कविता : प्रेम ब्रान्डेड स्याम्पियन

~मिरा प्रसाई~

प्रीय !
तिम्रो सम्झनाको नशाले मत्याउदा
अझै बढी मात्न `रेड वाइन´ पिउने गर्थे म
तर आज भने `प्रेम दिवस ´मनाउन
`प्रेम ब्रान्डेड स्याम्पियन´ पिउदै छु !
हुन त तिमीसङग बिताउने प्रत्येक दिन
“भ्यालेन्टाइन डे ” हुन मेरा लागि ,
तिमीलाई सम्झदा मेरो दिलमा उठ्ने तरङग
नै `प्रेमको उत्सव´ हो मेरा लागि
प्रेम गर्न प्रेम दिवस नै कुर्नु पर्ने त होइन
तैपेनी चलेको चलन
तिम्रो नाउमा `प्रेम स्याम्पियन´ खोलेर
बिछोडको पिडामा तड्पिएका सयौ प्रेम जोडि
अनि , लोकतन्त्रका लागि ज्यानको आहुती दिदा
सहिद भएका हज्जारौ प्रेमिकाका प्रेमिहरुको नाउमा
`प्रेम स्याम्पियन´ पिउदै छु म आज
थाहा छ तिमीलाई ?
कारण अकारण तिमी अनायस रिसाउदा पनि
म तिमीलाइ प्रेम गरिरहेकी हुन्छु
किनकी , रिसाउने अधिकार आफ्नोसङग मात्र हुन्छ ।
तर ! पनि आज प्रेम जोडिहरुको
दिन अर्थात `प्रेम दिवस´ हो रे
त्यसैले प्रीय ! तिम्रो नाउमा प्रेम स्याम्पियन पिउदै छु आज
मेरो सानो मुटुको स्पन्दन भित्रै छौ तिमी
तर पनि कहिले काहीँ एस्तो लाग्छ
जस्तो कि,
तिम्रो आकाश बेग्लै मेरो बेग्लै
तिमीले टेकेको धर्ती बेग्लै अनि मैले टेकेको धर्ती बेग्लै
तिमी समीप नभए पनि प्रीय !
सामिप्यताको आभासमा आज
एउटा स्याम्पियन खोलेर
टेबुल बिच रातो गुलाफ राखेर
प्रेम गीतको सुमधुर धुन
गुलाफको मन्द मन्द बास्ना छर्दै गरेका मैनबत्तिहरु
तिम्रो सम्मुख म अनि मेरो सम्मुख तिमी हुदाको त्यो पल
आहा ! कति रोमान्चक हुन्थ्यो होला ?
हो , काल्पनाको राजमार्गमा रोमान्सको सयर गर्दै
प्रेम स्याम्पियन पिउदै छु आज
हो प्रीय , एसरी नै म केवल तिम्रो सम्झनामा
प्रेम दिवस मनाउदै छु आज ।
तिम्रो आदर्श प्रेमको एउटा हिस्सा म पनि
अनि तिम्रो अन्तस्करणको मीठो अनुभूति
प्रेम आफैमा पबित्रताको प्रतीक हो
तर पनि , सुन्नमा नमिठो सुनिने
देख्नमा नराम्रो देखिने
एउटा नमिठो भुल भित्रको मीठो भुल गर्दैछु
प्रेमका खातिर आफैलाइ सुम्पदैछु
जुन भुल फूल झै सुन्दर देखियोस है प्रीय !
कम्सेकम तिम्रो आखामा चाहिँ !!

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.