कविता : सत्य सुबेला

~कणाद महर्षि~Kanad Maharshi_1

अहिलेभन्दा पहिले राम्रो लेख्थेँ
भनूँ भनूँ लाग्यो
आफूले आफैँलाई सोध्न मन लाग्यो
– हो कि होइन?

अब उत्तर म के दिऊँ
सोधेको आफैँले
सोधेको आफैँलाई
जवाफ दिनुपर्ने आफैँले ?

त्यसैले भन्दै छु आफूले आफैँलाई
– जब तिमी ठीक लेख्छौ, त्यो राम्रो हुन्छ
तब अहिले, पहिले पछिले हुँदैन
यो बेला, त्यो बेला
अबेला, कुबेला हुँदैन
सत्य, साँचो, ठीक सुबेला हुन्छ ।

-चाबेल, काठमाडौँ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.