लघुकथा : मोफसलको झीँगा

~लक्ष्मण नेवटिया~

काठमाडौङ्का चौरहरूमा फोहर थुपारिएको फोटो राजधानीबाट प्रकाशित हुने प्रमुख अखबारको मुखपृष्ठमा छापिएको थियो।

मोफसलमा बस्ने एउटा भाले झीँगाले आफ्नी प्रेयसी पोथी झीँगालाई त्यो चित्र देखाउँदै उसको कानमा सुटुक्क ‘कान्छीलाई घुमाउने काठमाडौं सहर’ गुनगुनाइदिएछ।

अर्को दिन हवाईजहाजबाट काठमाडौं गइरहेको एउटा बिरामीको नाकमा आसन जमाएर रमाउँदै प्रेमी झीँगा जोडी काठमाडौं पुगेछन्।

त्यो बिरामीसँगै दुवै झिँगा काठमाडौङ्को एउटा अस्पतालमा पुगेछन्। त्यस्तो नाम चलेको सफासुग्घर अस्पतालमा त हामीले कहाँ बास बस्न पाउँला भनेर सोचेको त त्यहाँ झीँगाका युगलजोडीले बस्ने मात्रै किन, बिहानको नास्ता, खाना र खाजासमेतको उपयुक्त व्यवस्था पाएछन्।

आफूले पाउनुपर्ने सम्पूर्ण सुविधा त्यहीँ एकै ठाउँमा पाएपछि अखबारमा छापिएको चित्रबमोजिमको फोहोर खोज्नेतिर उनीहरूको ध्यानै गएन।

-लक्ष्मण नेवटिया, बिराटनगर-१२

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.