Author Archives: Editor

कविता : हे ! गाउँघर

~छविलाल कोपिला~ हे ! गाउँघर, आऊ तिमी प्रत्येक गाउँ–गाउँ र घर–दैलोमा नव उत्साह, जोस र उमंग लिएर त्यस्तै नव–सुवास र नव–रंग लिएर, अनि, प्रत्येक मानिसहरुको हृदयमा विकास र उन्नतिको कोसेली लिएर र ज्ञानको दियालो बालेर आऊ ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : पुरेले के गर्यो?

~सुरेस खनाल~ पुरे बिउँझियो। बाहिर चराहरु कराईरहेका थिए र पर कुनै मन्दीरमा घन्टबजिरहेको थियो। मान्छेहरुको कल्याङमल्याङ अश्पष्ट स्वरहरु पनि वातावरणमा फैलिएका थिए। एक पटक हाई गर्दै जिऊ तन्कायो र फेरि सिरकमा गुटुमुटु भएर घुँडा खुम्च्याउँदै कोल्टे फर्कियो र भित्तामा टुलुटुलु हेर्न थाल्यो। उसको मनमा र दिमागमा सधैँ झैँ सुन्तली छाइन्। उसलाई आफ्नो सम्पूर्ण शरीरमा मदकता भरिएको आभाष भयो। हल्का मुस्कान पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : नेपाल

~क्षेत्र प्रताप अधिकारी~ प्रिय सम्पादक ! तिमी सम्पादकीयमा नेपाल लेखिरहेछौ म, कवितामा नेपाल लेखिरहेछु विधा भिन्न भएर के भयो त हामी एउटै नेपाल लेखिरहेछौँ हाम्रो सौन्दर्य त्यही हो कहिलेकाहीँ तिम्रो पत्रिकामा मेरो कविता पनि छाप है !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : अपहरण

~अभय श्रेष्ठ~ चार्ल्स डार्विनको विकासवादलाई उसले राम्ररी पछ्याएको थियो। पहिले क्रान्तिकारी थियो। पछि ‘नेता’ भयो र त्यसपछि ‘मन्त्री’। भोक, यातना, जेल र कठिन यात्रा क्रान्तिकारी जीवनका अभिन्न अंग थिए। पानीमा चोबल्दै गालामा करेन्ट लगाइएका र पाइतालामा किला ठोकिएका असह्य पीडा अझै पनि बल्झिन्छन्। भीरैभीर, काँडैकाँडा, जंगलैजंगल कुद्नुपरेका क्षणहरू सम्झनाको रिलमा बारम्बार घुमिरहन्छन् ! पार्टीको खुला मोर्चामा सरुवा भएपछि उसले अन्तरपार्ट पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

अनूदित कविता : जहाँ हरियो हुन्छ

~विष्णु नागर~ अनु : मनोज न्यौपाने जहाँ हरियो हुन्छ त्यहाँ पहेंलो पनि हुन्छ गुलाबी पनि हुन्छ त्यसमा गन्ध पनि हुन्छ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : अनूदित कविता | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : भ्रम

~राप्रउ पोखरेल~ ऊ चार-पाँच वर्षपछि जनकपुर जाँदै थियो। बसको यात्राभरि अनेक राम्रा-नराम्रा कुराहरू उसको मनमा खेलिरहे। सँगै रहेकी उसकी स्वास्नी पनि अशान्त र चिन्तित थिई। मधेस आन्दोलनपछि तराईको जनजीवन आतंकित छ, कसैको जीउधनको सुरक्षा छैन। यस्तै कुरा ऊ बेलाबेलामा सम्झिन पुग्थ्यो। बसले बर्दीबास र ढल्केबर पनि छिचोल्यो। उसको छटपटी बढ्दै गइरहेको थियो। त्यो जनकपुर भन्ने ठाउँ कहिल्यै नआइपुगोस् जस्तो उसलाई पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गीत : काँहा जान हिडेको म

~बिस्नु प्रवा सापकोटा~ काहाँ जान हिडेको थें काहाँ पुगें आज पुग्नु पर्ने टाढा थियो परि सक्यो साँझ जुन छुने चाह बोकी,यात्रा थालें उकालीमा झनै पर भाग्यो जुन,आईपुग्दा देउरालीमा हिड्दा बाटो बिराएको,छैन जस्तो पनि लाग्छ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : हिटलरको दुर्भाग्य

~दिनेश अधिकारी~ रमाउनका लागि खोलाको कलकल सुन्न धाउनु पर्दैन अरुले जस्तो वसन्त पर्खेर कोइली-स्वरकै प्रशंसा गाउनु जरुरी छैन पोहोर-परारजस्तो यो बेला चन्द्रमालाई कसैको पोको पारेरै लगे पनि सायद मलाई पछुतो हुने छैन

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : साइबरमा कमरेड

~भूमि भण्डारी~ “मलाई कमरेड नभन्नुहोस् ।”- म उनीसँग झनक्क रिसाएको थिएं । “कमरेड भन्दा डर लाग्छ ?”- उनको सहज प्रश्न थियो । बास्तवमा मलाई ‘कमरेड’ शब्द देख्ाि नै डर लाग्थ्यो । संकटकाल थियो । गाउामा माओवादीको जगजगी । शहरमा सरकारी सुरक्षा फौजको त्रास । गाउाका समाचार धेरै बिक्थे त्यसताका । गाउाको समाचार लेख्ो बापत कोहीकोही बेला शहरमा बस्ने हाकिमहरुलाई प्ा्रष्टिकरण पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : कमरेड

~स्वप्नील बादल~ शत्रुको निशाना र हाम्रो छातीको दुरी निकै कम हुदै थियो  | तिम्रो युद्ध कुशलता र मेरो कायेरता बीचको   दूरी भने   निकै फराकिलो थियो | तेसैले त तिमी पछाडि नफर्की शत्रु सामु लगातार धावा बोलिरहेका थियौ, आगो उकाली रहेको थियौ | र म एकोहोरो भय र आतांक पोतिएको मिर्ग रुपी सिंहको आहारझैँ शिथिल भएर तिम्रो आड लिरहेको थिए | कमरेड पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गीत : ढुङ्गोको भर माटो

~नवराज पोखरेल ‘पाखेली’~ माटोको भर ढुङ्गो हजुर ढुङ्गोको भर माटो कसम खादै यसै भन्थेउ मोडेउ तिमीले बाटो फुल छरे बाटो भरि बिछ्याएर चोखो माया सजाएर तिमीलाई नै दिलको दाया बाया

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : दीवारानी (१)

~त्रिभुवनचन्द्र वाग्ले~ धेरै लामो बसाइ भएन जुम्लामा । यस क्रममा सिंजा, महत गाउँ, विष्टबाडा र नाग्मामा केही दिन बिते । एक्लै बिष्टबाडा जाँदै गर्दा निकै थकाइ लाग्यो । तिर्खा लाग्यो । एउटा सम्पन्न जस्तो लाग्ने घरमा पानी खान पसेँ र अनुरोध गरेँ । ‘घरमा कोही हुनुहुन्न, मैले दिन हुँदैन, ऊ त्यहाँ करुवा छ, आँफै पानी सारेर खानुहोस् अति शिष्ट र पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

छन्द कविता : सत्यमेव जयते परिणामे

~कृष्ण वस्ती~ छन्द : स्वागता अङ्ग-भङ्ग हुन गो गरिखाने छैन चाहत उसै मरिजाने । भन्दथे जिजु सधैँ तर साने ! सत्यमेव जयते परिणामे ।। मारकाट बल-बन्दुक छाने क्रान्तिका गफ दिए जजमाने । खोसिए अब सबै नख-प्वाँख सत्यमेव जयते परिणामे ।।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : छन्द कविता | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : बाल्यकालले डोर्‍याएको जिन्दगी

~भेषराज रिजाल~ बस्तीमा गोधुली भित्रिइसक्दा पनि आमा बाबु घर नर्फकँदा वनतिर जाने बाटो पछ्याउँदै डराईडराई थुम्कातिर दौडँदा पर क्षितिजका डाँडाकाँडाहरू पनि मसँगै उफ्रीउफ्री दौडे जस्तो लाग्थ्यो मैले बोलाउँदा पुगेर थुम्कामा कहाली लाग्ने ठूलो भीरको पहराले पनि बोलाउँथ्यो – “आमा….आमा….आमा….

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : नरूनु छोरी

~देबेन्द्र बस्याल~ तिमि सुतेकै थियौ छोरी म झिसमिसेमै हिडिहालें तिम्रो कलिलो अनुहार मलाई हेरिरहेको थियो छोरी तर तिमि निदाईरहेकी थियौ मैले तिम्रा दुबै गाला सुमसुमाए र म्वाई खाएँ तिम्रो मायालाई मुटुभरी बोकेर

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : जिवन कस्तो बनाईस्

~दीपक कुमार ज्ञवाली~ हे आमा देऊ आशीष नजाऊ विदेश भनी । दिन दिनै लाशको ताँती बाकसमा बसी । कस्तोे देश हो हाम्रो ,छैन रखवार जनताको । कहिले आऊला ,खुसि नेपालीका मुहारमा । लड्दैभीड्दै ल्यायको लोकतन्त्र नेपालमा । प्राप्त उपलब्धिलाई गर्न नसक्ने ब्यवस्थित । लोकतन्त्रको उपलब्धि भ्रष्टाचार चरममा । निस्तेज राज्यका अवयव,कसलाई के भनौं ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

लघुकथा : मौन विरोध

~शर्मिला खड्का दाहाल~ प्राकतिक छटाले भरिपूर्ण एउटा स्थानमा असाध्यै रमणीय पोखरी थियो । त्यस सौर्न्दर्ययुक्त पोखरीमा एउटा माछाको परिवार र भ्यागुताको परिवार बस्दथे । त्यस पोखरीको सौर्न्दर्यपान गर्न धेरै टाढाटाढाबाट मान्छेहरू आउँथे । उनीहरू त्यस पोखरीमा आएर त्यहाँका राम्राराम्रा माछाहरू देखेर आनन्दविभोर हुन्थे । अनि माछाहरूलाई चारो किनीकिनी खुवाउँदथे । यसरी मानिसहरूले आफूहरूलाई मात्र माया गरेको देखेर माछाका परिवारमा घमण्ड पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : लघुकथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : आस्था पालेर बाँचौं

~कुन्दन काफ्ले~ सुक्न थाले हिउँ पनि हिमालयको शीरको । लुक्न थाले बनचरी कठै पहाडको भीरको । झुक्न थाले गौरवहरु गोर्खाली वीरको । चुक्न थाले विश्वास पनि आस्थारुपी तीरको । बचाऔं बच्छ हाम्रै सम्मान औ स्वाभिमान ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गजल : मेरो शहर

~रवि प्राञ्जल~ निसासेर भित्र भित्रै बन्द मेरो शहर । एकलास सन्नाटामा मन्द मेरो शहर । भेटिँदैन मन्दिरमा धूपको सुगन्ध, बनेको छ बारुदको गन्द मेरो शहर ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : गजल | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

लघुकथा : सहयोगको बिजोग

~अरुणबहादुर खत्री ‘नदी’~ कार्यालय छुट्टी भएपछि रमेशले आफ्नो घर पैदल फर्कदैँ गर्दा हात्तीसारमा पुगेपछि एकजना अपरिचित व्यक्तिले रमेशलाई बोलाएर, “दाइ, लैनचौर जाने बाटो कुन हो ?” भन्यो । “ए, त्यसो हो भने म पनि लैनचौर हुँदै आफ्नो घर फर्कन लागेको छु, तपाई मसँगै हिँड्नुस् लैनचौर पुगिन्छ,” रमेशले भने । “दाइ, तपाई कहाँ काम गर्नुहुन्छ नि ?” अपरिचित व्यक्तिले रमेशलाई सोध्यो पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : लघुकथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : समय

~भिम बहादुर थापा~ उनको सर्वोच्चता नलेखोस् कसैले, बचपन देखि चाउरिएको गाला बीच लुकेका व्यथाहरु नकोट्याओस् कसैले, पिठ्युँभरी नून बोक्दाका भैंसे र ठोरीका कथाहरु नसुनुन् कसैले, ढुङ्ग्री, माड्बरी र बुलाँकीका विशुध्द मौलिकताहरु

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : चराहरुको रुख

~रुमानी राई~ मलाई असाध्यै मन पर्छन् चराहरु र,मन पर्छन् चराका आवाजहरु चराहरु, जो मान्छे जस्तो रुखो हुँदैनन् चराका आवाजहरु, जो मान्छेको जस्तो कर्कश हुँदैनन् ! मलाई लोभ लाग्छ,

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

सूत्रकथा : निरीह भाषा

~कुमार काफ्ले~ -भाषाविद्हरू स्पष्टरुपमा दुई खेमामा विभक्त भएका थिए। -एकथरि भाषाको हिज्जे साविककै कायम हुनुपर्ने पक्षमा थिए। -अर्काथरि भाषाले सरलताको बाटो खोज्छ भन्दै वर्णविन्यासको साविक रुपलाई बदलेर

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : सूत्रकथा | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

संस्मरण : मधुपर्कसित गाँसिएका सम्झनाहरू

~हरि अधिकारी~ साहित्यिक मासिक पत्रिका मधुपर्कसित मेरा मधुरतम् सम्झना गाँसिएका छन् । मेरो साहित्य – लेखन र मधुपर्कको प्रकाशन लगभग एकै समय, एक वर्षको फरकमा प्रारम्भ भएको सुखद संयोग पनि यस प्रसङ्गमा उल्लेखनीय छ । विक्रम संवत् २०२५ सालमा गोरखापत्र संस्थानबाट साहित्यिक पत्रिकाका रूपमा त्यस मासिकको प्रकाशन शुभाम्भ हुनुभन्दा अगाडि नै मेरा केही रचना ज्योत्स्ना, रूपरेखा, गोरखापत्र आदि पत्र-पत्रिकामा छापिइसकेका पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : आफैसँग हारेको क्षण

~प्रमोद स्नेही~ पहाडै पहाडले घेरिएको राजधानी जस्तै अभावै अभावको लक्ष्मणरेखा भित्र कैद छु बाँसुरी जस्तै कहिले म झुठो बोल्दिन र त हरेक जंघारमा लड्छु

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : समय

~विमल निभा~ रातो लेटरबक्सबाट निस्कनेछ दुष्टहरुका नाममा पत्रबम सलाईमा बन्दी बारुद एकाएक सल्कनेछ तीव्र क्रोधाग्निमा चुरोटको धुवाँसँगसँगै सोचमा डुब्नेछ उज्यालो दिनको गर्विलो शिर

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

संस्मरण : भाई छैन, यो पटक तिहार पनि छैन

~क्रान्ति पराजुली~ भाइले फोन गरेको छ तिमीसँग बोल्छ रे । पोहोर सालको तिहारमा ठ्याक्कै भाइटिकाको साइत मै आमाले आफ्नो मोबाइल मलाइदिनु भयो । हेल्लो…। (म) दिदी… । भाइले दिदी भन्नासाथ म भक्कानिएँ ।त्यसपछि एकछिन मेरो आवाज बाहिर निस्किन सकेन ।आमा म बोल्दिन, लु तपाईँ नै बोल्नु । जबर्जस्ती आमाको हातमा मोबाइल थमाएर म आफ्नो कोठामा छिरेँ ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गीत : चाँदीको भित्ता सुनको छानो

~यादव खरेल~ चाँदीको भित्ता सुनको छानो मोतीको भण्डार मानिस भयो लिलामी वस्तु यो कस्तो संसार पैसाको लागि आजको मानिस सब पाप गर्दछ धनको कैदी लोभको जेलमा निर्धन मर्दछ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

छन्द कविता : आँसु, शोक र शक्ति

~गोविन्ददेव आचार्य~ छन्द : शार्दूलविक्रीडित वर्षा हुन्छ दरर्र बादल चुही आकाश रोएपछि आत्मा बन्छ पवित्र आँसु झरना दर्केर धोएपछि रुन्छन् भक्त सभक्ति याचन गरी पूजा गरी मन्दिर रोई देह तरर्र झार्छ पसिना निर्माणका खातिर ।। रोइन् धर्धर वस्त्रको हरणमा लज्जा झरी द्रोपदी हाँस्यो कर्तुत-युक्त नीच शकुनी फैल्याउँदै त्रासदी उम्ल्यो अग्नि बनेर आँसु रणमा गर्जेर पैँचो तिरी सारा कौरव मासिए पलकमै पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : छन्द कविता | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : मजदुर र मट्टीतेल

~कमल कुमार~ मेरो जहानका आँशुले चुलो बल्ने भए कति जाति हुन्थ्यो किन्नु पर्दैन थियो त्यो महङ्गो मट्टीतेल पसलेले मस्यौरा पोको पारेर दिएको अखबारमा

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

संस्मरण : रेलमा लम्पट, लबी र सार्त्र

~मनोज बोगटी~ बबाल कविता लेख्दै गरेका र हाइटमा चुलिँदै गरेका कविमित्र निमा शेर्पा 27 जुनमा कालेबुङ आए। कविताकुरामा कफिकप रित्तियो। चिलड्रेन्स अफ गड नामक डोकुमेन्ट्रीले कलात्मकरुपले टिपेको नेपालको आर्यघाटमा जीवन गुजार्नेहरूको पीडाले हामीलाई कसरी हल्लायो, कुराको चुरो थियो। नेपालका राम्रा किताब यता आएपछि भारतीय हुन्छ। किताबको कुरा आउँदा हामी पसलमा थियौं। कृष्ण धरावासीको निबन्धहरू जम्मै, नयनराज पाण्डेको लू र पुण्यप्रसाद पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : स्वतन्त्रता हो मानवता रे

~लक्ष्मी प्रसाद देवकोटा~ स्वतन्त्रता हो मानवता रे ! घाम यही हो, कुइरो धनमा लाग्छ कहाँ र पता रे ? कुइराका सब काकहरु पनि बोल्छन् यसकै कथा रे ! सिक्रीका पनि पशुहरु भन्छन्ः “आजाद सबै छौँ सदा रे !” धेरै बोल्छन्, थोरले बुझ्दछ, दासता हो मानव चिता रे ! स्वतन्त्रता हो मानवता रे ! युग युग कोटी मानव उडेथे लाउन यसको पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्