कविता : प्रेम प्रस्ताव

~साधना लामिछाने~

तन्काएर ओठ
मिलेको नमिलेको जस्तै भएनि
देखाएर दन्ते लहर
मोबाइलको डिजीटल क्यामेरा बाट
खिच्छु म एउटा सेल्फी
अनि टाँसिदीन्छु त्यो तस्बीरलाइ
जुकरबर्गको भित्तामा
लाइक र कमेन्टको बर्षा हुन्छ
ओहो! खुशी रहेछौ
हो त्यही भएर म
कन्जुस नगरी तन्काउँछु ओठ
किनकी यहाँ हाँस्नुको अर्थ
ओठ तन्काउनु हुन्छ।
फेसबुकको भरमा प्रेम गर्ने प्रेमीहरु
खै के सँग गर्छन प्रेम
छिनेको कम्मर या
ब्युटीप्लसको सहायतामा
चम्किरहेको तस्बीर
या फिर फेसबुकमा कोरिएका
दुई चार साहित्यका नौटङ्की
अन्यौलमा छु।
नदेख्दा नै
डण्डीफोरले छोपेको फुस्रो छाला
कुनै चमक नभएको मुहार
अनि तन्किएको ओठको पछाडी
लुकेर बसेको दर्दानक पीडा।
खै के सँग गर्छन प्रेम
साहित्य सिर्जना र सक्षमता
या फेरी नक्कली तस्बीर
ओ! मेरो सच्चा प्रेमी
छ तिमीसँग हिम्मत भने
मेरो असक्षमतालाइ प्रेम गर
प्रेम गर मेरा गल्तीहरुलाइ।
हुनुछैन मलाइ प्रेमिका
गर्नुछैन उसको प्रेमको बदलामा प्रेम
बोक्नुछैन सम्बन्धको भारी
म यसै थाकेकी छु
अर्कै छ सपना अर्कै छ गन्तब्य
त्यसैले त पटक पटक बेवास्ता गर्छु
अबसरवादी प्रेमी हरुका प्रेम प्रस्ताब।।।

–साधना लामिछाने, हेटौँडा–१२ ,मकवानपुर

(स्रोत : तु खबर डट कम)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *