लघुकथा : सिमी–सिमीलाई, टपक्क टिपेर लान्छु तिमीलाई

~हिरण्य भोजपुरे~

तिमी मेरी पात्रा हौ, मेरी क्लियोपाट्रा हौ ।

तिमीलाई आज मैले देखेँ श्रीगणेश मिठाई पसलअगाडि । आज तिमीलाई झन् ‘फ्रेस’ देखेँ । र लाग्यो, ‘फ्रेस’ हुनु नै तिमी हौ ।

तिमीले पुतलीसडकको त्यो समथरमा मलाई ‘मोड’ बनायौ र मलाई नदेखेको अभिनय ग¥यौ । तिमीले मलाई नदेखेको जस्तो अभिनय गरेको ‘फिहरिस्त’ मसित कति छन् कति ! तर तिम्रा कर्के नजरले असङ्ख्यपटक मलाई चोरेर हेरेको पनि त मसित लिस्ट छ नि !

हत्तेरी ! तिमी यसलाई, प्लिज, उमेरको तौलमा नतौल न ! ‘प्रेम’ मा उमेर कहिल्यै पनि बाधक बन्दैन । बन्नु पनि हुँदैन । यसलाई तिमी ‘लोलिता कम्प्लेक्स’ नठान । किनभने प्यार र प्यास दुवै एकैजस्ता लागे पनि पृथक् विषयवस्तु हुन् ।

तिम्रा खुट्टाहरू यति सफासुग्घर छन् कि धूलोले त्यहाँ एकछिन पनि टिक्न लाज मान्छ । एक दिन मैले तिमीलाई देखेँ । नुहाएर बाथरुमबाट निक्लिँदा सिनित्त परेको तिम्रो जिउडाल देखेँ । तिमीले मलाई हुरुक्क हुने गरी पगाल्यौ । रातभरि म सुत्न सकिनँ । सुत्दा पनि तिम्रो त्यो रूपले मलाई नमीठो गरी समातिरह्यो र मैले मन नलागी–नलागी आफ्नो यथार्थमा फर्किदा जिन्दगीले एकफेर मलाई फेरि मा¥यो ।

र, म यसरी बारम्बार मर्न चाहन्छु ।

तिमी मलाई ‘यो कति सजिलोसित मर्ने मानिस रहेछ…’ भनेर गाली नगर । ‘घामट’ मान्छे खोज्दै जाऊ, तिमीले यो ब्रह्माण्डमा मजस्तो ‘उबडखाबड’ मान्छे अरू देख्न सक्ने छैनौ ।

तर… तर तिम्रा लागि… तिम्रा लागि ‘म के हुँ’, तिमी त्यो बुझ्दिनौ । यो कुरो तिमी किन बुझ्दिनौ भने तिमी ‘टिनएजर’ हौ र म सत्तरी वर्षको तन्नेरी ।

सिमी–सिमीलाई
टपक्क टिपेर लान्छु तिमीलाई… !

(स्रोत : नेपालभूमी – २०७४ माघ ९ गते मङ्गलबार प्रकाशित अङ्कबाट)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : लघुकथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *