कविता : उफ् !

~नबराज घिमिरे~

तिमीहरूलाई दास हुन मन लाग्यो,
कुनै स्वरुपलाइ पुज्न मन लाग्यो हो?
तेसैले त मुर्ती काेर्यौ,
देवता सम्झेर ।
केका लागि कोर्यौ?
बिश्वासका लागी ।
आस्थाका लागी ।
सत्मार्गका लागि।
तर
आज यो देशमा,
गधा पुज्न मन लागेको छ,
कसैकसैलाइ ,
तेसैले धोइ पखाली गर्दै छन।
किर्तन गर्दैछन् , चिच्याइ चिच्याइ
गाई हो भनेर ।
सायद कति गधाहरु पुजिने हुन गाई भनेर !!

हिजो सम्म गधा धोएर गाई हुदैन भन्नेहरू २
हो त र छ नि, हुदो रहेछ !
गधा धोएर गाई भन्दै छन
आज ।
हिजो सम्म मानिसहरु भन्थे
सत्त्य फेरिदैन , केबल बुझाइ फरक हुन सक्छ।
आज त
सत्ता र सत्त्य उस्तै उस्तै हुन्
दुबै फेरिन्छन् पो भन्छन।
मापाकाहरु, लाज पचेकाहरु,

गधाहरु गाई हुनुमा
दोष गधाको होइन
दोष तब तिनिहरुको हो जजस्ले
उसलाई गाई बनाउदै छन।
अनि दुहुन चाहदैछन् ।
पूज्न चाहदै छन,
यदि गधाले म त गाई होइन
मलाई दुहुने कोसिस नगर
मलाई पूज्ने कोसिस नगर
म देवता होइन सेबक हुँ
भनेन भने
यिनिहरुले दुहुने छन
दूध आए पनि नआए पनि,
खाने छन जसरी पनि।

समयले नेटाे काटे पछि
पछुताउने छन्
अनि तिनकाे पनि देशकाे जस्तै हुनेछ
वेहाल। सबै हुने छन् कंगाल।
उफ ! मेरो देशको राज्निती।।

(स्रोत : राम्रोलिन्क डट कम)

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *