लघुकथा : सोपान

~कात्यायन~dhanwantari-mishra-katyayan

– नानी ! पहिलो कदम तिमी आफैं चाल !

– दोश्रो कदममा लर्खरायौ भने सहाराकोलागि अंगुली दिउँला |

– तेश्रो कदममा तिम्रो पिंडुलो काम्यो भने पाखुरी समाएर डोराउँला |

– चौथो कदममा थाकेर लखतरान भयौ भने बोकेर माथिको छतसम्म पुराउँला |

– तर, छतबाट खुला परिवेशको अवलोकन तिम्रै चक्षुले गर्नुपर्नेछ !

– ध्वनीहरू तिम्रै कर्णले सुन्नु पर्नेछ !

– घाम-पानी तिम्रै अंगहरूले अनुभूत गर्नुपर्नेछ !

– तिम्रै मस्तिष्कले आँगनको गहिराई नाप्नु पर्नेछ !

– अनि तिम्रै हृदयले खुला गगनको सुन्दरता पहिलाउनु पर्नेछ !

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : लघुकथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *