हास्य गजल : ए प्रिय सुन

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

ए प्रिय सुन,
कहाँ छ नुन ?

ल्याइदेउन,
प्याज, लसुन |

बोल्दिनौ किन,
बजाउ धुन |

जे हुनु भयो,
मुटुमा उन |

म कडा घाम,
बगाउछु खुन |

चन्द्रमा तिमी,
ल्याइदिन्छु जुन |

अर्पिन्छु ज्यान,
तिम्लाई छुन |

पराइ होइन,
मैलाई चुन |

हसाउ सधैं,
सक्तिन रुन |

2067.02.22.07
काव्य कुञ्ज, गठ्ठाघर, भक्तपुर, नेपाल

(स्रोत : काव्यकुञ्ज डट कम)

This entry was posted in गजल, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.