गजल : नकराऊ दुई–चार दिन

~उज्ज्वल जी.सी.~

भेटघाट अवश्य होला नकराऊ दुई–चार दिन
हृदयको शान्त तलाउ नचलाऊ दुई–चार दिन ।

बदला लिने रहर भए मुटुमै किला ठोके हुन्छ
ऑंसुले लेखिएको पत्र नजलाऊ दुई–चार दिन ।

ईश्वर सम्झि दश औंलाले पूजा गर्दैछु आजसम्म
बिन्ती छ मनभित्र घृणा नफलाऊ दुई–चार दिन ।

अरू जस्तै मान्छे हूँ म जवानीले कतै मातिन सक्छु
हो,प्यास मेटाउन आएँ भने नडराऊ दुई–चार दिन ।

तिम्रा झूटा आरोपहरू चुक्क नबोली सहेकै त छु
भो, मानसिक यातनाले नगलाऊ दुई–चार दिन ।

(स्रोत : काव्यकुञ्ज डट कम)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : गजल | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *