कविता : अक्षर

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

कति बनाउनु शब्द मेरा अक्षरहरुलाई
उनीईन्छन् सुन्दर कपटीको शिपलगाई
उनीन्छन् कविता र गजलको हारबनाई
कथा निबन्ध नियात्रा को हारमा सजाई ।

कहिले उनिन्छन् मानिसका भोगाई ।
अक्षरलाई केलाई केलाई निफन्न जानेका ।
कस्तो बिछट्टका छन् राजनीतिक जमात ।
कस्तो उन्छन् अक्षरको हार बनाई बनाई ।

शब्दैले समुन्नत देश र जनताहरुलार्ई ।
हाइकु लघुकथामा अक्षर अक्षर सजाई ।
नाटकमा नायकलाई सुन्दर सुन्दर बनाई ।
नायिकाको सुन्दर वदनमा शब्द सजाई ।

तिनै अक्षर उनिन्छन् शैक्षिक पाठ्यक्रममा ।
तिनै अक्षर उनिन्छन् कर्मकाण्डी कितावमा ।
तिनै अक्षर उनिन्छन् छलछामका नायकमा ।
तिनै अक्षर उनिन्छन् वेदपुराण उपनिषद्मा ।

तिनै अक्षर उनिन्छन् गौरव राष्ट्रगानमा ।
तिनै अक्षर उनिन्छन् देशको विनाशमा ।
तिनै अक्षरको उनाईमा मिल्छ सम्मान ।
तिनै अक्षरको प्रयोग गर्छन् राष्ट्र दोहनमा ।

तिनै अक्षर उनेर बनाउने कानुन नियम ऐन ।
तिनै अक्षरको ब्याख्या भईरहने यो जगतमा ।
तिनै अक्षर तोडमोड गरेर बस्छन् सिंहासनमा ।
तिनै अक्षरको ब्याख्या फरक ब्यक्ति ब्त्रक्तिमा ।

तिनै अक्षर मिलेर बन्ने राष्ट्रको संविधान ।
तिनै अक्षरले बिथोल्ने राष्ट्रिय स्वाभिमान ।
तिनै अक्षरले स्वागत गर्ने हाम्रा अतिथीगण ।
तिनै अक्षरले आलोचना फैलाऊने समाजमा ।

तिनै अक्षरले विराजमान गराउने सिंहासनमा ।
तिनै अक्षरले अलग गराउने मुकुट शीरमा ।
तिनै अक्षरले गर्ने नेपालका सम्पदाको दोहन ।
तिनै अक्षरलाई दोष दिने सन्धि संमmौतामा ।

रहेछ अक्षर अक्षरको अत्यन्त नै महत्व ।
अक्षरबाट निर्मित शब्द शब्दको महीमा महान ।
सक्छौ भने अदृश्य होउ अक्षर मानव जगतमा ।
न दोष अक्षरलाई न त राष्ट्रघात नेपालमा ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *