गजल : धरेपछि हराएछु

~लाक्पा शेर्पा समर्पित~

हात सुस्तरी धरेपछि हराएछु
प्यारका कुरा गरेपछि हराएछु

त्यसै कहा चुमिन्छ ति ओठ
सुस्त पाऊ झरेपछि हराएछु

लजाएर अलि परसर्दा भेटमा
नजिक अझै सरेपछि हराएछु

तिर्खा थियो पानी खोजी हुदा
भेटिएर नदि तरेपछि हराएछु

समर मैछ माया क्यानभास
चित्रमा रङ्ग भरेपछि हराएछु

गजलकार :- लाक्पा शेर्पा समर्पित(नेपाल)
ताप्लेजुङ, हाल : धनगडी, कैलाली, नेपाल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 71
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares
विधा : गजल | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *