कविता : आकार

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

ठुलाठुला नक्साहरु माझ
एउटा आकार चेप्पिएको छ
जस्को हातपाउ, ज्यान अनि मस्तिस्क
खिया लागेर पुरानो अनि काम नलाग्ने हुंदै गएको छ
खियिंदै गएको छ ।
उनको हातहरु वाँधिएका छन्
सिमानाका विभिन्न नाकाहरुले वाँधिएका छन्
आप्mनो पाउमा आफै जुत्ता लगाउन सक्तैन
खालीखुट्टा हिंड्न वाध्य छ उ
अरुले नै जुत्ता लगाइदिन पर्ने हुन्छ
अरुले नै हिंड्न सिकाउन पर्ने हुन्छ
आफै हिंड्न भुलिसकेको छ
अरुको लागि जुत्ता भइ दिनपर्ने वाध्यता सहेर वाँचेको छ ।
उनले जहाँजहाँ टेकेको हुन्छ
उसले टेकेको होइन त्यो
अरु कसैको पदचापको निशाना हो त्यो
उसकोे खुट्टापनि भएभरका नदिनालाहरुले वाँधिदिएको छ ।
आकार भित्र नदिनालाहरु गुजुल्टो परेर बसेका छन्
केवल ओरालो बग्न
पहाडहरुलाई छिचोल्न
अरुकै लागि मात्र फाइदा पुराउन
नदिको स्वरुप धारण गरेको छ
उत्ताउलिएर ढुबाउन जानेको छ
भत्काउन जानेको छ
यसले न त तिर्खा मेटाउन जानेको छ
न त सिंचित गराउन सकेको छ
नदिहरु आकारलाई तिर्खा बाँडेर बगेका छन् ।
आकारलाई भोक लागेको महसुस पनि अरुले नै गराउन पर्छ
र भोक लाग्छ
अनि दौडेर दक्षिणमा ढोगभेटी चडाउन पुग्छन् भिखारीहरु
विभिन्न स्वादका कुर्सीहरु लिएर आउँछन्
कुर्सीहरुमा कुनै पोषण छैन
केवल अनियमितता छ
आकार अहिले कुपोषणले ग्रस्त भएको छ ।
सुकेनास लागेको विरामी जस्तो शिथिल छ
आफुमा कुनै ताकत छैन
अलिअलि चल्मलाउना साथ थाक्छ
शरिरमा बग्ने खुनहरु वाहिरवाट छिराइएको छ
उनको आप्mनै रगत
हवाइजहाज चडेर
तातो वालुवा पकाएर हरियाली छोप्छ ।
आकार भित्रका शाक्तिहरु
शरणार्थीको रिक्तस्थानमा आप्mनो उम्मेदवारी दिइरहेका हुन्छन् ।
मस्तिस्कहरु पनि गोजीमा भिषा बोकेर बेरोजगारीता भोगिरहेछन्
आकार निरिह भएर
खाली आकार मात्र भएर ठाउँ ओेगटेर वसेको छ
जाली फटाहा घुसखोर भ्रष्टहरुलाई राज्य सुम्पेर
कुँजो भएर वसेको छ आकार ।
आँखा घोचिरहने कुर्सिहरुको थुप्रोले वनिएको छ आकार ।

(११ फरबरी २०१६, फार्नबोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *