बगेकी गङ्गाका सात मुक्तकहरु

~गङ्गा सापकोटा ‘बगेकी गङ्गा’~

एक
डुबाईदे ए जिन्दगी किनारमा छु म।
कहाँ भाग्छस् टाढा दिवारमा छु म।
कि रुदैछस् ओइ त पनि म संग संगै ।
सम्झी अभागी भाग्य निधारमा छु म।

दुई
उस्का याद अनि पल सबै मेटाउछु।
आइरहन्छ झलझल सबै मेटाउछु।
सजाएथे सपना कल्पी सुन्दर सन्सार।
त्यो सपना त्यो महल सबै मेटाउछु।

तिन
बनायौ किन दुखी रहने मन बनायौ।
केही हुँदा छिटोछिटो चल्ने धड्कन बनायौ।
यो योवन यो बैँस भन्दा बचपन नै प्यारो थियो।
किन कहिलै नफर्कने गरि बचपन बनायौ।

चार
पिरतिमा धोका दियौ रुन्छु भनेँ सकिएन।
तिम्रो याद यी आसुले धुन्छु भनेँ सकिएन।
तिम्रै दिलको बाटो गरि शिखर चुम्नेँ आशाहरु।
धर्ती छाडी चादनीलाई छुन्छु भनेँ सकिएन।

पाँच
के सोच्दैछौं तिमी माटोले बोलाई रहेछ।
स्तब्ध हुँदै निरासामा देश टोलाई रहेछ।
जाउ गएर रोक छेक ती दलालीको बाटो।
तल्लो दर्जामा नारीत्व मोलमोलाइ रहेछ।


तिमी पारी म वारी बिचमा खोला बाधा हाम्रो
रुक्मणीसंग कृष्ण मस्त एक्लै रुन्छे राधा हाम्रो
दोहोरीयो उहीँ कहानी लैलामजनु मुनामदनको
बिरक्तिने बिछोडिएको प्रेम कहानी आधा हाम्रो

सात
पक्कै हेर्नुस् केहि त खास होला जस्तो
बसन्ती बहार चैत्यमास होला जस्तो
उन्को आगमन नै उसै पृय भएपछि
उन्कै बन्न खोज्ने प्रयास होला जस्तो

– मकवानपुर,हेटौंडा

(स्रोत : हाम्रोदमक डट कम)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.