कथा : मृगतृष्णा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

के तिमीले मलाई साँच्चै भनेकी हौ ? अव मैले जीवन गुजाराको लागि तिमीहरुको र स्वदेशको माया मारेर मुग्लान जान पर्‍यो ।

हो हो मैले त्यही भनेको हो । सधैभरि यसैगरि अभाबमा कति बाँचि रहने ?

पल्लो घरका तिम्रो काकाको आर्थिक अवस्था कस्तो थियो । तिम्रो भाइ विदेश नजाउञ्जेल ।

उनिहरुको हिजो र आजको अबस्थामा कति परिवर्तन आएको छ ।

त्यो परिवर्तनको एकमात्र कारण काकाको छोरा बिदेश गएर हो ।

त्यसैले म भन्छु कान खोलेर सुन, तिमीले आफ्नो छोरा छोरी र श्रीमतीलाई खुसी र सुखी देख्न चाहान्छौ र हामी सबैकाृे भविष्य राम्रो देख्न चाहान्छौ भने तिमी बिदेश जानै पर्छ ।

यो वाहेक म अरु केहि कुरा सुन्न चाहान्न ।

ल ल मलाई पुराण सुनाईरहन पर्दैन । घरमा बुढीआमा हुनुहुन्छ । छोराछोरी सानै छन् । यस्तो अवस्थामा तँलाई एक्लै छोडेर म कहीं पनि जान्न ।

मलाई बिदेश जान मन छैन । खेत बारी छँदै छ । त्यसलाई खनजोत गर्छु । त्यसैको आयबाट हाम्रो गुजारा चलाउँछु । हामी सबैजना संगै बस्छौ । एउटै कसौडीमा पकाएको खान्छौ । हाम्रै काखमा छोरा छोरी बढ्छन् पढ्छन् । यति भए पछि मके चाहीयो तँलाई ।

के रे के रे के भने को , विदेश जान्न रे ।

तिमीले घर छोरा छोरी आमाको चिन्ता लिनै पर्देन , सबै म संहाल्छु । मलाई विदेश गएर रुपियाँ पठाइदिए हुन्छ ।

तिमीले पठाएको पैसाले म घरमा सबै ब्यबस्था मिलाउन सक्छु ।

चिन्ता लिनु पर्दैन घरको ।

तिम्रो कान्छोे बा ले ब्यबस्था गरेका हुन् र ? देवर बाबुले पैसा पठाएर देवरानीले घरमा ब्यबस्था मिलाएर उनिहरुको आर्थिक अवस्था र रहनहन फेरिएका हो ।

बिदेश जाने मन नहुँदा नहुँदै परिवारको रुपियाँ कमाउने भोकले पासपोर्ट बन्यो , घरमा संचीत गरेको पैसा मानव आपुर्तिगर्नेलाई बुझाईयो ।पासपोर्ट जिम्मा दिईयो । प्रबेशआज्ञा अनुमतिपत्र कुरेर परिवार बस्यो । कहिले भिसा लाग्ला भनेर । सम्पन्नताको सपना बोकेर ।कागज कहिले आउला भन्दै दिनदिनै दलालकहाँ धायो । मानौं अदालतको तारेख नै लागेको हो कि भने झैं ।

अब खेति बस्तुभाउ सम्पूर्ण बिदेश भयो । र भिसाको कागजात लिनको लागि दलालकोमा धाउने काम भयो ।आज आउला भोली आउला ,पर्सि आउला , दिन हप्ता महिना र बर्ष समेत बित्न लाग्यो भिसा हात पर्दैन । पैसा र पासपोर्ट पनि फिर्ता दिंदैन । अन्तमा कुरा मिले छ दलालको सबै संग ।

भिसालागेको मौखिकजानकारी पायो । हवाइजहाजको टिकट सहित । भिसालगाउन समय लागेको कारण थप शुल्क बुझाएर भोली नै उड्नु पर्ने आदेश र भोली जान नसके उसको नाउमा आएको भिसा अर्कैलाई दिने घुर्कि सहित ।

पैसा कमाउने घरमा ब्यबस्था मिलाउने आफ्नो जिबनलाई सम्पन्न बनाउने सवार भएको भूतले अन्ततःआदेशको पालना गर्‍यो पेनपावरको । थप पैसा बुझायो । घरमा बिदा भयो । गलामा माला लगाईयो । खादा ओढाईयो । सम्पन्नताको सपनालाई विपनामा परिणत गर्न एअरपोर्ट तिर लग्यो ।

घरका परिवारहरु को अनुहार पूर्ण चन् दमा जस्तो मलमल्ल सबै जना खुसि , निन्याउरो मुख त केवल चार बिस कटेकी ति बुढी आमाको ।

चेक जाँच भयो, प्रतिक्षा कक्षमा प्रबेश गराईयो हवाई जहाज चढ्नकालागि । बिदेश जान पैसा कमाऊनका लागि ।

हवाई जहाज आयो ,हवाईजहाजमा चढ्नको लागि घोषणा भयो लाइन लगाईयो , एजेन्टका प्रतिनिधिआएर बोर्डिङ्घ पास हातमा राखिदियो । आँखाले ईशारा गर्‍यो , अर्कैेलाई अनि उसलाई भन्यो पासपोर्टलगायत कागजातहरु एअरपोर्टमा ओर्लीएपछि हाम्रा प्रतिनिधिले काम गर्ने कम्पनीमा लगेर तपाईलाई छोड्दा दिने छन् । अहिले यही कागजभए हुन्छ ल जानुस् ।

जहाजमा चढाइयो जहाज उड्यो ।

केहि घण्टा पछि जहाज अवतरण गर्ने घोषणा एअर होस्टेलले गरिन् ।पहिलो पटक बिदेश हिडेको मनमा कौतुहल हुनु स्वाभाबिक थियो । जहाज अवतरण गर्‍यो खाडीको मुलुक अञ्जान ठाउँ ।

भरोसा दिलाएको थियो आफ्नो मानिस एअरपोर्टमा लिन आउ छ भनेर दलालले ।

केहि ढुक्क भयो जहाजबाट ओर्लियो अरु जस्तै गरी ।

कता जाने सोच्यो । जहाजबाट ओर्लेका अरु यात्रुहरु जताजान्छन् उतै जाने सोच्यो । अनि हिड्यो ।

चेकजाँचको ठाउँ सबैले आआफ्ना कागजात देखाउँदै बाहिर निस्के ।

उ त्यहि उभिई रह्यो । न कागजात न पासपोर्ट । न त उसलाई लिन आउने भनेको मानिस लिन आए ।

घरमा बिदेशबाट पैसा आउला भन्ने आशमा प्रतिक्षारत थिए । दिन बित्यो महिना बित्यो र बर्ष समेत बित्दै गए । तर न घरमा खबर आयो न पैसा आयो,न त मानिसको अत्तो पत्तो नै भयो ।

न त घरमा सञ्चित पैसा नै रह्यो । न त आफ्ना जीवनआधारको अत्तो पत्तो नै भयो । भयो त केवल विक्षिप्त मनमष्तिष्क र निरस जिबन ।

घरमा पारिवारिक बोझ थपीयो । जिम्मेवारी बढ्यो । पश्चातापले कुटु कुटु मुटु खान थाल्यो ।

गाईँगुईँ हल्ला चल्यो मानवतष्करको हातमा उ पर्‍यो । न त कान्छा ससुराको जस्तो र्आिर्थक अवस्था फेरिन सक्यो । न त आफ्ना साथमा छोरो पति बाबु नै रह्यो । केवल मृगतृष्णा र पश्चाताप मात्र रह्यो । मृगतृष्णा र पश्चाताप मात्र रह्यो ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *