कविता : ऊ

~सौगात भुर्तेल~

उ बुज्छ यो स्वार्थी संसारमा को नै अरुको लागि जिउँदो रहेछ।
साधरण जीवन उस्को अनन्त कथा लुकाई हिंड्दो रहेछ।
थाहै नभइ उध्रिदो रहेछ सपना फेरि पिडाले सिउदो रहेछ।
दुख भुलाउन रक्सी पिउंथे मान्छेले उ पनि पिउंदो रहेछ।

मुहारमा कतै छैन चमक उस्को दारि जुगांले ढाकेको छ।
कपाल गज्याङ गुजुङ उस्को चाल ढालले एउटा क्रान्ति मागेको छ ।
उ यो नौटङ्की संसारको पात्रहरु संग थाकेको छ।
हजारांै को भींडमा कसैको मत्लब छैन उस्लाई आफ्नै बाटो लागेको छ।

उ एक्लो छ उस्को कहिं कतै देखिदैन साथि।
एक्लै खूसि छ उ बिस्वास गर्न सक्दैन कसै माथि।
एक्लैनै लड्छ उ आफ्नै आत्मा बिस्वासलाइ समाति।
उस्ले भूतमा कतिलाई बिस्वास गर्यो सबै निस्किए बिस्वास घाती ।

उस्ले उस्को आफ्नो सपना कांधमा लिएर बामे सर्दैछ।
गहिरो त्यो उस्को मुटुको घाउमा आफै मलम पट्टि गर्दैछ।
उ माया मोह सांसारिक हुन् भन्छ कसैकोमा फस्दैन रे।
जस्को मुटुको ढोका खुल्ला भएपनि कसैकोमा पस्दैन रे।

उ चट्टानको मुटु बनाई ढुङ्गामा फुल फुलाउंछ रे।
बर्तमानमा अघि बढ्दै पुरानो चोट भुलाउंछ रे।
उ यो आफ्नो बिचारलाई आत्मा साथ गर्दै अघि बढ्दैछ।
उ आफूंमा धेरै खुसि छ किनकि उ एक अलग र फरक ब्यक्ति बन्दैछ॥

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 72
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *