कविता : तिम्रो संसार !!!

~जनार्दन सम~

ए संसार बनाउने कर्मी ! देखें तिम्रो संसार !!!
यो पृथ्वी बनायौं झारपात र वृक्ष प्राणीहरु उमार्‍यौ,
रङ्गी चङ्गी चरा उडायौ, भूकम्प बाढी ज्वालामुखी फुटायौ,
आफ्नै घरबार परिवारलाई भत्कायौ मार्‍यो बिगार्‍यौ ।

यो बालक्रीडा जस्तो या उन्मत्तको काम जस्तो हेरें तिम्रो संसार !!
सुख सम्पत्ति सौन्दर्यले पल्काउंछौ, दुःख उमाल्न, त्यो सँधै दिंदैनौ ।
मान्छेको रगत मान्छेले चुस्छन्, खेल्छन् रगतको होरी आफसमा तिमी हेर्दैनौ ।
हरिकङ्गवल कराउँछ, रुन्छे अबला, रोगी चिच्याउँछ, त्यो निनाद तिमी सुन्दैनौ ।

यो शिरमा दुःख आँसु आँखामा, सुस्केरा अोठमा मुटुमा “ढुक ढु्क”
कर्मीको बच्चाले जस्तो कस्तो कथा पुतली बनायौ, भोगें तिम्रो संसार !!!
कि संसारको कर्मी, म होइन भन तिम्रो बदनाम नहोला ।
कि संसारलाई नित्य स्वर्ग बनाऊ तिम्रो नाम होला ।

यदि उद्योग नगरी, तिम्रै भरपरी, मानव समाज वनवासी होला ।
प्रकृति विरुद्ध लड्ने शस्त्र नरची, वैज्ञानिक चूप रहला त,
वगत्‌को झन् कस्तो चित्र हुँदो होला ।
बनाउँछौं जे त्यो बिगार्न, अनि जन्माउँछौं जो त्यो मार्न
यो तिम्रो छल हो या भूल अथवा खेल कि त उन्माद नै हो ।
नजान्नेले बनाएजस्तो –
अनित्य क्षणिक यो सब जाने बुझें तिम्रो संसार !!!

(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *