Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

नेपाली लघु-उपन्यास : कालचक्र

~रामप्रसाद दाहाल~ प्राथक्वन उमेरको हदबन्दीले नोकरीबाट अवकाश पाएपछि मेरा फूर्सदका दिनहरू प्रशस्त हुन गए र मैले आफ्नो दैनन्दिनी पल्टाएर हेर्ने अवसर पाएँ। त्यहाँ कति सुखका घटना थिए कति दुःखका। मेरो दैनन्दिनी स्वयम् एउटा इतिहास थियो एउटा नोकरीमा पालिएको मानिसको इतिहास। … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कथा : निर्लज्ज युद्द

~डा मधु माधुर्य~ “अँ, २ घण्टापछि मलाई फोन गर्नुस्।” यो थियो राती ३ बजेतिर आएको फोन उचालेर ” हेलो, नमस्कार, को बोल्नु भएको? ” बोल्दाको पूरा जवाफ । अति नै चिसो, अभिवादनबिहीन त्यो जवाफ घनघोर घृणाको मृत र रुखो अभिब्यक्ति … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ल्याम्प पोस्ट

~श्रीबाबु कार्की ‘उदास’~ एकै दिन हेरेँ मैले, नवजात शिशु र अस्ताउँदै गरेको घाम। कहीँ उदाउँदै गरेको भविष्य त कहीँ अस्ताउनै लागेको घाम। दुवै विरोधाभास भयो मलाई। दृश्यहरू भिन्न थिए। भिन्न थियो परिवेश। आफन्तको स्वास्थ्यलाभका लागि टिचिङ हस्पिटल पुगेको थिएँ, एक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : दोश्रो अध्याय

~रामप्रसाद दाहाल~ १ रात छिप्पिदै गए पनि काठमाडौको एउटा सम्भ्रान्त समाजको जमघटको मादकतामा कुनै कमी आएको थिएन । साँझ ढल्कि सकेपछि शुरू भएको जमघट पहिले त सधैँजस्तै सामान्य भलाकुसारीबाट थालिएको थियो । ‘भो, भो । नखाऊँ, नखाऊँ’ भन्दै बल्लबल्ल पेग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तारेभीरमा राम राम

~राजीव पौड्याल~ भानु उफ्रिदै आयो, बाको छेउमा गएर भन्यो, मैले आज ५० हजार जितेँ, यसरी जित्दै गए भने म छिट्टै नै लखपति हुन्छु। १२ बर्से केटाको त्यस्तो कुरा सुनेर बाले चासो जनाएर सोधे, त्यो जित्न चाहि कसरी जित्ने रहेछ भन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रसङ्ग मानेका पातको

~रामप्रसाद दाहाल~ धनबहादुर छक्क पर्यो्। चतुरे, जसलाई अरूहरूले छोटकरीमा चते भने पनि ऊ मायाले चतु भनेर बोलाउथ्यो, दिन पर दिन शङ्काको दायरामा साँगुरिदै जादो थियो। चतुरेलाई जति विश्वास उसले अरू कुनै नोकरचाकरलाई गरेको थिएन र त्यो गोठालो चतुरे र उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कठिन यात्रा

~हरिप्रसाद भण्डारी~ धेरैले यसै भन्थे। एउटा अनिवार्य यात्रा, शिखरमा पुग्नका लागि हिँडिरहेका थिए यात्रीहरू। थाक्ने पछि पर्थे र हिँड्नेहरू हिँडिरहन्थे, निरन्तर। कहिले भीरको बाटो, कहिले जङ्गलको बास। यात्रा कहाँ हुन्छ र सुगम ! चितुवा र ब्वाँसाको झम्टाइ, तीखा ढुङ्गा र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्त्यहीन कथा

~राजेश विद्रोही~ मलाइ थाहा छ तपाइहरु कथा पढ्ने तरखरमा हुनुहुन्छ । तर यो कथा होइन । सूर्यबाट खसेको समयको टुक्रा हो यो जहाँ रातको मात्र होइन दिनको अनुहारमा पनि कालो पोतिएको छ । त्यही कालो समयलाइ प्रकाशमा ल्याउन यहाँ कथा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोकोहोलो

~एकराज प्रधान~ कठ्याङ्ग्रिँदो पुसको स्याँठ । घरि–घरि बन्द झ्यालको चेपचापबाट छिर्छ र सिरिङ्ग बनाएर जान्छ शरीरलाई । त्यही चिसोसँगसँगै हजुरआमाले फेरिरहेको एकोहोरो सास रोकिन्छ र छाती नै चर्केलाझैँ गरी निस्कन्छ खोकी । नसाहरु फुलिन्छन् । हत्तपत्त म अघि बढ्छु, टाउको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रसफायर

~टि पी मिश्र~ “छि ! अरुले देखे भने के भन्छन् ?” सायद् यस्तै केही भन्दैथिइन् उनी, जब म उनलाई अँगालो हालिरहेथें । मैंले वास्ता गरिनँ । हुन पनि धेरै दिनपछि भेट भएकोले होला- म उनीसँग रमाउन र हराउन चाहिरहेको थिएँ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लभ एनिभर्सरी

~बिष्णु पोखरेल~ अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भासुभीरको भूत

~मणि लोहनी~ देउतीबजारभन्दा पर एउटा छाप्रोजस्तो चियापसलमा पुगेर गाडी रोकियो। भर्खरै देउतीबजारमा चिया र खाजाका लागि रोकेको गाडी फेरि यहाँ किन रोकेको होला भनेर सोच्दै थिएँ। सबै मानिस हुरुरु ओर्लिए। लगत्तै छतमा उक्लिए। गाडीभित्रका खलासीले मलाई सोधे, “तपाईंलाई चाहिँ आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सेतो कोट

~सिन्धु गौतम~ बेडसिट खुम्चिएर एउटा कुनामा जम्मा भएको छ । सबैमा आ-आफ्नै वेदनाको चिच्याई छ । म त्यहीँ एउटा बेडको छेउमा मेरी आमालाई सुम्सुम्याउँदै थिएँ । आमाको दुःखाइ, पीडा भोग्दै थिएँ म मानसिकरूपमा । त्यहाँको भद्रगोल व्यवस्था, वास्ता नगर्ने प्रवृत्तिले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : असार १७ गते नबिनाको विहे

~सुमन बगाले~ परदेशमै भएपनि मैले आफनो गाउघर, आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन। आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिनर्वा

~रामप्रसाद दाहाल~ म सँग चिनापर्ची भएकै दिन बिहाबारीको प्रशंग चल्नासाथ मिनर्वाले भनेकी थिई – “मेरो त चौध वर्षको उमेरमा नै बिहे भएको, सौमी दी ।” तीस वर्षको लग लागेकी मिनर्वाले त्यो तथ्यलाई बढो गर्वका साथ सुनाएकी थिई मानौं कुनै ठूलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमनगरी

~निराजन प्रभात~ बिहानै उठे मोबाइल चेक गरे एस एम एस थिएन,फेसबुक खोले त्यहाँ नि थिएन ।इमो भाइवर कतै उनको म्यासेज थिएन । हैट केटाको आइडियाले काम गरेछ मक्ख पर्दै धन्यवाद दिए । फोन गर्न खोजे ब्यालेन्स नभएको जानकारी आयो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किन्न नसकिएको इज्जत

~दीपक घिमिरे~ नाइँ नाइँ हँुदैन । अरु एक क्वाटर त थप्नुपर्छ यार । ओखरेले मान्ने वाला थिएन, उसलाई आज मात्ने गरी रक्सी पिउन मन लागेको छ सायद । तर मलाई खै किन हो आज रक्सी पिउन नै मन छैन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समानता

~रामप्रसाद दाहाल~ मुसोले हात्तीसँग विहे गरेको कुरा विश्वभरि फैलियो र सबैले हात्तीको उदारता र मुसाको बहादुरीको प्रशंशा गरे। उनीहरू समानताका अनुपम उदाहरण भए र उनीहरुको कार्यलाई असमानताको अन्त्य गर्ने पहिलो व्यवहारिक खुटकिलो मानियो। त्यही उपलक्षमा भोज भए, उत्सव गरियो र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चर्किएको ऐना

~प्रमिसा केसी~ रिसैरिसमा सानो झिलिमिली पर्स कोठाको कुनामा वास्तै नगरी फ्याँक्दै खाटसम्म पुग्न हतारिइरहेका उसका पाइला टक्क अडिए, जब आफैँलाई ऐनामा खोज्ने प्रयास गरे उसका आँखाले । वर्षौं पुरानो, सायद ऊभन्दा पनि पुरानो त्यो दराज अनि ऐनाको कुनामा जबरजस्ती अड्याइएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित लघुकथा : आफ्नो-अर्को

~हरिशंकर परसाईं~ अनु : लक्ष्मण अर्याल ”तपाइँ कुन विद्यालयको शिक्षक हुनुहुन्छ ?” ”म लोकहितकारी विद्यालयको शिक्षक हुँ | किन केही काम छ र ?” ”अँ, मेरो छोरोलाई विद्यालयमा भर्ना गर्नु छ |”

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

कविता : म त्यही बूढो प्रेमी

~बिष्णु सुवेदी ‘दोलखे’~ वर्षौंपछि फेरि आइपुगेको छु यो बूढो मन लिएर एक थुङ्गा फूल चढाउन ! त्यतिबेला यो खोलाको बीचमा कुनै फड्के थिएन, पुल थिएन खोला एकनासले बग्थ्यो तिमी पारिबाटै÷म वारिबाटै भावनाको पुल हाल्थ्यौं तिमी मसम्म आउँथ्यौ म तिमीसम्म धाउँथें … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : झरी दर्केपछी

~बन्दना श्रेष्ठ “बिवश”~ माघ-फल्गुन महिनाको अन्त्य तिरको दिन हो । यो इज्रायलमा बहिर हिजो देखि नै दर्के झरी परिरहेको छ ।राती त असिना पनि बर्सेको थियो ! आकाशको गड्याङ-गुडुङ ले मन् केही तर्से पनि,बर्सातमा म निकै रमाउछु । म काम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नलेखिएको कथा

~मनोज बाबु पनेरु~ आज पनि ऊ बेतमासले हाँसी रहेकी छे। मेरो अफिसबाट डेरा आउने चोकैमा हुन्छे ऊ। प्रत्येक दिन अफिस जाँदा र फकर्दा उसको हाँसो सुन्नु पर्ने मेरो लागि असजिलो अनिवार्यता बनेको छ। धेरै भो मैले उसका बारेमा कथा लेख्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : साँइली औँलाको औँठी

~सिन्धु गौतम~ सगुन बारम्बार एस्.एम्.एस्. गरिरहन्थ्यो तर सृष्टिबाट त्यसको प्रत्युत्तर कमै मात्र हुन्थ्यो । समय बित्दै जाँदा दुवै जनाबाट बराबर जस्तै एस्.एम्.एस्. हुन थाल्यो । साँच्चैभन्दा त एस्.एम्.एस्. दोहोरी नै हुन्थ्यो । एक पटकको शृङ्खला १३/१४ एस्.एम्.एस्. सेवाबाट मात्रै टुङ्ग्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सहरयात्रा

~पुरुषोत्तम दाहाल~ “ह्वात्त टाउकोमा केही बजि्रयो र ह्वास्स नाकमा दुर्गन्ध पस्यो । जीउभरि केही खोस्टा, छोक्रा र लिँडका टुक्राहरू भरियो । न आँखा सिधा उघ्रिन सक्यो, न हातखुट्टा नै चले । माथि कताबाट हो कुन्नि स्त्री स्वर सुनियो ‘विनावी’ ।” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्यानभासभित्रको देवीप्रसाद

~गोपाल दुलाल~ देवीप्रसादको घरमा त्यो रात खुसी छाएको थियो । यसपालीको तिहार भने साँच्चै नै रमाईलो होला भन्ने विश्वासमा थिए उनीहरु । आजै मात्र ऊ घर फर्किएको थियो, बहिनीको उपचार गरेर, । जन्मजात चिरिएको ओठ लिएर जन्मिएकी देवीप्रसादकी बहिनीको मुहार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाहुना

~रामप्रसाद दाहाल~ आखिर जुठेल्नेामा कसैले भाँडा बजारेको सुनियो र आमाको हातबाट चिया समाएर सुर्को तान्नै आँटेकी मञ्जरीले झस्केर सोधी– “के भयो फेरि? कसले भाँडा बजार्छ त्यसरी?” आमाले दिक्क मानेको स्वरमा भनी– “खै ! त्यो लाटी राँडी बौलाएकी छ आज फेरि। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अदृश्य मूर्ति

~विन्दु सुवेदी~ जापान छोडेको यतिका वर्ष भइसक्दा पनि मलाई त्यो देश मानव विम्बहरूमा आइरहन्छ। त्यहाँ भेटेका मानिस र तिनका कथाहरू अहिले पनि पटकपटक क्षितिज जस्तै खुल्छन्। मैले अत्यन्त नजिकबाट चिनेको एउटी जापानी महिलाको जीवन कथा र तिनको कला र जीवनका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : दस्तावेज

~रामप्रसाद दाहाल~ पूर्वकथा टेलिफोनको घण्टी बजिरहेको थियो। डाक्टर अविजितले पहिलो घण्टी नै सुने पनि त्यसलाई उठाउन चाहेन। पुषको मध्यरातमा सिरकभित्र स्वास्नी अँगालो मारेर सुतेको लोग्नेमानिसले त्यो तातोपन छोड्न पटक्कै चाहेन। ऊ डाक्टर नै भए पनि इमर्जेन्सी कल ऊ कहाँ आउदैनथ्यो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : पछ्यौरी

~सिन्थिया अजिक~ चिसो, अत्यन्तै चिसो । नरकीय पीडाको याद दिलाइदिने चिसो सडकमा स्टेला (Stella) अन्य दुई जनासँग हिड्दै छ । यस्तो सडकमाथि उनीहरू कसरी सँगसँग हिड्न सकेहोलान् । पीडाले थिलथिलिएका रोजा (Rosa) का दुई वक्षस्थलमाझ पछ्यौरीमा बेरिएकी म्याग्डा (Magda) ठण्डीले … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

कथा : ढाकछोप

~फणिन्द्र शान्त~ ‘‘के के तयारी गरिस् त हौ साइला?‘‘ मेरा नयन एकोहोरो छोरी खोज्न भौतारिइरहेका थिए, एक्कासी अन्तरे काकाको प्रश्नले विथोलिन पुग्यो । प्रातकालमा हामी बाबु छोरी बीच ‘को पहिले मामु छुने?‘ प्रतियोगीता हुन्थ्यो । तत्पश्चात लुकामारी । त्यहाँ एक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको सपना

~एकराज प्रधान~ ‘शरणार्थी कान्छी कति बेला आयौ ?’ उसलाई बोलाउँदा मेरो सम्बोधन प्रायः यस्तै हुन्थ्यो । कुनै बेला त्यही शब्दले ऊ औधी खुसी हुन्थी कहिलेचाहिँ खै कस्तो मुडमा हुन्थी रिसाउँदै लखेट्न खोज्थी । तर म उसलाई त्यसरी नै बोलाउँथे उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment