गीत : वलिरहूँ म बलिरहूँ

~माधवलाल कर्माचार्य~madhablal-karmacharya

भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ !
प्रलय आँधी फुङ्ग धूलो उडिरहोस् अनि उडिरहोस,
गगन बिजुली साथमा लिई गर्जिरहोस्, गर्जिरहोस्,
भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ !

छुट्टिने कालो विदाको मन्द हाँसो झैं बलूँ,
तिमिरको साम्राज्य बिचमा अडिरहू म अडिरहूँ,
अमर कै सन्देश बन्दै चम्किरहूँ म चम्किरहूँ !

भ्रान्त यात्री मार्ग देखुन्, बढून्, पाउन सर्सरी,
बाँच्नलाई आश, पाउन् जिन्दगी यात्रा भरी,
तुच्छताको याद छाडी बलिरहूँ म बलिरहूँ !

हुरी आई हरहराऔस् बाँचिरहूँ बाँचिरहूँ,
भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ !

(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.