कविता : स्वदेशको माया

~डा. माधवप्रसाद कोइराला~

मेरी आमालाई महाभारतको जस्तो रणक्षेत्र चाहिएको छैन ।
मेरी आमालाई हिरोसिमा र नागासाकीको जस्तो आतंक चाहिएको छैन ।
मेरी आमालाइ न आवाज बिनाको मुर्दा शान्ती चाहिएको छ ।
मेरी आमालाई भरपुर श्रोतसाधन उपयोग गर्दै स्वर्णरुपी लाली चाहिएको छ ।

जिवात्मा रहुन्जेल कसैको तनमा मनभरिको मायाँ हुन्छ ।
जसरि भर्खर भु्रण फुटेको विरुवालाइ मृत्तिकाको माँया हुन्छ ।
त्यै मृत्तिकामा भएको अमृतरुपी खाद्य पदार्थको झन मायाँ हुन्छ ।
त्यस्तै देशका सपुतहरुलाइ प्यार स्वदेशको माँया प्यारो हुन्छ ।

जसरि यौटि जननीलाइ दुधमुखे बालकको प्रगाढ मायाँ हुन्छ ।
एँ…..हाँ…. एँ…..हाँ….कोक्राको रोदनले उन्को रोदन छुन्छ ।
एहि संस्कारमा पढेका बढेकाले होला स्वदेशको बिछट्टै माँया हुन्छ ।
इतिहासमा वीर सपुतहरुले आफ्नो आमाको तन जोगाइ राख्न ।
सपुतहरुले प्राणको उत्सर्ग गरेको हजारौ उदाहरण मेटिन्न ।
बलभद्र, भक्ति र अमर सिंका अदम्य साहस छोपेर छोपिन्न ।
सायद, प्रिय जननीको धड्कन मुटुमा रहने भएकोले ।
नव बृक्षहरुले कोमल हृदयको मायाँ बुझ्न सकेकोले ।

अमाका वीर सन्ततिहरु यसरि सुरिएको देखिन्छ ।
आमको काख छोडेका अनुजहरु चौतारिमा छट्पटाएको देखिन्छ ।
कोमल हृदयबाट उनका अश्रुधारा सगै क्रन्दन सुनिनछ ।
साग र सिस्नु अमृत नै हुने यो आफ्नै देशको ।
सोरठि गित, भैलो र ख्याली झन आफ्नै भेषको ।
पmाटेकै कपडा भएतापनि आङ ढाकि हिडौला ।
खोक्रै पेट भएता पनि वेदनाहरु साटासाट गरौला ।
एउटै रगतको आत्मिय मायाँ पोखेर छाडौला ।
जसरि माछाहरुलाइ पानि विना कुन हाल हुन्छ ?
अनित तिनिहरुलाइ आफु बच्ने साधनको मायाँ हुन्छ ।
त्यस्तै सपुतहरुलाइ प्यारो स्वदेशको मायाँ हुन्छ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *