कथा : फिलिङ लभ ईन हस्पिटल

~केशव प्रसाद पाण्डे~

हजुरको छोराले ठिक गर्न नसकेको रोग ठिक गर्ने म छु नि अामा अब!

उस्ले मेरो अाँखामा छड्के हेर्दै भनि ।

उस्ले किन यी सवमा मलाई कमजोर वनाएर ठट्यौली गरिरहिछे !बुझ्न सकिरहेको छुईन ।पहिलो भेटमा यति नजिक कुनै स्त्री मसंग भएको रेकर्डमा पाँउदिन ।त्यो पनि एक बैरागी लेखक र फिजियोथेरापि डाक्टर ,अलि अस्वाभिक लाग्दा लाग्दै पनि पापी मनले सपनाको संसार सुदुरसम्मै नाप्न भ्यादिन्छ र पो!

डाक्टर पन्तको चेकजाँच पछि केही समय फिजियोथेरापि गराउनु थियो।टिचिङ हस्पिटल पहिलोपटक थिएन र पनि अामालाई पहिलो नै!

बिहानी सत्र ९:३० -११:३०,दिवा सत्र २-३ नोटिस गरिएकोमा बिहानि सत्रमा समयले साथ दिन्थ्यो।फिजियोमा छिर्ने मुखैमा ब्लाकवोर्डमा चकले लेखिएको थियो ,”जुत्ताचप्पल वाहिरै राख्नुहोला” साईडमा जुत्ता चप्पल राख्ने काठको दराज !त्यसैमा चप्पललाई विश्राम दिएर भित्र कार्ड दर्ता भयो ।३५ नं टोकन हात लाग्यो । भुँई र भित्तामा पार्केटिङ गरिएको क्याबिन ३ मा डाक्टर स्मिताको नाममा थियो चेकजाँच ।पहिलोपटक हाम्रो भेट त्यहीँ भएको थिय‍ो ।मेसिन र तापसेक सकेपछि उसले क्याविनमा कुनै टोकन नं नबोलाई अामालाई तोकेर बिरामी र बिरामीको मान्छे अाउनुस भनी ।यस्तो सुबिधा नचिनेकालाई त्यति सजिल‍ो पाँईदैनथ्यो ,त्यो पनि सरकारि अस्पताल !

क्याबिन छिर्ने बित्तिकै अामालाई बेडमा सुत्न भनी र केही एक्सर्साइजहरु सिकाई ।

“लेखक ज्यू कथा त खत्रा लेख्नुहुन्छ त!”

मैले सोध्ँ , “कसरी चिन्नुभो?”

“यस्तो फेमस मान्छेलाई चिन्न के गार्‍हो ,मैले त अघिदेखि वाच गरिराथेँ ,हजुर पो हाम्रो वास्ता गर्नुहुन्न त!”

म हल्का हाँस्दै भनेँ , “त्यस्तो त होइन “

अनि उस्ले पुराना देखि पछिल्लो कथाको सेरिज र सिक्वेल-” केटी हेर्न जाँदा अाई ह्याभ ब्वाइफ्रेन्ड ” सम्मको कुरा गरि र भनी,

“मेरै कथा लेख्नुभएछ,के त्यो साँच्चै हो?
रहस्यमय बनाँउदै हाँस्दै मैले भनेँ, “जे पनि हुनसक्छ ।”

त्यो दिन उसले मेरो मोबाइल नम्बर लिएकि थिई।

भोलिपल्ट नेपाल बन्द थियो गाडी पाउन गार्‍हो भयो, पुग्नपर्ने समयमा नपुगिएला भन्ने चिन्ता हुनथाल्यो।ट्याक्सि लिँउ झैँ लागेर गोजि छामेँ ,गोजिले अनुमति दिएन।

यत्तिकैमा नयाँ नम्बरबाट फोन थियोे ,स्मिताको फोन रहेछ।

कहाँ अाईपुग्नुभयो “अाँउदैछु ,टिकट नि लिएको छैन ढिला हुनेभो “

“सकेसम्म छिटो गर्नुस ,टिकट लिन पर्दैन सिधा मेरो क्याविनमा अाउनु ल!”

“हस”

यो बिरानो शहरमा कसैले अाफुलाई त्यसरि चिन्छु भन्नुमा पनि असिम अानन्द मिल्दो रहेछ अझ व्यवहारले छुन्छ उस्तै ..।

यस्तैमा हप्तौँ सम्म हाम्रो भेट भईरह्यो।यसबिचमा हामी धेरै नजिक भईसकेका थियौं ।अामाको अौधि ख्याल उसले उपचारमा राख्थि। बेलाबेला खुव जिस्कन्थ्यौँ ।

महाराजगन्ज नर्सिङ क्याम्पस लेखिएको भबन अघिल्तिरै पर्थ्यो गणेशमान सिंह भवन । गेटबाट छिर्ने बित्तिकै गार्डेन अगाडि साईनवोर्डले देखाएअनुसार व्लक” G” भवनको लेखिएको छ ENT OPD पर्छ त्यहीँ ।दायाँ अलिकति पार्किङ साईड पट्टि फिजियोथेरापी पर्छ। वाँयापट्टि व्लक “E” चर्मरोग अो. पि.डि. ,अाडैमा “F “ब्लक अर्थात ‘मंगलादेवी बर्थिङ सेन्टर’, सिधा अगाडि व्लक “H” बालरोग अो. पि.डि।बगैंचा अगाडि गणेशमान सिंह लौरो टेकेर, लाग्थ्यो शालिकमै पनि ‘लौहपुरुष’ खबरदार गर्दैछन् ।

बालरोग अो. पि.डि उपचारमा अौधि मन पर्ने साना स्मृति ,अाशिष, सपना,साकार हरुसंग बेलाबेला फिजियोमा बिरामीको चाप हुँदा बाहिरिएर जिस्किइरहन्थे लाग्थ्यो यी बाबुनानिहरु बगैंचामा फुल बनेर फुल्दैछन।बेलाबेला ब्यस्थताका बिच पनि पालाकपुलुक गर्दै
“के हो बच्चा खेलाउन खुब रहर लाग्यो कि क्या हो ?”

“अाफ्नु चैँ कहिले ?”

भन्न अाईपुग्थि
कहिले त भन्थेँ ,”अब मैले मात्रै चाहेर भएन म्याडम हजुरको के छ बिचार !”
उ हाँस्दै जान्थि
“कतिसंग अफेएर चलाउन सक्छन है लेखकहरु!”उ भन्थि
म भन्थेँ ,
“कहाँ त्यस्तो हुन्छ त ! राईटरहरु त शब्द संग लव गर्छन, मनलागेका जस्ता शाब्दिक प्रेमिका निर्माण गर्न पाईन्छ ,अफेएर चलाउन , रोमान्स ,ब्रेकअफ,सक्सेस लव ,विहे…. अनि के के ..
यहि स्वेरकल्पनाको सुबिधा न छ साहित्यमा !”
जवाफ दिन्थि,”के विश्वास “
उत्तर दिन्थेँ, “बिश्वास गर्नु नि किन पर्यो र “
उ फेरि भन्थि ,”पर्ने भएर त नि!”
” उसो भए त लव पो पर्ला नि !हुन त प्रेममा समय बर्वाद गर्ने फुर्सदै पो किन हुन्थ्यो र म्याडमलाई! “
उ बोली,”नोटबुक र रुमाल साथमा लिएर अाउनु”
रुमाल चैँ किन नि? सोधेँ
“अाँशु पुछ्न!”
अबरुद्ध स्वरमा यति भन्दा उ भाबुक बनी जुन रुप मैँले कहिले देखिन अाँखा रसायजस्ता लागे।
हो म यहि हजुरसंग सेएर गर्न खोज्दैछु,जुन कथा सबैले पढुन र यस्तो लवस्टोरि कसैको नवनोस।”
हुन्छ एकदिन बसम्ला भनेँ,
उसले हसको भाबमा टाउको हल्लाई ,सँधै मसंग जिस्किईरहने डाक्टर स्मीताको कहानि कस्तो होला? कौतुहलता र उसको भावुक अनुहारको झझल्को लिएर अाँए।
त्यसको भोलिपल्ट , हस्पिटलको लागि अाधा बाटो अाईसकेपछि स्मीताले फोन गरि,
“ला !हेर्नू न ,मैँले त भन्नै बिर्सेछु अाजबाट मेरो ड्युटी दिँउसोमा छ ,दिँउस‍ो अाउन सक्नुहुन्छ ?”
मैँले अाधा बाटोमा अाईपुगेको र दिँउसोको समय नमिल्ने बताँए।
उस्ले भनी,” ठिकै छ म अर्को डाक्टरलाई भन्दिन्छु नि!”
त्यसदिनदेखि उस्को ठाँउमा डाक्टर बिकास रहेछन ।त्यतिबेलै स्मिताले अामाको बारे छिटो र राम्ररि हेर्दिन बिकासलाई फोन गरेकि थिई ।उनले सोधे ,
“डाक्टर स्मिताको मान्छे हो?”
“हो” भनेँ ।
अघिपछि त्यहि समयमा नजाँनिद‍ो लिपस्टिक,वढि निलो जिन्स र सेतो डाक्टरि पोशाकमा देखिने स्मीतालाई देख्न पाँईन्नथ्यो,केही खल्लो लाग्दो रहेछ।
होलिको अघिल्लो दिन शनिबार पर्थ्यो।त्यहि दिन उसको ड्युटी अफ रहेछ।समय भए अाउनुन भनी ।म पनि ड्युटी अफमै हुँनाले दिउँसो १ वजे महाराजगन्ज “ईट एण्ड स्माईल क्याफे”मा भेटियौँ।उसको बिरहलाग्दो प्रेमबियोगको कथाले सन्नाटा छायो केही कप कफिको दस्तुर उसैले बुझाई र हिँड्यौ ।उ स्कुटिमा टिचिङ हुँदै अाउने भई म बालाजुको बसमा उहीँ प्रेमबियोग गुन्दै ..।
बेलुका न्युज साईट अपडेट गर्न ईमेल चेक गरेँ । दिउँसो तीन वजेतिर पठाएको एउटा ईमेलमा ब्रेकिङ न्युज अपडेट गरिहाल्नुस सर !भनेर कसैले ईमेल गरेको थियो ।टिचिङ हस्पिटल नजिकै स्कुटि र बाईक ठक्कर खाँदा टिचिङमा कार्यरत स्मीता गम्भीर घाईते …उहीँ स्कुटरको नम्बर सहित, अकल्पनीय समाचार थियोे ।हतार हतार उसको नम्बरमा फोन गरेँ ,उठेन अरु उपाए थिएन सुतेँ अबेरसम्म निद लागेन ।कतिबेला निदाएछु !
बिहान अाठ वजे अपरिचित नम्बरको फोनले झस्कायो। फोनको हतास र अर्धअबरुध्द रुन्चे नारी अावाजले भन्थ्यो “म स्मिताको साथि उसले मृत्युअघि हजुरको नाममा उस्को प्रेम कथा लेखियोस भनेर मलाई केही कुरा भनेकि छ र केही पर्सनल डाएरिहरु मेरो जिम्मामा हजुरसम्म पुर्याईदिनु भनेकि छन ….”
होलिको त्यो बिहानैको दुःखद समाचारले अलिकति रङ् पनि नछोई वेरङ्गि होलि बनेर गयो।म लेख्दैछु उसका अधुरो कथा……… ।

(स्रोत : हाम्रोदमक डट कम)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *