Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

अनूदित कविता : धर्तीमा झरेको तितो फल

~उस्ताद खलिलुल्हा खलिलि~ अनु : केशव सिग्देल म धर्तीमा झरेको तितो फल हुँ जो जकडिएको छु समयको पञ्जामा। ए स्वतन्त्रताकी छहरा ! तिम्रो कृपा अरु के हुन सक्थ्यो यो तितो फूललाई गुलियो बनाउनु बाहेक?

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : नजिक टाढा

~विश्वेश्वरप्रसाद कोइराला~ पानीले निथुक्क भिजेपछि धरती त्यसै त्यसै चलमलाउन थाल्छ मुहारमा निन्यारोपन लिएर पनि इन्द्रेणी मुस्कुराइरहेको हुन्छ पानीको थोपा बक्षस्थलमा खस्दा धरती त्यसै त्यसै मोहित हुन्छ धरती त्यसै प्रफुलित हुन्छ यौवनको मादकताले धरती

Posted in कविता | Tagged | Leave a comment

कथा : गोप्यकुरा

~सागर बस्नेत~ बेलुकाको खानापछि टिभी हेर्दैथिएँ, धन्दा र थान्कोमुन्को सकेर रमा शयनकक्षमा पसिन्| मपनि उनको पछिपछि गएर बिच्छ्यौनामा पल्टिएँ, उनी श्रींगारऐनाको अगाडी बसेर खोई के गर्दैथिन| उनले प्रसन्न मुद्रामा सुस्तरी भनिन् “हजुरलाई थाह छ, देवकीले छ नि कुमारेको बच्चा सफा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म तिम्रो सोकेशकी परी होइन

~रामनाथ खनाल~ ‘हिजोआज मेरो जीवन यही रक्सीको नशा झैँ लाग्न थालेको छ’ ऊ मदहोसमै बोली । थाहा छैन अव कतिञ्जेल बाँच्छु ? बाचुञ्जेल वाइन र ह्विस्कीको नशा अव सायदै मेरो जीवनबाट छुट्छ । उसको मायावी संसारबाट पार पाउने यो नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्जुलिमा नअटाएको प्रेम

~संगीता भट्टराई~ मन्दिरा हतार हतार कलेज को लागि निस्कन्छे,आज उसको कलेज मा पहिलो दिन हो | भर्खर मात्र एस एल सी को बोर्ड परिक्षा उर्तिण गरेर गाउबाट काठमाडौँ पढ्न भनेर आएकी छे , नयाँपरिवेश, नयाँ रहनसहन उसलाई यो कोलाहलमा मिसिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : के म चुप बस्न सकूँला ?

~ईन्द्र नारथुङ्गे~ म जन्मिएको साल पञ्जिकाधिकारीले छुटायो लेख्न मेरो नाम सरकारको बहिखातामा र, तीन बर्षसम्म बेखबर हुर्किरहें । चार बर्षको उमेरमा पहिलोपटक प्रयोग गर्यो राज्यले ममाथि

Posted in कविता | Tagged | Leave a comment

गजल : अपूर्ण भएँ

~कृष्ण प्र. पाण्डे~ अरु त पूर्ण सधैं म अपूर्ण भएँ सानो भयो रे मुटु !लौ संकीर्ण भएँ न त सवाल कुनै न परीक्षा भयो गल्ती हुनु त कहाँ ! अनुत्तीर्ण भएँ

Posted in गजल | Tagged | Leave a comment

आधुनिक गीत : बोझ लाग्ने नलाग्ने

~कृष्ण प्र. पाण्डे~ बोझ लाग्ने नलाग्ने सबै बोकेर जाऊ यादहरु लापर्बाह छु भुल्न सक्छु बोकेर जाऊ यादहरु होला केही मेरो पनि त पिरतिमा सानो योगदान लैजाऊ लैजाऊ सबै नै भो माग्दिन केही भिख-दान हक लाग्ने नलाग्ने सबै लिएर जाऊ यादहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अन्तिम शब्दहरु

~राजन काफ्ले~ तिम्रा लागि सत्य रहस्यमै रहनेछ बोल्नै परे झूठो अभिनय गर्नेछु क्षमा गर मेरा अन्तिम शब्दहरु

Posted in कविता | Tagged | Leave a comment

सत्य कथा : सातौं नम्वर

~सीताराम नेपाल~ “बर्बाद हुन लाग्यो भनेर म कराएको करायै छु । तिमी भने कानमा तेल हालेर बस्या छौँ बाई ।” रागिनी खराल अलि हडबडाई –“ऊ त आउनै लाग्यो । हाम्रो मोज गर्ने दिन जानै लाग्यो ।” यो सुन्ने बित्तिकै –‘म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भुइँचालो र फूल

~चन्द्र गुरुङ~ एउटा फूल राखिदेउ त्यो सुनसान काखमा गएको छ निदर्यी भुइँचालो यहाँ उपद्रो मच्चाउँदै ।… आफ्नो सन्तानको यादमा रोइरहने उजाड मरुभूमि बनेको यो आमा मनमा चलोस संवेदनाको बतास । अर्को फूल टिपेर सिउरिदेउ त्यो तरुनीको केशराशिमा । बेपत्ता प्रेमीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आगोको यात्रा हिंडेर

~बिष्णु सुवेदी ‘दोलखे’~ आगो नै टेकेर आगो नै चपाएर यहाँ सम्म आइपुगेको म आगोको यात्रा हिंडेर ! आगो बालेर सपनाहरुमा आगोले नै नुहाइरहेछु जीवनको रङ्ग डढाएर आगो नै ओढिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : घाँस काटिरहेकी ऊ

~ज्योति जंगल~ निहुरिएर उमेर काटिरहेकी छे र, हात लागेको छ एकमुठ्ठी हरियो घाँस । बेखबर छे, आफ्नो रूप आधा शिर उचालेर बाहिर आउन खोज्छन् छातीहरू निधारको पसिना तप्प–तप्त खसिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : हिमाली मानिस

~हान डोङ्ग~ अनु : केशव सिग्देल बालक हुँदा उसले आफ्नो बाबुलाई सोध्यो ‘हिमाल पारि के छ?’ उसका बाबुले भने, ‘हिमालहरु’ ‘हिमाल र हिमालहरु’ उसले कुनै शब्द निकालेन, तर टाढासम्म दृष्टि पुर्यायो र पहिलो पटक, हिमालले उसलाई थकित बनायो। उसले सोच्यो … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : पुरानो क्यालेण्डर

~बासु श्रेष्ठ~ नयाँ वर्षको आगमन र पुरानो वर्षको अवसान सँगै आज मैले क्यालेण्डर फेरेँ । यो क्यालेण्डर जसले वितेको वर्ष योजना दियो परियोजना र कल्पना दियो वर्षभरिकोलागी मार्गचित्र दियो समय तालिका दियो र अगाडि बढ्न वर्षभरी

Posted in कविता | Tagged | Leave a comment

कथा : पेशा

~महेन्द्र महक~ गोलो गोलो अनुहार । आँखामा गाजल । सानो ल्वाङ्गे फुली । रातो लिपिस्टिकले कामुक देखिएका गोल गोल रसिला ओठ । नुहाएर सुकाउन फुक्का छोडेको भिजेको कपाल । कसिलो छाती । रातो कुर्ता सलवारमाथि कालो रंगको छालाको ज्याकेट । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : लाग्यो होला

~कृष्ण प्र. पाण्डे~ ईशारा त झम्मा लाग्यो होला। निसाना दिलसम्म लाग्यो होला।। रुख मुनी हेर बुद्ध नयन। फल लटरम्मा लाग्यो होला।

Posted in गजल | Tagged | Leave a comment

कथा : परिवर्तित मन

~बिन्दू प्याकुरेल ‘लुना’~ -जिन्दाबाद! जिन्दाबाद !! -मुर्दाबाद ! मुर्दाबाद !! -पाइँदैन ! पाइँदैन !! -चाइँदैन ! चाइँदैन !! -राजीनामा दे ! राजीनामा दे !!

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो राहदानी भित्रका सपनाहरु

~लारा राइ~ हाजरा, कालो बुर्का ओढ्दिन। काँधसम्म छाँटेको स्टेप कट कपाल। गाजलु ठुला आँखा। त्यो गाजलु आँखाको परेलीमा अल्झिएको आँखीभौंको सुक्ष्म रौंलाई हटाईदिंदै मैले सोधें–“हाजरा, उसो भए बेलायती रातो राहदानी पाएर तिमीलाई औधी खुशी लागिरहेको छ, हगि?” ‘हो, एकदम खुशी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : मन्त्रीजी-हैजा संवाद

~भरत भूर्तेल~ “यसपालिको हैजा,” स् वास् थ्यमन्त्रीजीले गीत गाउनुभो, “मलाई कतै लैजा ।” “कता लैजाऊँ हजुर ?” हैजाले सोध्यो, “जाजरकोट जाने ?” “जाजरकोट,” मन्त्रीजीले भन्नुभो, “त्यहाँ त पुगेर आइहालियो नि !” “त्यसो भए रुकुम जाने ?” हैजाले बतायो, “रुकुम पनि … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सावधान ! कुकुर वहुलाएको छ।

~राजन काफ्ले~ नवोदित सूर्यले हिमालमा फ्याँकेको रोशनी परावर्तित भएर उजेलिएको एउटा शान्त, सुन्दर गाउँ थियो त्यो हिमालको फेंदिमा नौरङ्गी डाँफे मोहनी लालिगुराँस

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : मेरी आमाले काम गर्नुभएन

~डोन्ना स्मिथ याकेल~ अनु : महेश पौड्याल “हजुर, यो कहाँ पर्यो होला?” “समाजिक सुरक्षाको कार्यालय ।” आत्मविश्वसपूर्ण उत्तर । “मैले किन फोन गरेकी हुँ भने, मेरी आमाको भर्खरै देहावसान भयो….मलाई हजुरको अफिसमा फोन गरेर समाजिक सुरक्षा वापतको ….

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : नीलो भ्यान र एकतारेहरु

~लेनिन बञ्जाडे~ ‘यिनै हुन्, हाल् यिन्लाई…..’ अचानक कम्ब्याट डूेसवालाले हामीतिर औंला सोझ्याउँदा मनमा ढ्यांग्रो ठोक्नु स्वाभाविक थियो हाम्रा लागि । अलिक मात्तिएजस्तो, अलिक आत्तिएजस्तो कम्ब्याटवालाले मलाई फर्सीझैं उठायो- जुरुक्क । भिनाजु अलिक गह्रौं थिए- लतारे उनलाई । ‘के भो के … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : फेरी हुँदैछ

~विजय योजीत~ थियो यै अनौठो र फेरी हुँदैछ यहाँ रात बित्दा अँधेरी हुँदैछ । तँ भित्रै तलाऊ छ भन्छन परेली त्यहीं जल्छ छाती खडेरी हुँदैछ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : कोकोम्हेँदो, भूइँचालो र राहत

~इन्द्र नारथुङ्गे~ सरकार ! जाबो एउटा पाल र, दुई छाक चामलको लागि बल्झाएर पीडाहरु खोतलेर खाटा बस्दै गरेको घाउ उभिएर ठिङ्ग लाइनमा लाउदै न्याउरो अनुहार क्यामेराको क्लिकसँग साट्दै भुइँचालोपछिको उदाशी थाप्नु अपमान र निराशा भो आउदिन म राहत वितरण केन्द्रमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा देशको कथा

~चन्द्र गुरुङ~ ओ आफ्नो अनुहारभरि सुनौलो घाम बोकेर लेकबेँसी गर्ने राजकुमार जून झैँ लुकामारी खेलिरहने राजकुमारी बतासझैँ देउराली डाँडाकाँडा उडिहिँड्ने प्रियसी आऊ, म एउटा देशको कथा सुनाउँछु यस कथामा– सेता हिमालका शिरमा टेक्दै टेक्दै उक्लन्छन् स्वार्थी खुट्टाहरू आँखाभरि माया बोकेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : निलो आकाशमा कालो बादल !

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, अघिल्लो साताको सम्बोधनमा तिमी मार्फत लेख्नेहरुको मूल्य खोजी गरेथेँ । धेरै साथीहरुले समसामयिक विषयको सवाल उठान भनेर आफ्नो समेत सहमति रहेको जनाउनुभयो । खुसी लागेको छ । त्यो भन्दा पनि खुसी मैले जुन लेख लेखेको थिए … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

आधुनिक गीत : निदरीमा झस्किरन्छु

~कृष्ण प्र. पाण्डे~ निदरीमा झस्किरन्छु के हुन हो राजै ? निष्ठुरीको जालमा परेँ मेटिएन यादै मन भित्र बस्नेलाई निकाले त आजै हुन्थेन कि यस्तो हाल मन भए सादै माया मात्र पनि हैन जिन्दगानी हाम्रो दु:ख केही झेल्नै पर्छ ज्यूनलाई राम्रो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : नौली

~कृष्णराज सर्वहारी~ — धन्दा नमान यार सोहन। अरे, यार कहिलेकाहीँ त मोज गर। — मोज रे। हामी पढ्न आएका कि मोज गर्न? — पढाइ! पढाइ!! पढाइ!!! हैन कति गर्ने पढाइ? — पढ्न मन छैन भने जाऊँ न त सहर डुल्न। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्खाई

~एकराज प्रधान~ आखिर किन दाइ हामीलाई मान्छे किन गन्दैन यो समाज किन सम्झन्छ हाँसोको पात्र दुनियाँ किन हाँस्छ हाम्रो बोलीमा हाम्रो रुपको के दोष छ जसलाई यो समाजले जनवार समान देख्छ किन दाइ किन ऊ प्रश्नमाथि प्रश्न थप्दै थियो झ्यालतिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होल नाइट

~निराजन शिरीष~ आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिद्रोही आत्मा

~महेन्द्र महक~ ……..त्यसपछि उनीहरूले मेरी आमाको लाश घिसार्दै यहाँ ल्याए । जहाँ पहिलादेखि नै तीन फिटको खाडल तयार थियो । गर्भाशयभित्र मैले अर्धचेत अवस्थामा अनुभूति गरिरहेँ–घिस्रिरहेको । अनि म पर्खिरहेँ गर्भाशयमा– कहिलै नजन्मिनका निम्ति ……..। तर, आज इतिहासको अदालतमा यी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment