Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कविता : जिन्दगी पर्खिरहेकी लाहुरेनी

ज्योति जङगल~ केही दिन अँगालेर जवान वसन्तलाई त्यो लाहुरे आँधीजस्तै परदेसियो, मनभरि शरीरभरि प्रतिक्षा लिएर ऊ उभिइरही । आँसु बोकेका ओसिला रुमालहरु प्रत्येक झरीमा कुहिएर माटो भए,

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

संस्मरण : फ्रयांकर्फटको ट्राम

~यज्ञश~ फ्रयांकर्फटको सपिङ एरनिामा मलाई छाडेर कुमार पन्तजी हिँडे। ‘के-के किन्ने हो किन्नूस्, सकिएपछि मलाई फोन गर्नूस्, म लिन आउँछु’ भनेर उनी मिटिङका लागि गए। मेरा अगाडि अब प|mयांकर्फटको ठूलो सपिङ एरयिा थियो, जसमा अनेकथरी लुगाफाटा, गहना र सौन्दर्य प्रसाधनका … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : संस्मरण | | प्रतिकृया छोड्नुहोस्

कथा : सप्तरङ्गी बिहानीको उदय

~डा. गोबिन्दसिंह रावत~ विदेशको एक्लो जीवन निरस बन्दै गईरहेको थियो । क्याम्पसबाट कोठामा फर्केपछि साथी भनेको कम्प्युटरमा मात्र हुने गर्थ्यो । क्याम्सपमा साथी नभएका र नबनाएको पनि हैन । तर यो मन भने कता कता एक्लोपनको अनुभवमात्र गरी बस्थ्यो । … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : टाउको माथिको जाँतो

~बिष्णु सुवेदी ‘दोलखे’~ घुमाइरहेछन टाउकोहरु माथि बडेमानको जातो र पिसिरहेछन हाम्रा सुन्दर सपनाहरु । हाम्रै छातिमा खेल्छन परेड हाम्रै काध चडेर उक्लिरहन्छन सताको कुर्शी र पुगेर घुमाउन थाल्छन यामानको तेही जातो ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : उफ्

~कृष्ण प्र. पाण्डे~ हेर्दैमा तिमीले मनभरिको त्यो खलबली उफ् चियो पो कसैले गर्दै त छैन त्यो जगजगी उफ् आखिर सुस्तरी जब तिमीले मलाई छोयौ रोकिए झैँ लाग्यो तब समय त्यो गडबडी उफ्

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

अनूदित कथा : देशद्रोहीकी आमा

~म्याक्सिम गोर्की~ अनु : ईश्वर राई आमाको विषयमा भनेर भन्न सकिदैन र धेरै काल सम्मको व्याख्याले ‘आमा’ को अर्थलाई बुझाई स्पष्ट पार्न सक्दैन । कैयौं हप्तादेखि शत्रुहरूका सेनाले आक्रमण गरी शहरको चारै दिशामा घेराउबन्दी लगाएका थिए । विकराल रात्रीमा आगाका … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित कथा | , | प्रतिकृया छोड्नुहोस्

कविता : बह्मपुत्रको सम्झना

~देवी नेपाल~ अनन्त युगका साक्षी ब्रह्मपुत्र थिए त्यहाँ काशी पर्दैन रे जानु विश्वनाथ स्वयं जहाँ गुप्तकाशी पुग्यौँ पैले अनि सागर देखियो के सक्थ्यो शब्दमा अट्न मनमा काव्य लेखियो । कतै ढुङ्गा कतै डुङ्गा कतै बगर सुन्दर ढुङ्गा डुङ्गा चलिरन्छन् मान्छेका … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : धर्मको नाममा

~ईन्द्र नारथुङ्गे~ छेवैमा चारो टिपिरहेको माउपोथीलाई देखेर घाँटीको जगर फुलाउँदै उसैउसै चर्को स्वरमा जवानी गाइरहेको जक्खु भालेलाई पक्रिएर… एउटा ढुङ्गालाई थपना राख्छ मान्छे र, सिरुपाते खुकुरी निकालेर भालेको टाउको छिनाउँदै धर्म गरें भनी मख्ख पर्छ । आफू झैं मृत्यु पर्खिरहेको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : सांसद् पत्नी

~रामनाथ खनाल~ गाउँको बीच भागमा सानो फुसको घर छ । घरभित्र पिलपिल बलिरहेको टुकी अँध्यारो चिर्न खोजिरहेको छ । वर्तन सिद्धिएको दियो जस्तै धिपधिप गरी निभूँलाझैं गर्छ । च्याँsss अचानक बच्चीको चर्को आवाजले वातावरणमा कोलाहलता छाउँछ । रातको सन्नटा चिर्दै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : भूतपूर्व कवि जी सँग

~बिष्णु सुवेदी ‘दोलखे’~ ओ भूतपूर्व कवि जी आङ्गमा घाम सुकाएर निधारमा चिट चिट पसिना उमारेर के सोचिरहनु भएको यो अभावग्रस्त मौसममा एक छाक भात कि एउटा पीडायुक्त कविता ? जीवन भर कलमलाई घोडा बनाएर कत्ति डुल्नु भो गाँउ वस्तीहरु

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : तन दिएँ मन दिएँ

~कृष्ण प्र. पाण्डे~ तन दिएँ मन दिएँ बदलामा होश राख्छु दूर हुन खोज्नेसँग मागेर म दोष राख्छु जाऊ जाऊ दूर जाऊ कति अझै रोकिरहुँ तिम्ले सोँचेभन्दा अब दूरी दुई कोश राख्छु

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : जनता र नेता

~दिलिप आचार्य~ “यी नेताहरू सबै फटाहा हुन‘” कुनै लाममा बसेका एकजना लक्का जवानले गफ निकाले । “हो त नि‘ कसैले केही गर्ने हैनन् ‘सबै आफ्नो भूँडी भर्न मात्रै नेता भा’छन्” एकजना अधबैँसे उमेरकाले कुरो तन्काए । “एउटा–दुईटा मात्रै हैनन् ‘ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | प्रतिकृया छोड्नुहोस्

अनूदित कविता : मेरो पागलपन

~जाहिद दार~ अनु : केशव सिग्देल मेरो पागलपको भित्ताहरुमा आवाजहरुका् खेल छ मेरो पागलपनको भित्ताहरुमा चित्रहरुको नृत्य छ मेरो पागलपनको भित्ताहरुमा मौनताको चर्को अट्टाहास छ जटिल, सुल्झाउन नसकिने प्रश्नहरु जुन छैनन्, तर यदि त्यस्ता भए भने

विधा : अनूदित कविता | , | प्रतिकृया छोड्नुहोस्

अनूदित कविता : स्वप्न बगैँचा

~अभय कुमार~ अनु : किशोर नेपाल पोखरीमा तैरिइरहेका सुनौला माछा आकाशमा तैरिइरहेको अन्तरिक्ष यान जस्तो ताजा फूलका सुगन्धहरू प्रेमचरीको निश्वाससँग घोलिएर फैलिए जस्तो धनकी देवी लक्ष्मी

विधा : अनूदित कविता | , | प्रतिकृया छोड्नुहोस्

कविता : म तिम्रो योग्य छैन

~रामनाथ घिमिरे~ म आमाले घाँसको भारी बिसाउन नपाउँदै मलखादमा जन्मीएको मान्छे । मैले जन्मीने साथै माटो स्पर्स गरे तिमीले, भुवादार विदेशी सेन्टयुक्त मलमल मेरो शाल घाँस काट्ने हसिँयाले काटियो तिम्रो धार युक्त पत्तिले

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : अटल हुन्छ हुन्न

~विजय योजीत~ भनेकै हुँ माया अटल हुन्छ हुन्न रसाएर आँखा तरल हुन्छ हुन्न ! नकारेर झुप्रो गयौ आज छोडी छ यो हेर्नु भोली महल हुन्छ हुन्न !

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कथा : धुवाँ

~मातृका पोखरेल~ ‘फ्रष्टेड बौलाहा’ चोकको पूर्वपट्टि आएर उभियो । निर्माण पूरा हुन नपाउँदै अलपत्र परेको विवादित स्तम्भतिर फर्केर ऊ फेरि एकपटक जोडले हाँस्यो । ‘यहाँ सहिद स्तम्भ बन्नुपर्छ, कुनै भ्रष्टहरुको सालिक यहाँ बनाउन पाइँदैन ।’ उसले सबैलाई सुनाउन ठूलो स्वरमा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

अनूदित कविता : माटोको पर्खाल

~जिडि माजिया~ अनु : केशव सिग्देल टाढाबाट हेर्दा लाग्छ सूर्यको दिप्तिमा त्यो माटोको पर्खाल मस्त निदाइरहेछ मेरो चेतनाको गहिराइमा बारम्बार दोहोरिने बिम्ब आखिर नोसुको त्यही माटोको पर्खाल नै

विधा : अनूदित कविता | , | प्रतिकृया छोड्नुहोस्

अनूदित कविता : एउटा भब्य विदाई

~मोहम्मद नुरुल हुदा~ अनु : केशव सिग्देल मेरा चलमलाइरहेका औंलाहरु तिम्रो शरिरमा ठोकिन्छन् चाहे जहाँ राखौं म तिनिहरुलाई। घना जङ्गल होस् वा निस्सासिने समुन्द्र म हरेकपल देख्छु तिमिलाई। तिम्रा आखाँहरु राता—वा—हरिया बत्ती झैं झिम्किन्छन्

विधा : अनूदित कविता | , | प्रतिकृया छोड्नुहोस्

गजल : इसारा दिदाँ पनि

~निशा प्रतीक्षित~ बजाउँदै हातका चुरा, इसारा दिदाँ पनि बुझिदेनौँ मनका कुरा, इसारा दिदाँ पनि आएकी हुँ समिपैमा, छ्न् रहर मनैभरी मान्दिएनौ गर्न पुरा, इसारा दिदाँ पनि

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

संस्मरण : बिस्तारो गर, ब्यूँझन्छे

~कृष्ण धरावासी~ बिहान ७ बजेको थियो होला, एकाएक मोबाइलमा रिङ बज्यो । हेरेँ, सञ्जीवको नाम थियो । हामी उति फोनमा कुरा गर्दैनौँ । फोनमा बोलेर हाम्रा कुरा पनि सकिँदैनन् । एकदम महत्त्वपूर्ण समाचार नभई प्राय: हाम्रा फोनमा घन्टी जाँदैनन् । … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : संस्मरण | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : हाँस्न थालेको स्कुल

~नरेश ढेंगा~ विद्यालयको भित्ते पत्रिकामा उसले निबन्ध लेख्यो, ‘दुश्मनहरु’। त्यस निबन्धमा दुश्मनहरु भनेका विद्यालयका शिक्षकहरु थिए। सरहरुले बिनाकारण दिएका शारीरिक यातनाको एकएक विवरण दिएको थियो उसले। आफूले सहने सक्ने क्षमता गुमाएर नै यो लेखिरहेको उसले बताएको थियो, निबन्ध मै। भोलिपल्ट … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

गजल : कथाहरु

~कृष्ण प्र. पाण्डे~ निरस हरेक आँशुले सिंचित कथाहरु कल्पिएँ उदासी पढेर लिखित कथाहरु वियोग अघिका अनेक भरोसा आपसमा वियोग घडीमा प्रत्येक बिनित कथाहरु

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कथा : तीन मेल

~सुबिन भट्टराई~ मेल १ मेरी प्यारी, हक नभए पनि यो सम्बन्धले तिमीलाई सम्बोधन गरेँ है। ठिक हो कि होइन यसो गर्नु, थाहा छैन। तर आज म आफ्ना भावनालाई कसैले तोकिदिएको ठिक वा बेठिकको कसीमा राख्न चाहान्न। थुनेकै हुँ वर्षौंसम्म आफैंलाई। … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : चरित्र

~विष्णु लामिछाने~ यौनसम्बन्धी उनको र मेरो सधैँ बहस चल्थ्यो, उनी एकाबिहानै यस्तै कुरा लिएर आउँथे मकहाँ । फलानो र फलानी त हिजो हल्लिँदै रेष्टुरेण्टतिर गएका थिए, फलानो अफिसको फलानो कर्मचारीले सोही अफिसको एकजना केटीसँग … छ्या कस्तो

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

गजल : यै राष्ट्रको भलो हुने

~सरस्वती शर्मा ‘जिज्ञासु’~ यै राष्ट्रको भलो हुने सधैं गीत गाउँछु म त यै राष्ट्रको माटोसँग माया प्रीति लाउँछु म त मिहिनेत गर्यौ भने हिरा मोती यही फल्छ शुभ्- सन्देश सुनाउदै पूर्व पश्चिम धाउँछु म त

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

गीत : पर्खिबसें आउला भनी

~नीर शाह~ पर्खिबसें आउला भनी मेरो उठ्ने पालो कुर्दा कुर्दा जिन्दगी नै भइगएछ कालो वारीपारी अँध्यारो छ आँखा खोली हेर्दा अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा आफ्नै छायाँ आफैंसँग भागी हिंड्न थाल्यो

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

कथा : ब्ल्याक एण्ड ह्वाईट सम्झना

~सुन्दर शिरीष~ ‘तेरो पोई कहाँ छ ?’ आँगनमा कोहि कड्किएको सुनें । म चुलोमा ढिँडो मस्काउँदै थिएँ । हुर्रिएर आँगनमा पुगें । साँझ झमक्क भएको थिएन । आमा आँगनको डिलमा बसेर जुठा भाँडा मस्काउँदै थिईन । आँगन त टाटेपाटे लुगा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

आधुनिक गीत : केही क्षण सहि हाँस्दै

~कृष्ण प्र. पाण्डे~ केही क्षण सहि हाँस्दै जिउन चाहन्छु अझै एक प्याला साथी पिउन चाहन्छु मात हट्यो भने उस्को घृणामा जल्दछु आए जति मन भित्र मुखले बोल्दछु जथाभावी बोल्ने मुख सिउन चाहन्छु अझै एक प्याला साथी पिउन चाहन्छु

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

हास्य-व्यङ्ग्य : गिरगिर

~चर्चित ढुंगेल~ खाडी देशको माटो टेकेकै दिन ‘गिरगिर’ शब्द सुनिन थाल्छ। ‘गिरगिर’ शब्दको माने ‘किचकिच’ हो। उता हाम्रो देशतिर कराएर, गाली गरेर कसैको सातो लिनुलाई ‘किचकिच’ भनिन्छ तर कसैलाई धम्क्याएर, झाँको झारेर थुरथुर पार्नुलाई यतातिर ‘गिरगिर’ भनिन्छ। पहिले नै खाडीमा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : हास्य - व्यङ्ग्य | , | प्रतिकृया छोड्नुहोस्

अनूदित कविता : चिच्च्याहट

~साइमोन आर्मिटेज~ अनु : सुरेश हाचेकाली म र त्यो केटा हामी दुवै जना पाठशालाको आँगनमा सँगै बाहिर निस्किएका थियौँ उसको नाम र अनुहार मेरो स्मृतिमा छैन सुरक्षित । हामी मापन गरिरहेका थियौँ मानव ध्वनिले ढाक्न सक्ने विस्तृति उसले सके जति … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित कविता | , | प्रतिकृया छोड्नुहोस्

कविता : आदिवासी आवाज !

~बिष्णु सुवेदी ‘दोलखे’~ त्यो पारिको उन्यू फुलेको पाखो र तितेपाती घारी छ, नी उ त्यो भीर मौरीको मह काढ्ने पहरो सबै–सबै आदिबासी हुन् ! कहिल्यै घाम छिर्न नसक्ने त्यो भीमकाय जङ्गल र त्यही जङ्गलको बूढो ढुङ्गा जतिकै पुरानो छु म … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्