कविता : जात-जातमा टुक्रिएको प्राणी

~अनुष्कर पुष्कर गुरुङ~

साइला दाजु कता कुद्न लाग्यो हौ
सोधेछ मृगले बनेललाई
बनेलले भनेछ तिमीलाई थहाँ छैन र
आज जनसभा छ नि
हामीले जात -जातको झण्डा पाउने छौ
ए……….. सुन्नुस न
घरबार याद गर्दै गर्नुस है
म पर जनसभामा गोएर आउछु है
याद गर्दै गर्नुस है !
मृग पनि कुदेर जनसभामा पुगेछ
हल्लै हल्ला छ चारैतिर
सिंहले भन्दै छ सुन सबैजना
कस-कसलाई जातको झण्डा चाएको छ
पहिले बोलेछन् मृगहरुले
हामीलाई लेप्चा झण्डा दिनुहोस
हामी पुरानो बासिन्दा हौ यो जंगलको
पछिबाट कराउदै छन्
ए…….ए……
हामीलाई पनि चाहिएको छ जातको झण्डा
फेरि कराउदै छन्
बनेलहरु भन्दै छन्
हामीलाई भुटिया झण्डा देउ है
हामीलाई भोटियानै मन पर्छ
हलै हल्लाको जनसभामा अरुपनि कराउदै छन्
हात्तीहरुले गुरुंगको झण्डा माग्यो
चराहरुले तामांग झण्डाहरु मागिरहेको छ
स्यालहरु दमाइ झण्डा मागिरहेको छ
मिथुनहरु राई झण्डा मागिरहेको छ !
आचनाक एक्कासी मुसाहरु कराउन थाले
हामीलाई प्रधानको झण्डा देउ है
जनसभामा घोष्णा भइसकेको छ
सर्पहरुले कामी झण्डा लिएर अघिनै गइसकेको रहेछ
भ्यागुताहरु रिसले कराउदै छन्
हामीहरुलाई थापा झण्डा चाहिएको छ
जातको झण्डा ताना तान
लुछा लुछ भइरहेको छ !
एक्कासी बाघहरु गर्जन थाले
हामीलाई क्षेत्रि झण्डाहरु चाहिएको छ
बाघहरुको मांगमा कसैले हस्तक्षेप गरेन
सिंहहरुले अघिनै सर्माको झण्डा लिएको रहेछ
कराउदै छन् ,रमाउदै छन् ,नाच्दै छन्
जात जातमा टुक्रन पाएकोमा
जात जातमा बिभाजन
जनसभा सकियो !
नियमहरु बनाएछन्
सिंहहरुले पुजा पाठ गर्ने
क्षेत्रिहरु जनाइ लगाउने
दमाईहरुले लोहाको काम मात्र गर्ने
गुरुंग र तामांगहरु लामा पढ़ने
मंगरहरु र अन्य जातको झण्डा
फर्फराउने !
बिर्सो जात जातको झण्डा पाएर सबैजना
उनीहरु जंगलको एकै जनवार हो भनेर
उनिहरुले बिर्सो जंगलको एउटै जात
त्यो हो पशुको जात भनेर
आज जात-जातको झण्डा बोकेर हिड़िरहेको छ
उनिहरुलाई के थहाँ
सबैजना जंगलको एकै प्राणी हो भनेर
के थहाँ
सबैजना जंगलको एकै सन्तान भनेर !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.