बाल कविता : मलाई डर लाग्छ

~दुर्गा कार्की~

रेडियोमा सुन्दै छु
टि.भी. तिर हेर्दैछु
बच्चा लिई भागे रे
फिरौती नि मागे रे
स्कुल गई पढ्नुछ
तर जानै डर लाग्छ
नौला मान्छे देख्दा नि
जीउ थर्र काम्दछ
मैले ढुक्क भएर
कहिले पढ्न पाउने हो
देशमा शान्ति सुरक्षा
अझै कहिले आउने हो ।

दुर्गा कार्की, कक्षा : १०
सरस्वती उमावि, खानीभन्ज्याङ, ओखलढुङ्गा ।

(स्रोत : मुना २०६७ बैशाख)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : बाल कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *