गजल : विरहको धून

~अनुपम थामी~

तिम्रो देशमा मेरो देशको, विरहको धून रैछ
तिम्रो महल बन्ने हाम्रो, पसिना र खून रैछ

बाटोभरि माटोभरी अाँखाहरु, बिछ्याई हेरें
हामीले पाउने आखिर, एक ढिक्का नून रैछ

गगनचुम्बी महल अनि, घर दलान हेरें
हाम्रो रगतबाट फल्ने, तिम्रो त्यही सून रैछ

अब मलाई पुग्यो मालिक, तिम्रो सेवा गर्नलाई
कालो रात फाल्नलाई, ल्याउने अब जून रैछ

-कालिन्चोक गाउँ पालिका
लापिलाङ दोलखा ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares
विधा : गजल | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *