कविता : मलाई चाहिन्छ

~लवप्रसाद कुइँकेल~

मलाई अग्लिएको हिमाल चाहिन्छ
मलाई ढाकिएको पहाड चाहिन्छ
मलाई फैलिएको तराई चाहिन्छ
मलाई चोइटिएको होइन
मलाई सिङ्गो नेपाल चाहिन्छ ।

मलाई रमाइलो दशैं चाहिन्छ
मलाई खुशी हुन इद चाहिन्छ
मलाई शान्त हुन बुद्ध चाहिन्छ
मलाई द्वेष होइन
मलाई सहिष्णु नेपाली चाहिन्छ ।

मलाई मिहिनेती थारु चाहिन्छ
मलाई बलवान् लिम्बू चाहिन्छ
मलाई चलाख नेवार चाहिन्छ
मलाई एउटा गमला होइन
मलाई छत्तीस जाते फूलबारी चाहिन्छ ।

(स्रोत : अनलाईनखबर डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.