कविता : १४ फेब्रुवरी

~प्रेमा शाह~

माया पोख्नलाई बहानानै चाहिन्छ र ?
माया श्रीँगार्न पर्व नै चाहिन्छ र ?
मुस्कान स्विकार्न , ढुकढुकी सीत लयबद्ध हुन 
किन चाहिन्छ अनुमती !

मन, न ब्यारेक – न युद्धरत सिपाही
न सिमाङ्कन छ यसको , न सङियता स्विकार्छ मन !
प्रेमनै धर्म र निती मनको , भुगोल नभएको प्रेम !
ईतिहास भन्दा परको प्रेम
पहाडसँग चुलिरहेको प्रेम , सागर जस्तो युगिन प्रेम ।

घामले माया गरेर,जुनले सुम्सुम्याएर
अनुभुत भएको प्रेम
हामीले पत्त्याएको प्रेम,प्रेमले पत्त्याएको हामी !

हामी भित्र सधैं गुलाब फुलिरहेकोछ ,
मनको बगैचामा कहाँ प्रबेश निशेध
अर्को मनको सुगन्धलाई !
कहिले देखी उडिरहेछन आकाशमा चराहरु ,
कहिले देखी बुझिरहेछ आकाशले चराहरु !

पहाड भैसकेको मन , सागर भैसकेको मन ,
घाम , आकाश र चरा भैसकेको मन
बुझ्दैन अहिले कार्ड सित बिकिरहेको बोली
” विल यू बि माइ भ्यालेन्टाइन ? ”
उ बुझ्छ यत्ती ; प्रेम न अनुनय , न बिनय
न आग्रह न साईनो !

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *