कथा : तिम्रो अमुल्य गिफ्ट ,हाम्रो भ्यालेन्टाइन

~ऋतु बराल~

हामी सबैलाई थाहा छ भ्यालेन्टाइन डे अङ्गेजी महिनाको फेर्बअरीमा पर्दछ । भ्यालेन्टाइन डे लाई हामी प्रेम दिवस वा प्रणय दिवस पनि भन्ने गछौँ । नेपालमा प्रेम दिवस पश्चिमी मुलुकबाट आएको पाइन्छ । विभिन्न अन्तराष्ट्रिय टिभी च्यानलहरुले गर्दा पनि प्रेम दिवस एउटा छुट्टै चाडपर्वको रुपमै विकास भएको छ ।

प्रेम दिवस भन्ने बित्तिकै यसले मायाको प्रतिनिधी जनाउँछ । यो दिनलाई विशेष गरेर हामी आफ्नो माया पूर्ण रुपले बाहिर निकाल्ने विभिन्न प्रकारका उपहारहरु बाड्ने , फूलहरु दिने , ग्रिटिङ कार्डहरु बाडेर मनाउने गर्छाै ।यो दिनमा विभिन्न टिभीमा प्रोग्रामहरु पनि रहेको हुन्छ र प्रोग्राममा फोन गरेर पनि आफ्ना मान्छेलाई म्यासेज दिन सकिन्छ । म्यागेजिन र पत्रपत्रिकाहरुमा पनि प्रेम दिवसको लेख , समाचारहरु धेरै मात्रामा पढ्न पाईन्छ । साथै फेसबुक र टुईटरहरुमा पनि प्रेम दिवसका म्यासेजले टाईमलाइन भरिरहेको हुन्छ ।

प्रेम दिवस भनेपछि स्कुल र कलेजका विधार्थाेहरु बढी उत्साहित हुन्छन् र प्रेम दवस आगाडी रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रमिस डे, किस डे, हग डे, र अन्तिम भ्यालेनटाईन डे मा खुब मज्जा लिइहेका हुन्छन् । म बाटोमा हिडी रहेको थिए । मेरा अगाडि कलेज पढ्ने केटाकेटी हात समातेर हिडिरहेका थिए । उनीहरु भन्दा अगाडि जान मन लागेन , ती जोडीले कछुवाको तालमा हिडे जस्तै मलाई पनि त्यसरी नै हिड्नु थियो । उनीहरुलाई देख्दा मेरी हुन नसकेकी प्रेमीकाको खुब याद आइरह्यो । त्यो केटाकोे हातले केटीको कपाल मिलाउँदै थियो । कसैले उसकी प्रेमिकालाई किड्न्याप नै गर्छ की जस्तो गरि बलियो गरेर ती हात समातेको थियो ।

उनीहरुको माया देखेर मेरो पनि जीवनमा यसरी नै माया गर्ने कोही भईदिए जस्तो आवास भयो । भ्यालेन्टाईनमा कहाँ जानी भन न भन्दै आफ्नी प्रेमिकालाई सोध्दै थियो केटा । केटी‘ ‟खोई तिमी आफै भनन् जता गए नि छिटो आउनु पर्छ मामु, पापाले मारिसिन्छ ढिला भयो भन”े ।

केटा नडराउन न , म तिमीलाई केही गर्दिन हल्का घुमौला अनि फर्किउँला हँुदैन् ।

केटी आई विलिभ यू सो आई लभ यू , जहाँ गए नि छिटो आउने हो । त्यही अनुसार ठाउँ रोजेर बेलुका फोनमा भन ल ।
कति केयर गरिरहेका थिए दुवैले एक अर्कालाई । । ती दुईजनाको मायाका कुरामा म पो हराईरहेको थिए । बाटोको ठेला पसलमा उनीहरु खाजा खान बसे , म भने उनीहरुलाई छोडेर अगाडि गए । पुतलीसडक कोठामा पुगेँ । दिदी खानाको तयारी गर्दै थिई भेना अफिसबाट आउने टाईम भएको थिएन् । म टिभी हेर्न लाग्दै थिए ।

मामा भ्यालेन्टाइनमा हजुरले आफ्नो गल्फ्रेन्डलाई के गिफ्ट दिनुहुन्छ ? भनेर भान्जी दौडीदै आईन । मेरो हात समातिन , यति सानी ४ कक्षामा पढ्नेलाई नि के के थाहा भएको हो कुन्नी ? केही कुरा भन्नै नपर्ने । मेरो कोही गल्फ्रेन्ड नै छैन कसरी गिफ्ट दिनु नानी । उसो भए म दिन्छु है त गिफ्ट भन्दै भान्जी होमअर्क गर्न गइन् । मनमनै सोचे छ न त छ नि गल्फ्रेन्ड तर मनमै मात्र । कुनै दिन हिम्मत आएन उसलाई प्रपोज गर्न । प्रपोज गरौ भने पनि रहेको साथीको सम्बन्ध पनि टुट्छ कि भन्ने डर मनमा थियो । सधै मनमुटुमै सजाई राखँे उसलाई । हामी बच्चै देखीको साथी थियौँ । मेरो घरको परिवारले पनि उसलाई मन पराउनु हुन्थ्यो । मेरो घरबाट उसलाई बुहारी बनाउन राजी थिए । किन किन यो पाली चाहिँ प्रस्ताव राख्ने बिचार आयो ।

हाम्रो फोनमा कुरा त हुन्थ्यो । उ धेरै राम्री थिई रुपकी राम्री जस्तै मन कि पनि राम्री । उसका भावना भिन्न थियो तर्क गर्ने तरिका छुट्टै थियो । उ मलाई फोनमा कहिलेकाहीँ भन्ने गर्थी । केटाहरु कस्ता हुन्छन है केटीलाई कति नराम्रो बनाउँछन् । सबै केटी एउटै हँुदैनन् सबै केटीको सोच, सपना एउटै हुँदैन् । केटीलाई कति नराम्रो सोच्छन केटाहरु । पैसामा बिक्ने भन्छन् केटाले ब्यालेन्स हाल्दिनु पर्ने भन्छन् , केटी त बच्चा पाउने र हुर्काउने हो मात्र भन्छन् ।

यो दुनियाँमा केटी मात्र हैन केटाहरु पनि छन् जसले गल्फ्रेन्डलाई ब्यालेन्स हाल्देउ भन्ने झुक्काउने तर सबै यस्ता पनि हँुदैनन् । कोही छोटो समयका लागि सोचेर मोज गर्ने हुन्छन् त कोही लामो समयलाई मध्यनजर गर्ने हुन्छन् भन्ने आफ्नो तर्क राख्थी । मैले उसलाई जिस्काउँथे मलाई तिमी फरक किसिमको राम्रो लाग्छ । उ मुसुक्क हास्थी र उल्टै जिस्काउँथी तिमी पनि त राम्रो छौ नी ।

उसको मन चोर्न म भन्थे तिम्रो बिहे कस्तो केटासँग हुने हो ? जोसँग भएपनी राम्रै होला तिमीलाई चाँहि कस्ती केटी पर्ने हो भन्दै उल्टै मलाई जिस्काई, म पनि के कम मौका पाएको बेलामा भनी दिए तिमी जस्तै पाए त हुन्थ्यो क्यारे । फेरि उसले प्रश्न गरि म जस्तो किन नि ? अब यसको लागि म सँग जबाफ थिएन किनकि उसका कुरा थोरैको वर्णनले मलाई पुग्दैन थियो । यतिकैमा हामीले फोन राख्यौ ।

पहिलेको प्रेम दिवस देखि नै मैले उसलाई केही उपहार दिदै आएको थिए । साथीको नाताबाट, यो पाली भने एउटा छुटै नाताको तर्फबाट गिफ्ट दिन योजना बनाए । गिफ्ट के दिदा बढी राम्रो हुन्छ होला भनेर सोच्दा सोच्दै निधाएछु । बिहान भान्जी आएर गालामा किस गरेर ‘हेप्पी किस डे’ मामा भनेपछि बल्ल बिउँझिए । मामा बाबाले ममीलाई गिफ्ट ल्याईदिनु भएको छ हेर्न हिड्नुस न भनेर जिद्दी गरेसी गए । भान्जीसँगै तल गए ।

भेनाले त दिदिलाई दुईजनाको फिल्मी सिनको किस गरेको फोटो ठूलो बनाएर ‘ह्याप्पी किस डे’ लेखेर दिनुभएको रहेछ । त्यो देखेँपछि मलाई पनि केही आइडिया भयो । मैले उसको र मेरो चित्र बनाए र त्यो फ्रेमिङ राम्रो बनाएर दिने निर्णय लिए । त्यो फोटो देखँेपछि मलाई पनि त सम्झने छे नि सधैभर उसले । भ्यालेन्टाइन डे आयो । उसलाई गएको राती नै गोदावारी जानी भनेर दश बजे निस्क भनेको थिए । खै किन हो उसले पनि नकार्न सकिन् । कुन लुगा लगाउने भनेर हिजै बेलुका फिक्स गरेको थिए । उनलाई भेट्नु कुनै नयाँ कुरा त थिएन तर यसरी छुट्टै भेटेको भने थिइन् ।

यो मनमा छुटै छट्पटी र आतुर भईरहेको थियो । कता कता मनमा डर पनि लाग्यो कतै उसले कराउने पो होकी भनेर । ह्या जे पर्ला त्यस्तै टर्ला भनेर प्रपोज कसरी गर्ने भन्दै ऐना अगाडि आफैलाई हेरी डेमो गरे । अनुहारमा छुट्टै रोचक र खुशीको चमक आएको थियो । यति खुशी त सायद म कहिल्यै भएकै थिइन् । गिफ्ट झोलामा हाले । रातो नेचरल गुलाब टिपे गमलाबाट अनि बिस्तारै झोलामा हाले कतै त्यो पात, पात भएर नझरोस भनेर । उसलाइ निस्केर बस्न आग्रह गरे अनि हिँडे भेनाको बाईक मागेर ।

लामो केस कर्लो गरेकी कानमा कालो ठूलो टप, खरानी कलरको पेन्ट माथी क्रप टिसट हातमा निलो चस्मा र मास्क लिएर उभिएको देख्न साथ म भुतुकै भए । बाईक रोके उ चढी कति अग्लो बनाएको बाईको सिट भन्दै मेरो कुममा हात राखी । सरररर गुड्यौ बायुपङखी घोडामा उसलाई उडाएको अनुभव गर्दै । गोदाबारी पुगियो बाईक अल्ली परै राखेर हिडयौ । जति मज्जा हिडेर आउथ्यो त्यो बाईकमा आउदैनथ्यो । हाम्रा अगि पछी मायाका जोडीहरु प्रसस्तै थिए । कोही अगालो मारी चुम्बन गर्दै थिए । कोही मुख खुम्चाउँदै सेल्फी हान्दै थिए ।

म भने घरी घरी छोईने स्पर्शमा नि कता कता मुटुको धड्कनको चाल कानमै सुन्थे सायद डरले हाला, आतिएर होला । गोदाबारीमा गएर एक ठाउँमा बस्यौ । आज त हेन्सम देखिएका छौ त के को कमाल हो भन्दै उसले जिस्काई । तिमी पनि हिरोईन भन्दा कम छैनौ भन्दिए मैले नि । आउन एउटा फोटो हानौ तिमीसँग अहिले सम्म खिचेको छैन भन्दै मोबाईल निकाली अनि फाटो खिच्यौ ।

मेरो झोलामा भएको गिफ्ट निकाली हेप्पी भ्यालेनटाईन डे आई लभ यू भनी दिए । उसको मुखमा भईरहेको चमक नै हट्यो म डराए । गिफ्ट हातमा लिएर उसले अलि कडा स्वर निकालेर भनी म माया गर्दिन । तिमी मेरो साथी मात्र हौ । यो भन्दा अरु केही नसोच्नु भनेर टुसुक्क बसी । के तिमी म सँग रिसाएकी छौ ओके म साथी मात्र बन्न पनि तयार छु ? म उसको छेउ गएर भने ।

मेरो हात समातेर आफनो हात नजिक राखी र भनी म पनि तिमीलाई धेरै माया गर्छु, पहिले देखि नै गर्थे तर म सही समय कुरीरहेकी थिए । म तिम्रो दुईचार दिनको गलफ्रेन्ड मात्र होइन जीवनभर तिमी सँगै बस्ने तिम्री दिलकी राजकुमारी हुन चाहान्छु । मलाई तिम्रो श्रमिती हुन मन छ । सात जन्म सँगै हुनुछ । उनले यसो भन्दा म त उल्टै सरप्राईज भए र खुशीले मन चङ्गा भयो । उनी मलाई भन्दै थिईन के तिमी मलाई सँधै यसरी नै माया दिनेछाँै ?

उपहार कस्तो दिने भन्दा पनि मायाको खाँचो हुन्छ जीवनमा । उपहार त केवल सम्झनका लागि हो तर माया , माया त जीवन चल्नका लागि हो । लक्षित गन्तव्यमा दुबै बराबर साथ चाहिन्छ । जब चिया पकाउँदा सबै कुरा बराबर मिलाएर हालिएन भने मिठास आउँदैन हो , सम्बन्ध पनि त्यस्तै हो दुबैको साथ भएन भने सन्सार जित्न सकिदैँन् ।

भ्यालेन्टाइनमा मात्र हैन प्रिय जिवनभर माया दिनुपर्छ , रोज डे मा जसरी खुसी हुँदै बगँैचाबाट त्यो सुन्दर गुलाब ल्याएर दिन्छाँै नि त्यसरी नै गुलाब जस्तै राम्रो र गाढा प्रेम दिनु । प्रपोज डे मा जसरी माया गर्दछु भन्छौ नि त्यसरी नै जीवनभर मुखले हैन व्यवहारले माया गर्नु । चक्लेट डे मा जसरी धेरैठूलो चक्लेट दिन्छाँै त्यसरी नै जीवनभर चक्लेट जस्तै मायामा मिठास ल्याउनु । टेडी डे मा जसरी मेरो आँखा छोपेर हातमा म जत्रै टेडी दिन्छौँ त्यसरी नै मायामा सबै भन्दा प्यारो आधार र विश्वास दिनु । प्रोमिस डे मा मात्र हैन प्रमिस गर्ने यो सँधै साथ हुनाकालागी गरिने हो त्यसैले झुटो बाचा नखानु छल कपट गरी । किस डे मा बिहान बिहानै जसरी किस खान्छौँ नि सधैभरी यसरी नै भावाना साटी रहनु, माया बाडी रहनु ।

जसरी म चिया पकाउँदै गर्दा मेरो हातमा हात राखी ह्यापी हग डे भनी मलाई अगालोमा बेर्छौ नि त्यसरी नै तिम्रो न्यानो अँगालोमा सधैभरी बेरी मेरा दुःख पीडा सबै भुल्न दिनु । तिम्रो अँगालोमा मलाई सधै सुरक्षित अनुभव होस् र त्यही अँगालोमा रमाउन पाउ, आज जसरी भ्यालेनटाईन डे भनी भेट्नका निम्ति समय निकाल्यौ यसरी नै समय निकालेर हेरेक दिन भावना साट्न पाइयोस र एकअर्का प्रति माया गाढा बनोस बलियो विस्वास होस ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.