गजल : हाँस्न मन छ

~दिपक अभिमन्यू~

अङ्गालेर खुशीहरु हाँस्न मन छ
मलाई त्यहि खुशी मालामा गाँस्न मन छ

मलाई जिन्दगीको यात्रामा दियौ साथ
दुखमसुखम तिम्रो माया छातीमा टाँस्न मन छ

फक्रिएको गुलाबसरि खुशी छाओस मुहारमा
तिम्रो अधरबाट सदा हाँस्न मन छ

मलाई समेटेर सुखशान्ती सङ्गालेर
मनमा खुशी जिन्दगीका काला दिन मास्न मन छ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.