गीत : न ओईलिने फूल हो माया

~गायात्री थापा~

न अस्ताउने जून हो माया
पानी मूल हो माया …
कोहिलाई जित कोहीलाई हार
कोहिलाई आँशु कोहिलाई हाँसो
कोहिलाई भूल हो माया …

(किन शंका गर्छौ मेरो
म त चोखो माया गर्छु )२
(तिम्रो कसम तिमी बिना
म त बाँच्न सक्दिन )२
मर्छु जिउँदै मर्छु
किन शंका गर्छौ मेरो
म त मेरो चोखो माया गर्छु…

(तिम्रै लागि जन्मेको हुँ म
तिम्रै बनि मर्न चाहन्छु )२
(तिम्रो सिउँदो तिम्रो जिन्दगी )२
(खुशीले म भर्न चाहन्छु )२
(किन शंका गर्छौ मेरो
म त चोखो माया गर्छु …)२

मन्दिर हो यो चोखो माया
देउता हो यो चोखो माया
आरति हो माया…
रंग जस्तै उड्दै जाने
दुई दिनको जिन्दगीमा
सारथी हो माया…

(सक्दिन म सुन्न नराम्रो
कुनै कुरा तिम्रो बारेमा )२
(कुनै बाजी छैन संसारमा )२
(मैले जित्ने तिमीले हारेमा )२
किन शंका गर्छौ मेरो
म त चोखो माया गर्छु )२
@ npsongs.com
(तिम्रो कसम तिमी बिना
म त बाँच्न सक्दिन )२
मर्छु जिउँदै मर्छु
(किन शंका गर्छौ मेरो
म त मेरो चोखो माया गर्छु…)३

शब्द : गायात्री थापा
सङ्गीत : राजकुमार बगर
स्वर : प्रमोद खरेल
एल्बम : माया

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : नेपाली गीत | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *