गीत : गीतहरु तिम्रो

~केशर देवकोटा~

यादमा गाइदिन्छु मेरी मायालु
गीतहरु तिम्रो ।

मेरो माया सधैँभरि
तिमीलाई रोज्छु
ला’को माया सम्झी सम्झी
तिमीलाई सोँच्छु

यता उता चारैतिर
तिमीलाई देख्छु
पिरतीको गाँठोभित्र
तिमीलाई पाउँछु

यादमा गाइदिन्छु मेरी मायालु
गीतहरु तिम्रो ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares
विधा : नेपाली गीत | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *