लघुकथा : माघ महिना / पुरानो पाखी

~कात्यायन~dhanwantari-mishra-katyayan

– माघ महिना निख्रिसकेको थियो | आमाले कोसेली दिएको थोत्रो पाखी उनी घाममा सुकाउंछिन् |

– उसले उखान सुनेको थियो – ऋण लिएर पनि घीऊ खाऊ |

– उनले सुनेकीथिईन् – दिंदा माथिल्लो हात, लिंदा तल्लो हात |

– उसलाई घीऊ खान मन लाग्छ र उनीसित ऋण माग्छ | उनीसित थिएन | उनले उनीसित मागेर उसलाई दिईन् |

– दिन बित्दैजान्छ | वर्ष बित्दै जान्छ | ऋण असुल गर्न उनले उसलाई फोन गर्छिन् | सम्पर्क गर्छिन् | ऊ बहाना बनाउंदै जान्छ | भाखा सार्दैजान्छ | बिस्तारै ऊ सम्पर्क बिहिन हुन्छ | फोन उठ्दैन | उनी हरेक माध्यमबाट समाचार पठाउँदा-पठाउंदै थकित हुन्छिन् |

– फेरि पनि उनलाई उनको फोन आउँछ – उसलाई सुनाई दिनु ऋण फिर्ता चाहिंदैन; अर्को साल पनि माघ महिना आउँछ’भनेर |

– घाम अस्ताइसकेको थियो | उसलाई उनको समाचार सुनाउनुभन्दा पहिले उनी आफ्नो पुरानो पाखीलाई उठाएर जतन गरेर राख्छिन् अर्को माघलाई |

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : लघुकथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *