Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

गीत : शुभकामना शुभकामना शुभकामना

~कृष्ण प्र. पाण्डे~ शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना आऊन् सारा दिनहरु हर्षै हर्षको शुभकामना छ यही नव वर्षको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : देश हार्दै छ आज

~देवी नेपाल~ मेरो छाया रविकिरणको खोकिलामै बिलायो मेरो माया अलमल भई कोपिलामै हरायो । मेरो बाटो ग्रसित किन भो सोध्छ मेरै गुलाब मेरो माटो त्रसित किन भो दासता दे जवाफ ।। मेरो आ“खा अझ पनि त्यही काङ्गडा हेर्न खोज्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : सेवा पछ्याउँदै हिँड्छे

~सरस्वती शर्मा ‘जिज्ञासु’~ जीवनभर देशको सेवा पछ्याउँदै हिँड्छे यै राष्ट्रको उन्नतिलाई सजाउँदै हिँड्छे बा–आमाको प्रेरणा सङ्घर्षको बाटो बन्यो उनको अर्ति–उपदेशलाई खन्याउँदै हिँड्छे

Posted in गजल | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : गुँदपाक बुलेटिन

~चिरञ्जीवी पौडेल~ बोक्सीको आरोपमा गुँदपाक कोच्याइयो कथित बोक्सीको आरोपमा सप्तरीकी एक महिलालाई गाउँलेहरुले जबरजस्ती मुखमा गुँदपाक र रसभरी कोच्याएका छन्। महिलाको सिकिस्त अवस्थामा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : काईलीको बलात्कृत आँसु

~रामनाथ खनाल~ उसैगरी बग्दैछ काली गण्डकी । त्यो त त्यो उसको नियमितता पनि हो । आकस्मिक आउने हुरी बताँसले उसको बगाईको वेग कहाँ बदल्न सक्छ र ? बग्नुसँग नै उसलाई गर्व छ । त्यस दिन पनि काली गण्डकीको बगाईमा पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परदेसबाट घरमा चिठी !

~ज्योतिराज अधिकारी~ सानो सानो भन्दा भन्दै कति ठुलो भएछ हेर त बाबा बाबा भन्थ्यो आउँदा अब त चिन्न छोडेछ ! होनी मैले नै सिकाएको हो उसलाई बाबा भन्नलाई तिमीले त बुवा भन्नु भन्थ्यौ आफु चाही बरु बाबा नै भन्थ्यौ ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : त्यो आधी रात

~सिरुखर्के जेठा~ “मलेसियामा आइसकेपछि खोलापारिका सायाङ्हरूसँग एक रात नबिताइ कसरी नेपाल फर्कनु ?” जीवनले अचेल रक्सी त पिउन छाडेको थियो । तर उसको कुरा कुनै रक्स्याहाको भन्दा फरक थिएन । उसको मुखबाट अचेल यो वाक्य प्रायः नै निस्कन लागेको थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कता ?

~कृष्ण प्र. पाण्डे~ चर्च ,मन्दिर कता प-यो ? गुम्बा प-यो कता ? चारैतिर छ अन्धकार दैव म-यो कता ? ! न त बोट छ न गमला ,छन् नदेख्ने सबै नाम निसान केही छैन फूल स-यो कता ?!

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : निस्सारता

~माइकल रोथेनबर्ग~ अनु : केशव सिग्देल मैले अन्तिम ठूलो हात्ती भूईंमा लडेको देखेँ शिकारीहरुले त्यसका दाह्राहरु लगे महाकाव्यजस्ता सम्झनाहरु उतै विर्सिए फिनिक्स, एरिजोनामा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गजल : लाग्छ चुमिरहुँ ती ओठ

~निशा प्रतीक्षित~ लाग्छ चुमिरहु ती ओठ बिस्तारै बिस्तारै लियो मनले यस्तै अठोट बिस्तारै बिस्तारै न लाग्छ भोक न लाग्छ निंद नै रातमा लौ न लाग्यो यो कस्तो रोग बिस्तारै बिस्तारै

Posted in गजल | Tagged | Leave a comment

अनूदित लघुकथा : लेखक

~रोहितकुमार ‘हैप्पी’~ अनु : लक्ष्मण अर्याल पाकेटमारालाई उसको पाकेट मार्दा लागेको थियो – धेरै माल हात लाग्यो किनकि पाकेटबाट निस्किएको माल गह्रौं थियो | फुकालेर हेर्दा सबै कागजमात्र देखिए |

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

कथा : जयपराजय

~रामप्रसाद दाहाल~ “जा, नफौरी । यो उमेरमा आएर प्रेमका कुरा गर्न थाल्छे । त्यत्रो खहरे खोला जस्तो बैँसभरी के गरेर मरीस् त ? पोइले नपुगे एउटा नाठो समाएर च्वाप्प म्वाइँ खाएकी भए भइहाल्थ्यो नि ।” – रन्जिताले ठट्टामा उडाउँदै शोभनालाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : छुटेको जीवन

~चन्द्र गुरुङ~ सखारै एउटा कलकलाउँदो दिन उदाउँछु दैनिकीको आकाशमा वल्लो छेउ, पल्लो छेउ घिसि्रन्छु अहोरात्र पसिनाको अविरल खोला बगाउँछु ढाडका कोमल हड्डीहरु खियाउँछु जोतिन्छु खुरन्धार मानौँ लानु छ आकाश-धर्ती नै ! समय यसरी बित्छ मनमा अड्दैन कर्कलाको पातमाथि नाच्ने शीतको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मीठा जहरहरू

~शिव प्रकाश~ “हो, अंकल ! धेरै बाबुआमाले धेरै छोराछोरी विदेशीका लागि जन्माए। अहिले ती धेरै छोराछोरीले झन् धेरै छोराछोरी विदेशका लागि जन्माउँदै छन्।” अंकल एकोहोरिनुभयो र मेरो अनुहारमा एकछिन हराउनुभयो। “तपाईंले मेरो मनकै कुरा भन्नुभो आलोकबाबु, उनीहरू गएको आज २० … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियती

~ज्ञानमणि नेपाल~ केही समयदेखि उनी साह्रै चिन्तित देखिन्थे । उनलाई चिन्ताले सताउनुको कारण पनि थियो । घरमा श्रीमती आँखा देख्न सक्दैनथिन् । पाँच जना छोरीहरु दिनदिनै हुर्किदै थिए । तिनीहरुको लालन –पालन र शिक्षा–दिक्षा , अनि विहेबारीको चिन्ताले लालबहादुर चिन्तित् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित लघुकथा : मन्नु र तारा

~विश्वेश्वरप्रसाद कोइराला~ अनु : लक्ष्मण अर्याल आकाशमा ताराहरू चमचमाइरहेका थिए | ”आमा भन्नुहोस् न त्यो के हो ?” मन्नुले आमालाई सोध्यो | ”त्यसलाई तारा भन्छन् बाबु | सबै मान्छे मरेपछि त्यहीं जान्छन् र जन्मनुभन्दा अगाडि पनि त्यहीं रहन्छन् | जन्मनुभन्दा … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

कथा : याङे दाइ

~टि पी मिश्र~ याङे दाइ सिकवाको छेउमा छन् । छोप्ने कुरालाई मात्र ढाक्ने बुच्चे हापिन र जयबंगलाको धेरै ठाउँ टालेको सर्टमा छन् उनी । हाम्रो घर आइपुग्न यिनलाई त्यस्तै १० मिनेट जति लाग्ला हिँडेर । खाली खुट्टा हिँडेर हामीकहाँ आएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बद्लिँदैछ

~कृष्ण प्र. पाण्डे~ अनायास प्रेयसीको सवाल बद्लिँदैछ बिना मेसै मेरो पनि जवाफ बद्लिँदैछ कहाँ बसुँ दोधार भो आँखामा या मुटुमा आँखा स-यो मुटुतिर विभाग बद्लिँदैछ

Posted in गजल | Tagged | Leave a comment

गजल : बिबाद मात्र चल्यो आज

~सरस्वती शर्मा ‘जिज्ञासु’~ शान्ति फुल्ने मेरो देशमा बिबाद मात्र चल्यो आज आस्था विश्वाश नेपालीको क्ष्यडभर्मै ढल्यो आज सुन्य सुन्य उराठ्लाग्दो गाउघर बस्ती देख्दा पौरखी यो शरीरको अंग- अंग गल्यो आज

Posted in गजल | Tagged | Leave a comment

कविता : घरको सम्झना

~बासु श्रेष्ठ~ दशैं बित्यो तिहार बित्यो विदेशमा दाई सुख छ कि दुख छ कि हेरि देउ आई आमा बावु साखा सन्तान देशमा नै छोडेँ सँधै जस्तो हिजो पनि ओछ्यानीमा रोएँ । आउँछु भनि पियारीलाई कति कसम् खानु दुई पैसा साथ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : आरक्षण

~लेनिन बञ्जाडे~ एनसेल साहित्य मेलामा छोरो लिएर गएँ ! फर्किँदा सिमसिम पानी पर्यो । छोरालाई मूल गेटको पेटीमा राखेर ट्याक्सी रोकें । ७-८ वटा ट्याक्सी ‘मिटरमा नजाने’ भनेर हुइँकिए । बिहान आकाश चंगा थियो, छाता लैजाने लेठो गरिएन । प्रज्ञा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अधैर्य

~हरि पौडेल ‘आत्रेय’~ पोखरीको किनारामा चार/पाँच वर्षे बालक बाबुसँगै बसेर माछालाई चारो छर्दै गरेको बालशुलभ क्रियाकलापको दृश्यले मेरो मनलाई तानिरहेको थियो । माछाले चारो टिप्दाको मनमोहक दृश्यप्रति ऊ बडो आनन्दित देखिन्थ्यो । पोखरीमा साना, ठूला, राता, सेता, जुङ्गे, झिङ्गे आदि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : लुंङ्मारी मिथक

~मनु लोहोरुङ~ काल्पनिक वायुयानबाट भू-मध्यसागरको तटमा अवतरण हुँदाको पल, पूर्वतिर फर्किंदा बादलमा खाडलमाथिको जमिन र्सलक्क आफ्नै…. भूमिको मानचित्र देख्छु । ढुंगे मनको पहाडहरु अब बिस्तारै खस्छन् विचारका ब्लास्टिंग पड्किनु र पड्काउनुको ऊँभो गतिले चोइटिएर..

Posted in कविता | Tagged | Leave a comment

कथा : नराम्री ऊ

~दुर्गा कार्की~ कलेज छिरेको पहिलो दिन ऊसँग १६ वर्षीय जोस, जाँगर र उत्साह थियो। तेस्रो दिन थोरै घमण्ड पनि थपियो, कारण उसको ब्याचमा भएका थोरै नाइन्टी पर्सेन्टमध्येकी एक अनि उसको कक्षाकी एक्ली रहिछ ऊ। ऊ कम बोल्न रुचाउने, छिट्टै कसैसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा भुइँचालो थाम्नु छ मुटुभित्र

~चन्द्र गुरुङ~ हिँडिरहेको एउटा मस्त घाम मध्याह्न दिन, चिप्लिझर्छ धरहराको निँधारबाट … घामसँगै लडिझर्छन् उज्यालाहरु दुर्धटनाग्रस्त बन्छन् आशाका किरणहरु । हेर्दाहेर्दै अन्धकारको साम्राज्य फैलिन्छ अस्त–व्यस्त दृश्यहरुको भीड लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : फेसबुकको केटी

~नबराज बजगाई~ मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम ग¥यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सौता

~रामप्रसाद दाहाल~ मोहनकृष्ण र रुक्मिणीको बिहे भएको पन्द्रह वर्ष नाघI सकेको थियो तैपनि उनीहरूका कुनै सन्तान थिएनन् । घरमा आमाबाबु भएका भए मोहनकृष्णलाई कचकच गरेर, रोएर, कराएर उसको अर्को बिहे गराई सक्ने थिए होलान् तर मोहनकृष्णले उनीहरूलाई बालखकालमै बिदाइ गरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : समाचार

~कृष्ण बजगाईं~ प्रमुख समाचार – केही दिनदेखि खानामा अरुची भएकोमा आजदेखि प्रधानमन्त्रीले राम्ररी खाना खानु भयो । – शिक्षा मन्त्रीबाट राजधानीमा भब्य समारोहका बीच एक फिल्मि पत्रिकाको बिमोचन गर्नु भयो । – धेरै दिनको मुसलधारे वर्षाबाट तराईमा भएको क्षतिको निरिक्षण … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

श्रृङ्गारिक गजल : यता तिर नहेर्नु घरीघरी

~निशा प्रतीक्षित~ यतातिर नहेर्नु घरिघरि, मैले भनिदिएकी छु गर्न पाउनेछैनौ मनपरी, मैले भनिदिएकी छु अलिकति ठाउँ खाली हुँदा छेउमै बस्न आइपुग्यौ केही गर्न दिन्न नजिक सरि, मैले भनिदिएकी छु

Posted in गजल | Tagged | Leave a comment

गजल : ति पर्दा उठायो

~विजय योजीत~ उठायो कसैले ति पर्दा उठायो यि आँखा रसाएर झर्दा उठायो ! सँधै टेकिराख्थ्यो दबाएर गोडा रमायो कि वैरी म मर्दा उठायो !

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : सिंहदरबारको साँढे

~महेश थापा~ सिंहदरबार छिर्नासाथ मान्छेहरू साँढा बन्छन् भन्ने थाहा हुँदाहुँदै पनि मुलुकको त्यो प्रशासनिक केन्द्रमा साक्षात् साँढे ढसमस्सिएको बातले गच्ची नै ख्वायो। “ए आयो, आयो!” मान्छेहरू फिलिलि दौडेको देखेर म पनि ठाडोपुच्छर लगाउँदै त्यही हूलमा मिसिएँ। “त्यसका साँढे यो भूकम्प … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कविता : टुयुगु गाँउ

~सेन वेइ~ अनु : केशव सिग्देल गाउँ उपत्यकामा छ। पहाडी कान्लो चिहानघाट हो वर्षेपिच्छे गाउँ साँघुरिँदै जान्छ र दिन्दिनै चिहानहरु बढ्छन् गाँउ तल गहिरो छाँयामा अवस्थित छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment