गीत : ब्यर्थ हेराइ हुन्छ होला

~रामधन बेदना~

बिहानी नै मधुरो भो दिन उसै रुन्छ होला ।
पहिलो नजर अधुरो भो ब्यर्थै हेराई हुन्छ होला ।

अप्ठ्यारोमा भेट भयो बोल्न उस्तै अप्ठ्यारो भो ।
मनभित्रको पन्तुरो खोल्न उस्तै अप्ठ्यारो भो ।
थाहा छैन मनले मनलाई कस्तो बेला चुन्छ होला ?
पहिलो नजर अधुरो भो ब्यर्थै हेराई हुन्छ होला ।

आफैदेखि आफै अचेल डराउन थालेको छु ।
अर्धचेतमा गुहार ! भन्दै कराउन थालेको छु ।
दिलको भाषा दिलले नै कस्तो बेला सुन्छ होला ?
पहिलो नजर अधुरो ब्यर्थै हेराई हुन्छ होला ।

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.