दा पनि भारी यो मनलाई रेलमा चढाउन सकस भयो। जसोतसो रेल चढें। **** “जुनीऽऽऽ” केहिदिन अघि घर जाँदै गर्दा हामी चुपचाप हिंडिरहेका थियौं। उसले सानो स्वरमा बोलायो। “हजुर” उसले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : फेसबुकको सुन्दरता

~गोकर्ण भट्ट~ फेसबुकमा नयाँ प्रोफाइल तस्बिर राखेको एक घण्टा पनि भएको थिएन, उसको प्रशंसा शुरु भयो- “यु आर सो ब्युटिफुल, ह्वाट अ लुक, आइज लाइक द स्टार, भिजन एज द डेप्थ अफ सि ….., सो सेक्सी ….., क्यान यु गिभ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

व्यङ्ग्य निबन्ध : डि. भी., मेरी स्वास्नी र म

~भरत बागलुङे~ कहिं नभएको जात्रा हाँडी गाउँमा भने जस्तो हिजोआज काठमाण्डौमा अमेरिका जाने सपना देख्नेहरुको जात्रा नै लागेको छ । यता जाउँ डि. भी. उता जाउँ डि. भी. घरघर, टोल-टोल बाटो घाटो जहाँ तहिं डि. भी. भर्ने-भराउनेहरुको कुडुलो नै लागेको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध, हास्य - व्यङ्ग्य | , | प्रतिकृया छोड्नुहोस्

कविता : माली

~निभा शाह~ हामी खुट्टा बनाउँछौँ हामीले बनाएका खुट्टाहरू हामीलाई नै कुल्चिएर सडक बनाउँछन् । यही हो हाम्रो इतिहास आफैले बनाएका पैतालाले आफैलाई कुल्चिएको इतिहास ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

बाल कथा : सिंह र खरायो

~अज्ञात~ कुनै ठाउँमा एउटा ठूलो वन थियो । वनमा बाघ, सिंह, भालु, हात्ती, गैंडा, खरायो, जरायो, बाँदर आदि थिए । सिंहचाहिँ वनको राजा थियो । सिंहले मनपरी ढङ्गले वनका जनावर मारेर खान्थ्यो । एकदिन सबै जनावर एकै ठाउँमा भेला भए … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : बाल कथा | | प्रतिकृया छोड्नुहोस्

पत्र साहित्य : प्रेमिकालाई पत्र

~बिजु सुवेदी ‘विजय’~ धेरै किसिमका फूलहरु स्वर्गका थुप्रै बगैंचाहरुबाट लिइएको एउटा अत्यन्तै ठूलो फूलको गुच्छा सहित प्रिय तिमीलाई अत्यन्तै ठूलो धन्यवाद ! मेरी प्यारी स्याफ्रोन !!! म एकदमै हल्का महसूस गरिरहेको छु तिम्रो माया , समर्पण , आदर , सत्य … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

कविता : हामी थाकेका छौं तर हारेका छैनौं

~राजा पुनियानी ~ त्यो समयपीड़ा नै थियो जसले थामेको थियो यौटा आदिम डरको खुनी आकाश । त्यो पीड़ाको नाममा कुनै शब्द उम्रिएन । त्यो पीड़ाको अनुहारमा बस हल्लिरहेको सहर थियो । हल्लिरहेको बस्ती थियो । हल्लिरहेको हिमाल थियो । पागल … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : देश, कुकुरहरू र हड्डी

~चन्द्र गुरुङ~ गल्लीतिर चोकहरूमा उनकै कुरुप र क्रूर अनुहार डुलिरहन्छन् फोहरी र तिखा दाँत देखाउँदै भुकिरहन्छन् कर्कश स्वरमा आतंक । निर्दयीहरू एकआपसमा भिडिरहन्छन् लुछाचुँडी गरिरहन्छन्

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : आमा! त्यो फेरि आयो

~सुरेन्द्र रजौरा~ आमा! त्यो फेरि आयो। धर्ति साराल हल्लाएर आयो थरथर काप्दै आयो आमा! त्यो फेरि आयो। सारा नेपालीहरुलाई त्रासित बनाउन आयो कति सुन्दर अनि मनमोहक प्रकृतिलाई

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : नसोधोस् कसैले यी प्रश्न

~मेनुका थापा~ अचानक कसैले सोधिदेओस् बाँच्नुको अर्थ के हो ? म भन्थेँ हुँला- फूलमा सुवासको महक जे हो । अचानक कसैले सोधिदेओस्

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : बुढी आमा र चुहिने घर सम्झेर

~पुरु लम्साल~ यी मान्छेहरुको लस्कर सम्झेर रोकिन्छन पाईला सफर सम्झेर झरी परेपछि मन पोल्न थाल्छ बुढी आमा र चुहिने घर सम्झेर

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कथा : मायाताल

~ध्रुवसत्य परियार~ राघवको नजर रामाको प्रतिविम्बमा अडियो। मोहिनी थियो, मायातालमा रामाको प्रतिविम्ब। शिव मन्दिरछेउ श्रद्धालुका लागि फूल बेचेर बस्ने रामा फूलजस्तै राम्री थिइन्। फूलजस्तै फक्रेको जवानी। शिव मन्दिरजस्तै पवित्र मन। र, मायातालजस्तै गहिरा आँखा भएकी रामालाई हेरेको हेर्यैज हुन्थ्यो, पहिलोपटक … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

अनूदित कविता : अशक्तता

~जिनाइदा गिप्पिउस~ अनु. कृष्णप्रकाश श्रेष्ठ. जिज्ञासु नेत्रले हेर्छु असीम भवसागर, बाँधिएको छु धर्तीमा, कुनै किनारमा तर … भीरमा उभिएको छु ः माथि आकाश निर्मल, उडान नीलिमातर्फ गर्न सक्तिनँ केवल ।।

विधा : अनूदित कविता | , | प्रतिकृया छोड्नुहोस्

गजल : के के सोँच्दैछ्यौ नढाँटी भन

~कृष्ण प्र. पाण्डे~ आउँदैछ प्रिया मिलन नजिक , के के सोँच्दैछ्यौ नढाँटी भन गाली गर्छ्यौ कि माया अधिक ,के के सोँच्दैछ्यौ नढाँटी भन उदासी तिम्रो हट्छ अवश्य , मेरो खुशी नि दुगुना हुन्छ खुशीमा कसरी हौंला सरीक,के के सोँच्दैछ्यौ नढाँटी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कथा : ऐना : एउटा पत्रकारको कथा

~एकराज प्रधान~ ‘चुप् । रुन्छस् ? पुलिस बोलाउँ ?’ रोएर दिक्क लाएपछि आमाले यसै भनेर मलाई थान्को लाउनुहुन्थ्यो । पुलिस नदेखेको मलाई ‘पुलिस’ भनिसक्दा मनमा अजङ्गको आकृति बन्थ्यो – ठूलो ज्यान भएको ‘ज्याङ्गो ’ मान्छे, जुँगा मुठे, डन्ठा बोकेको डरलाग्दो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : एउटा उन्माद बैंसको

~हेमन्त श्रेष्ठ~ एउटै चेहरा एउटै तन र एउटै आवाज म देखिरहेछु सुनिरहेछु र भोगिरहेछु समयको लामो लामो अन्तरालपछि पनि निरन्तर निरन्तर आँखा खोल्दा र चिम्लँदा पनि सपना कल्पना र तरङ्गमा पनि उही चेहरा उही तन र उही आवाज खै के … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : जमिनमुनिका पर्खालहरु

~विजय योजीत~ उ पर्खीरहेछ सधैं झैँ उसैगरी , अँध्यारोको व्यग्र प्रतिक्षा छ उसलाई र झुकेको छ चुपचाप पिपलका जराहरु समाएर सधैं झैं घामको नकाब लगाएर , सधैं झैं सन्ध्याको धारिलो गैंती टेकेर , त्यहि पुरानो पर्खालको आडमा !

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : खै एकताको बल ?

~देवी नेपाल~ भन्थे एक थुकी सुकी सय थुकी बन्ने छ पक्कै नदी ऐले भव्य नदी फुटी सय कुलो बन्दै गए सुस्तरी यौटा फूल थुती थुती चुँडिदिए देखिन्छ के सुन्दर ? यौटै काँध बनेर बोक्नु छ धरा खै एकताको बल ? … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : माया साटासाट गरौं

~केशव आचार्य~ आउ हामी एकपटक माया साटासाट गरौं विश्वासको फूलबारीमा पिरतीको बिउ छरौं तिम्रो जस्तै मेरोपनि खाली नै छ मनको घडा दुबै मिलि अँजुलीले सम्झौताको कलश भरौं

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कविता : भनुँ भनुँ लाग्छ…

~बासु श्रेष्ठ~ गाजल् वनी नयन भित्र बसुँ बसुँ लाग्छ मोती दाना लहर भई खुलुँ खुलुँ लाग्छ गाजल् बनी नयन भित्र… वर्षा भई तिम्रो वदन भिजाउँ भिजाउँ लाग्छ रिसाएर आगो भए रिझाउँ रिझाउँ लाग्छ वर्षा भई तिम्रो वदन…… बादल भई केशभित्र … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : तिम्रो स्वास्नी र मेरो कुवेतमा मौलाएको प्रेम

~सुजन अभागि~ सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । एकदिन सांस्कृतिक कार्यक्रममा तिम्रो स्वास्नीसँग भेट भएको थियो । त्यसदिन मैले सोचेको थिए, एउटा चौविस पचिस वर्षकि युवति, पक्कै पनि कसैको स्वास्नी भैसकेको छैन होला । मंचमा प्रस्तुत हुन अगाबै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : आत्मबलभित्रको यथार्थ

~सविता श्रेष्ठ ‘बेहोसी’~ श्रेया अहिले अस्पतालको बेडमा केमो चढाएको बोतल हेर्दै सुँक्सुकाइरहेकी छिन्। श्रीमान्ले प्रेमपूर्वक गाला सुमसुम्याएको स्पर्शले उनलाई अझ रुन मन लाग्छ। श्रीमान्को आँसुको थोपा आफ्नो गालामा झरेको हेर्न नसकेर श्रीमान्को आँसु पुछ्दै भक्कानिएर भन्छिन्-सिर्जित ! म बाँच्छु होइन … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

गीत : प्रेमको माला

~नीर शाह~ प्रेमको माला पहिराइदिएँ सम्हाली राख यसलाई नओइलिने फूलको माला हो यो संगाली राख यसलाई तिमी मेरो जीवनको उज्यालो हौ म सधैं तिम्रो साथ रहन्छु

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

कविता : मुर्दा!

~निशा प्रतीक्षित~ आजभोलि अक्सर म आर्यघाटमा हुने गर्दछु टोलाइरहेको अवस्थामा, मुर्दा जलिरहेको आगोबाट निस्की रहेको धुवाँमा तरङ्गित भैरहेको देख्छु म तिम्रै त्यागका प्रतिबिम्बहरु साच्चै तिमी मुर्दा भन्दा केही कम भएका छैनौ आजकल।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : मनै बरु हारी दिन्छु

~सरस्वती शर्मा ‘जिज्ञासु’~ यो देशको शान्ती खातिर मनै बरु हारी दिन्छु उजाड देशको स्थितिमा सञ्जिवनी सारी दिन्छु बिबादमा अल्झिएर देशलाई बन्दी नबनाउ देशका बाधा ब्यबधान काडे तारले बारी दिन्छु

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

लोक गीत : वनमा सर्लङ्ग

~हिरण्य भोजपुरे~ वनमा सर्लङ्ग रुख सुक्यो नहुनु मायाले दिल दुख्यो डढेलोले वन ध्ढेको कसले देख्छ मन बलेको । लेउतीभित्रै लेउ जत्ति पाइन मायाको भेउ कत्ति

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

कथा : मरिचेको चुपी

~उपेन्द्र सुब्बा~ लिम्बू सम्बन्धित एउटा उक्ति चर्चित छ– ख्यालख्यालमा चार इन्च । लिम्बू–लिम्बूबीच फौदारीमा चार इन्च काटे पनि एक बोतल रक्सी राखेर माफ माग्छन् र माफ दिन्छन् पनि । चार इन्च त ख्यालख्याल हो । नामले साह्रै सुहाएको मरिचे । … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

गजल : लेखिएँ फेरि

~कृष्ण प्र. पाण्डे~ शब्द शब्द अकाल तर लेखिएँ फेरि रुन्चे सस्तो भावना बिच चेपिएँ फेरि वाहियात भो त्याग तैंले कठिन मेलो आफूबाट आफू नै हरे ! हेपिएँ फेरि

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्