मुसलसल गजल : तँ आइज न छोरा !

~शेखर ‘अस्तित्व’~

डलर, यूरो, दीनार चाहिन्न बाबु, तँ आइज न छोरा !
म एक्लै छु, संसार चाहिन्न बाबु, तँ आइज न छोरा !

बुवा बित्नु’भो तेरो, विधुवा भई मृत्यु-शय्यामा छु म !
भयो व्यर्थ श्रृङ्गार चाहिन्न बाबु, तँ आइज न छोरा !

नदी-भीर-पाखा, मेरा सूना आँखा, सबै पर्खिरा’छन् !
यो मन भन्छ दोधार चाहिन्न बाबु, तँ आइज न छोरा !

हिजै पल्लो डाँडाको कान्छा कहाँ ठूलो बाकस पठा’छन् !
मलाई महल, कार चाहिन्न बाबु, तँ आइज न छोरा !

तेरै आसमा प्राण अड्केको छ, हेर्न मन ला’छ सारै !
कुनै अर्को उपहार चाहिन्न बाबु, तँ आइज न छोरा !

तँ छस् मेरो “अस्तित्व”, त्यै हातले तुलसी-जल खान पाऊँ !
झुटो “मोक्षको द्वार” चाहिन्न बाबु, तँ आइज न छोरा !

बुटवल–६
हाल : मुम्बई,

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : गजल | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *