कविता : मोह

~अविनाश श्रेष्ठ~

कुन्नि कुन मानसरोवरबाट थालियो
मेरो चेतनाको ब्रहृमपुत्र ।
र कुन्नि कति टाढा छ
समाप्तिको बङ्गोपसागर ?

दरिद्रयसित डराएको माझी ।
र माझीसित
डराएका माछाहरु,
सपनासित झस्किएको निद्रा ।
र निद्रासित
कहालिएका आँखाहरु ।

ज्वारभाटाका दुवै हात जोरेर ।
नमस्कार,
चन्द्रमालाई, आकाशलाई-उद्वेलित समुद्रको ।
आकाशको दहभरि घोप्टाएर नीलो निःसीम मौनता
ऊ कता लुक्यो कता ।
अभेद्य अन्तरिक्षको
मायावीयतातिर पो उसले ।
कतै ठोक्यो कि सुइँकुच्चा ?
झरीमा लुछुप्प रुझेको भदौको इन्द्रकमल रात,
त्यसै रातसित जोडिएका अनेक स्मृतिखण्ड ।
किंवदन्ती, देह-सुवास ।
मनको निर्जन वनमा ।
ओल्लो छेउदेखि पल्लो छेउसम्म
कुन्नि को गयो हिँडेर अज्ञात

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *