कथा : अकल्पनिय प्रेम

~नारायण पोखरेल~

ओह , यो गर्मि , चर्किएको घाम त्यसमाथि थोरै थोरै हावा चलिरहेको तर हावा पनि कस्तो तातो । साथमा एकजना दिदी हुनुहुन्थ्यो । म बिदाको दिन थियो यसै फेरो लगाउन निस्लिएको थिएँ । बाटोमा दिदी भेटिनुभयो र सँगै हिडीरहेका थियौँ । दिदी बिवाहित हुनुहुन्थ्यो । दिदीको श्रीमान र मेरो काम गर्ने ठाँउ एकै त्यसैले हाम्रो चिनजान थियो । हिड्दै थियौँ यत्तिकैमा मलाई केहि पिउन मन लाग्यो र भनेँ ,” दिदी केहि पिउने कि ?”

दिदीले पनि ” हुन्छ पिउन त ।” भनेपछि हामि नजिकैको क्याफेमा छिर्यौँ । बाहिर गर्मि निकै थियो र पनि चहल पहल अलि बढि नै देखिन्थ्यो । हामी दुईजना मात्र बस्न मिल्ने दुई कुर्सि सँगैको टेबलमा गएर बस्यौँ । मैले सोधेँ “दिदी के लिनुहुन्छ ? ” मैले भने प्राय कफि पिउने गर्थेँ त्यसैले कफि अर्डर गरेँ र दिदीले चिया अर्डर गर्नुभयो । अर्डर लिएर वेटर गयो । एकछिन मौन बस्यौँ । एकैछिनको मौन पस्चात दिदीको मुखबाट एउटा शब्द निस्कियो ” जिवन पनी ..!!”

मैले सोधेँ ” के भयो दिदी ? “

“केहि होईन “

दिदीले अलिक कुरा लुकाएको जस्तै गरेर लामो स्वास् लिदै भन्नुभयो । मैले फेरी प्रस्न गरेँ ” भन्नु न भन्नु के भन्न खोज्नुभएको ? “

“भयो यो कुरा छोडिदीनु ।” दिदीले कुरा लुकाउनुभयो ।

तर मेरो मनमा दिदीले जति कुरा लुकाउनुभयो त्यो भन्दा बढि उत्सुकता जाग्यो । के भन्न खोज्नुभएको होला ? किन एक शब्द निकाल्नुभयो र त्यस लाई त्यतै बिट मार्न खोज्नुभयो ? मलाई यि प्रस्नहरुले मौन बस्न दिएन । न त कुरो अर्कोतिर मोड्न नै दियो । मेरो त्यो उत्सुकताले कतै पनि ध्यान दिन सकेन । मैले दिदीलाई अलि कर जबर्जस्त गरेँ ।

“के भन्न खोज्नुभएको हो दिदी मलाई आफ्नो भाई जस्तै सोँच्नु न । र खोल्नुहोस् मनका कुराहरु , मन हलुंगो बनाउनुहोस् , कुरा शेयर गर्नुहोस् मन लाई चंगा बनाउनुहोस् । “

” ऊ हिँजो भेट भएको थियो ।”

“उ भनेको को हो दिदी ? ” प्रस्न नगरि बस्नै सकेन । एकाएक नयाँ पात्रको जन्म भएको थियो ।

” उ मेरो बिहे भन्दा पहिले को प्रेमी । ” एक छिन रोकिनु भयो दिदी ।

“अनि के भयो ? ” मैले कुरो रोक्न दिएन ।

” हामी प्रेमी थियौँ । र हाम्रो उद्देश्य भनेको बिहे गर्नु थियो आपस् मा । तर उ सँग केहि कमाउने श्रोत थिएन । आफ्नो खुट्टामा नउभिई बिहे नगर्ने अडान उस्को थियो । त्यसैले उ बिदेसीएको थियो ।र मेरो बिवाह घरमा बुबा आमाले खोजिदीएको केटो सँगै भयो । “

र फेरी भन्नुभयो ” सोँच्नुभएको होला हजुरले पनि ? कि धोका दिएँ मैले ? तर त्यसो होईन । मैले बिहेको कुरो चल्दा चल्दै उसलाई भनेको थिएँ । तर उस्को बिदा नमिल्ने भयो । उस्लाई थाहा रहेछ कि त्यो बिवाहको कुरो चलेको केटो उस्को साथि रहेछ । उस्ले पनि बिहे गर्ने अनुमति दियो । तर मन ले मानेको नै थिएन न त हाम्रो सम्बन्ध अरु कसैलाई नै थाहा थियो ।”

” पुर्ब प्रेमी भेटिएको ? कुरा गर्नुभयो ? अचम्मित परेको थियो होला उ हैन ? ” मैले सोधेँ ।

“अहँ गरिन । किनकी श्रिमान साथमा हुनुहुन्थ्यो ।”

दिदीले अब भने कतै अल्झाउन खोज्नुभएन कुरा लगातार भन्दै जानुभयो ” मेरो जिवनको सर्बाधिक अकल्पनिय दिन र सर्बाधिक ठुलो दिन श्रिमान र पहिलो प्रेम एकैसाथ एकै स्थानमा भएको दिन हिँजो । सोँच्छु त स्वंय आश्चर्यमा पर्छु । मेरै श्रीमानको को नजिकै उ रक्सी पिएर आफ्नै मस्तिमा उभिएको थियो । जस्तै कि सारा दुनिया सँग एक साथ खेल्न चाहन्छ उ । त्यो समयमा मलाई दुलहि हुनुले साथ दियो सायद । होईनभने काप्दै गरेको शरिर , रुदै गरेको मन , खस्दै गरेको आँशुसँगैको आँखा र घुँडा टेकेर बिलाप गरिरहेको अवस्थामा देखिन्थेँ होला । ठिक भयो कि यो दुलहि भन्ने शब्द , यो सिन्दुर यो पोते र यो अबस्थाहरुले मलाई रोकिदियो । त्यो स्थिती देखेर मेरो स्थिती पनि खराब नगराउन कुन चै ठाँउ पो छोड्यो र ? उस्को त्यो हालत यदि मेरो श्रिमानलाई देखेर भएको हो भने त्यो स्वभाबिक नै हो । यस्तो अबस्थामा देखेर कोहि पनि पुरुषहरुको यहि हाल हुन्छ । यदि मलाई देखेर हो भने बानि पनि त बसाल्नु पर्यो उस्ले । किनकी म सधैँ मिल्नेवाला छु । त्यो समयमा म बिना आवाज हेरेर बसिरहेकि थिएँ । उसले आफ्नो मनको कुराहरु कति सजिलै बयान गर्न सक्यो त्यो स्थितीमार्फत । केहि शब्दहरु खर्चिनु परेन । “

यत्तिकै कुराहरु भन्दै हुनुहुन्थ्यो दिदी , चिया आयो । एक छिन कुरा रोकियो ।

“अनि के भयो दिदी ? “

दिदीले चियाको चुस्कि लगाएर कप टेबलमा राख्दै फेरी शुरु गर्नुभयो ” जब बेवाहिक जिवनको सुरुवात दिनहरुमा नै जब जिवन अनुभुतिको उडानमा रहन्छ तब उस्कै सोँचना मा डुबुल्कि खेल्दै रह्यो मन । र एकदिन साहस गरेर उ कहाँ छ भनेर जान्दा जान्दै श्रीमान सँग सोधेँ ” राहुल कहाँ छ ? ” र श्रीमान ले जवाफ दिनुभएको थियो ” उ त जापान मा छ ।”

मनै मनमा बहलिरहेकि थिएँ म ।”तिमी झुट थियौ , तिमी धोकेबाज थियौ , वाधा तोडेका थियौ तिमीले ” भन्नु मन थियो तर मन भित्रै गुम्साएरै राखिदिएँ यि शब्दहरु । उफ्फ्फ मैले पनि के के सोँच्थेँ । त्यो रात बिस्तारामा पहिलो पटक मैले प्रयास् गरेँ कि म श्रीमान सँगै छु र मैले श्रीमानलाई नै अनुभब गर्नुपर्छ तर उस्को त्यो अनुहारले पिछा नै कहाँ छोड्यो र ? अब बिवाह भएको दुई बर्षपछी एक बच्चाको आमा हुदा पनि मैले अहिलेसम्म साथ अलग , बिस्तारा अलग भएको छैन श्रीमान सँगै । तर सधै मेरो शरीरहरुमा उ नै सवार रहेको महसुस हुन्छ । जब बिरामी भएर उ जापान बाट फर्कियो र उस्को बाबाले उस्लाई फेरी जान दिनुभएन जापान तब लाग्यो मेरो भगवान उस्को बाबा सँग सँगै छन् । त्यस पछि शुरु भयो दिनहु उ हाम्रो घर आउनु र सधै भेटिईरहनु । “

एक छिन फेरी चियाको चुस्कि लगाउनुभयो दिदीले । मैले पनि बिस्तारै कफि पिईरहेको थिएँ । अलि लामो स्वास लिनुभयो र छोडिदिनुभयो जति जबर्जस्त खिच्नुभएको थियो त्यो स्वास प्रकृतिलाई नै फिर्ता गर्नुभयो । र फेरी शुरु गर्नुभयो ।

“उस्को कुराहरु , उस्को रहनसहन , उस्को सोँच सबै परिबर्तन भएका रहेछन् । तब मैले बुझेँ उ त अलग दुनियाँमा रहेछ । उ त एउटा लेखक जस्तै बनेको रहेछ । उस्का कबिताहरु , उस्का लेखहरु , कथाहरु र अन्य रचनाहरु मनले भन्छ ति रचनाहरु सँगै उडिदिउँ । यसरी उड्नु मन लागेको थियो कि जसरी म उस्को जिवन मा पहिलोपटक नजिकीएकि थिएँ । जसरी उस्को जिवनको पात्र बनेकी थिएँ । र उसलाई मैले ईसारा गर्न चाहन्थेँ उस्का लेखहरुमा । कति रातहरु मैले उस्लाई नै याद गरेर बसिरहेकी हुन्छु । तर उस्ले स्त्रीको कस्ट र पिडाहरु बुझ्न सक्दैन । उस्को त एक आवारा जिवन हो । जो आफ्नो मस्तिमा आफ्नै सर्तहरुमा बगिईरहेको हुन्छ । मनले चाहेको दिशातिर । तर मैलाई थाहा छ उस्ले माया गर्छ मलाई । तर उस्ले मेरो भावनाहरुसँग अन्जान हुने नाटक मात्र गरिरहन्छ । थाहा छैन उस्ले यो सबै यो त्रीकोण प्रेमलाई बचाउनको लागि गरेको छ या आफ्नो साथिको गृहस्थी बसाउनको लागि गरेको छ ? मैले मान्छु उ यी दुबै कुरामा सफल भयो । जब कहिँ कतै एक्लै बस्छु त आउछ एकाएक उस्को याद सयौँ किनाराहरुलाई तोडेर सँगै हुनुको अनुभब बटुलिदिन । उस्को त्यो एकान्त टोड्ने प्रयास् धेरै ठुलो त रहदैन र पनि जितेरै छोड्छ । जस्मा मैले आफुलाई अशक्त अनुभव गरेँ । उस्को त्यो अन्मुख प्रेम र प्रयोगबादी यथार्थ कहाँ लिप्त हुन्छ ? कहाँ लुक्छ ? आजसम्म बुझ्न सकीन । आफ्नो सुन्दरताको आभास छ म सँग र उस्लाई पनि यो सुदरताको रागले प्रभाव भएको देख्दै आईरहेको छु । तर पनि एक पटक मलाई छुदैन उ । कुरै कुरामा कति पटक उसलाई तौलनको लागि छुन्छु । उस्ले एक पटक पनि मेरो तर्फ हात बढाउदैन । यो पनि प्रयोगबादको एक अध्याय हो ।

यदि यहि हो भने चाहिदैन उस्को लागी बौदिक सामर्थ्य । उस्को कहानीहरु उस्का कथाहरुमा मलाई कुनै पनि दिक्कद छैन । मेरा लागि ब्यर्थ छ उस्का रचनाहरु । जहाँ स्त्रीहरुलाई एक पात्र मात्र मान्छ र प्रेमलाई बिषय । र पुरुष एक शरिर मात्र हुनाले कहानि अगाडि बढ्दैन उस्का लेखहरुले शोँभा दिदैनन् । कहिले काँहि त कुनै कथा कुनै रचनाहरु होईन शरीर लिएर आओस् आफ्नो जस्तो लाग्छ । म थाकेकि छु । कि जाओस् टाढा कतै मेरो दुनियाँबाट या फेरी यो दुनियाँबाटै । मनाउँला उ नहुनुको पिडाहरुलाई या स्वयं ज्यान दिएर जान्छु उस्को साथ । अर्को जन्ममा उस्लाई आफ्नो बनाउने अठोट सँगै । चाहन्छ भने बिवाह पनि गर्न सक्छ उस्ले तर अँह गर्दैन । मैले बुझेअनुसार बिवाह नगर्नुको अर्थ हो मेरो जिवनप्रति आशा रहनु हो । तर अब जिवन नै बाहिरीसकेको छ , बाहिर बाहिरै हिडिरहेको छ मेरो जिवन । थाहा छ उस्लाई यि सबैकुरा भनेर केहि हाँसिल हुदैन । मलाई थाहा छ म पनि कुनै कहानिको पात्र बनेर मान्छेहरुबाट पढिन्छु । उस्को यो निष्ठुरतालाई किन मेरो मनले अर्पण गरेको होला ? सायद उस्ले सहि सोँच्छ सामाजिक बन्धन तोडेर सामान्य जिवन जिउनेको हौसला रहदैन कसैमा पनि र म मा पनि । यदि यहि सोँच हो भने त एक पटक जताउन त सक्थ्यो नि मैले कहिले पनि उस्को निर्णयलाई बेवास्ता गरेकै छैन र गर्ने पनि छैन । “

यि सबै कुरा मैले तिमीलाई यसकारण भनेकि छु तिमीले जबर्जस्त गर्यौ ।

दिदीले पहिले तापाईबाट फेरी तिमी भन्दा मलाई पनि आफ्नोपनको महसुस भयो । चिया कफि पिएर हामि त्यहाँबाट निक्लियौँ ।

केहि कहानिहरु यस्ता पनि हुदारहेछन् कि न कुनै समाधान भेटिन्छ । न त्यस्को समाधानको लागि केहि बोल्न नै सकिन्छ ।निशब्द बनाईदिन्छ । सकिन्छ त सिर्फ सुन्न र त्यहि कहानिलाई बिचबिचमा “च्व च्व ” को आवाज निकाल्न मात्र । एउटा ईच्छा छ भगवानसँग ति दिदीलाई पुरानो प्रेमि भुल्न सक्ने सामर्थ्य देउ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *