कथा : नजुरेको साइत

~खिमु केसी~

बिहानै मोबाइलमा घण्टी बज्यो रविनको । उ सुतेकै थियो । तेस्रो पटकको पूरै घण्टी बजेपछि रविनले फोन उठायो ।

‘हेलो’

‘को होला ?’

ऊ निद्रामै थियो । त्यसैले स्वर ठम्याउन सकेन ऊ ।

‘म रिजा ।’

‘अहो ! रिजा आज कसरी सम्झ्यौ यति बिहानै । एनी वे थ्याङ्क्यू । खाली फेसबुकमा अफलाइन म्यासेज छोड्थें मैले । धेरै भयो तिम्रो स्वर नसुनेको । साँच्चै कस्तो छ तिमीलाई ? मैले त सोध्नै बिर्सेको ।’

‘म ठिकै छु ।’ एकदम औपचारिकतामा जवाफ दिइन् रिजाले । ‘रविन म तिमीलाई एउटा महत्वपूर्ण कुरा गर्नलाई फोन गरेको । प्लीज डोन्ट माइन्ड ल ।’

‘केही भनेकै छैनौ के को माइन्ड रिजा’ रविनले भन्यो । ‘प्लिज । भन के भन्न खोजेको ।’ रविन साह्रै आतुर थियो रिजाको कुरा सुन्न ।

‘रविन तिमी मसँग रिसाउन त रिसाउदैनौ नि है ?’ फेरि रिजाले प्रश्न गरी । ‘रिसान्न । मलाइ छोडी अरु कसैको भयौ । चोखो मायालाई लत्यायौ र त म रिसाएन । त्यो भन्दा नि ठूलो कुरा अरु के होला र रिजा ?’ रिजाको मुटु नै बन्द हुने गरी भन्यो रविनले । ‘प्लिज भन । म रिसान्न ।’

रिजाको बोली बन्द भयो केही क्षण । कुराकानी बन्द भए ।

‘हेलो.. हेलो… हेलो रिजा !’ रविन बोल्दै थियो । प्रतित्युर आएन । रिजाले फोन काटिसकेकी थिई ।

रविन एक्लै सोच्न थाल्यो । ‘मैले रिजालाई यति साह्रै भन्न नहुने थियो । जसले आज यति लामो समय पछि सम्मिmएकी थिई । सायद कुनै अप्ठ्यारोमा परेकी पो थिइन् कि रिजा । कहिलेकाहीं मेरो दिमागलाई के हुन्छ, आफैलाई थाहा हुँदैन । अतीतलाई कोट्याएर केही हुँदैन । अतीत त बितिसक्यो । जसबाट न रिजा न म नै केही गर्न सक्थें तर अनाहकमै रिजाको आज मैले चित्त दुखाएँ । साँच्चै गल्ती मेरै थियो । अब रिजासँग कसरी गल्तीको प्राश्यचित गर्ने, रिजाले के सोचेकी होलिन् ? रिजालाई आज जसरी हुन्छ मैले भेट्छु ।’ रविन एक्लै गुनगुनाउँदै छ ।

खाना खाएर रविन रिजाको कलेजमा गयो । रिसेप्सनमा गएर रिजालाई भेट्न आएको खबर छाड्यो । रिसेप्सनिष्ट रिजाको कक्षा कोठातिर लागिन् । रविनको सारा शरीरबाट पसिना आउन थाल्यो । चिटचिट पसिना आउन थाल्यो । रिजा आएपछि के गर्ने, कसरी आफ्नो गल्तीको प्राश्यचित गर्ने रविन बिल्कुल अन्योल र डरमा छ । भित्र–भित्र काँपेको छ ।

एकछिनमा रिजा आई । रविनलाई देख्नेबित्तिकै ऊ फिर्ता भई । रविन अक्क न बक्क भयो । रविन एकछिन आफूलाई अचेत महशुस ग¥यो । जति डर र भय रिजा आएपछि उसले कल्पना गरेको थियो त्यो भन्दा धेरै त बेसी रिजा उसलाई नभेटी फर्केपछि भयो । रविनको पूरा शरीर शिथिल भयो । आफैलाई उसले बेहोसीमा महशुस ग¥यो । लाज र सर्मिन्दासँगै उ रिजाको कलेजबाट फर्कियो ।

रविन फेरि सोच्न थाल्यो । ‘मैले त ठूलो भुल गरेको रहेछु । आज कलेजमा रिजालाई रिसेप्सनिष्टले कस्तो अर्थमा लिएकी होलिन् ? अनि कक्षामा फर्किएपछि साथीहरुले को भेट्न आएको थियो भनेर सोधे रिजाले के जवाफ दिन्छिन् होला । साँच्चै म मुर्ख हो । रिजाको कुरा नै नसुनी मैले मनमा आएका कुरा प्वाक्क भने ।’ रविनको ध्यान एकाग्र थिएन ।

‘जे हुन्छ, हुन्छ एउटा एसएमएस गर्छु । साँच्चै रिजा म गलत छैन मेरो मनमा पाप छैन । तर त्यो दिन मैले जे बोले त्यसको लागि म माफी चाहन्छु । साँच्चै त्यो दिन मलाई के भयो मलाई थाहा छैन । जब तिमी फोन राखिसकेको थियौ मलाई प्राश्यचित भइसकेको थियो । तर पनि त्यो कुरा तिमीलाई भन्न पाएन । त्यसैले त्यही गल्तीको प्राश्यचित गर्नको लागि तिम्रो कलेज पुगेको थिएँ । तर तिमीले मलाई गल्तीको प्राश्यचित गर्ने मौका दिएनौ । तसर्थ एसएमएसमार्फत् भए पनि प्राश्यचित गर्दैछु । आशा छ माफ गरि दिनेछौ । लामो एसएमएस लेख्यो रविनले र सेण्ड ग¥यो ।

दुर्भाग्य ! रिजाले हतारमा कलेज जाँदा मोबाइल बिर्सेर गएकी रहिछिन् । धेरै लामो समयसम्म पनि रिप्लाई आएन । रविनलाई बाधा भयो । मुटु दह्रो बनाएर फोन गर्ने निर्णयमा पुग्यो । प्राश्यचित गर्ने कुरा फोनबाट भन्दा भेटेर गर्ने भनेर उसले फोन गरेको थिएन रिजालाई । म्यासेजको रिप्लाई नआएपछि रविनले रिजाको मोबाइलमा नम्बर डायल ग¥यो ।

धेरै लामो समयपछि फोन रिसिभ भयो । लोग्ने मान्छेको आवाज सुनेपछि रविनले फोन काट्यो । रङ नम्बर डायल भयो कि भनेर रिजाको नम्बर चेक ग¥यो । नम्बर त बिल्कुल सही छ । उही नम्बर ९८६८….. । फेरि डायल ग¥यो । फोन पुनः लोग्नेमान्छेले नै उठायो । को बोल्नुभयो होला ? रविनले सोध्यो । कसलाई गरेको फोन प्रतित्युर आयो । रिजालाई खोजेको । यो रिजाको नम्बर होइन र ? रविनले पुनः सोध्यो ।

हो ।

तपाईं को नि रिजाको ? अलि बोल्ड स्वरमा जवाफी प्रश्न आयो ।

म रिजाको साथी हो । रविनले सहजै उत्तर फर्कायो ।

‘को साथी ? कहाँको साथी ? आइन्दा फोन नगर्नू राम्रो हुने छैन ।’ फोन कट्यो रिजाको मोबाइलबाट ।

रविनको तनाव झन थपियो । एकछिन तोरीको फूल देख्यो । झनपछि झन तनाव । उ सोच्न थाल्यो । साँच्चै अब त्यो म्यासेज र फोनको बदला रिजाले कस्तो दुःख भोग्नुपर्ने होला । सायद त्यो फोन उठाउने रिजाकै लोग्ने नै होला । होइन भने जो पायो त्यसले अर्काको प्राइभेट वस्तु चलाउन कहाँ पाउँछ र !

कलेज सकेर रिजा घर आइन् । घरमा रिजाको लोग्ने (प्रकाश) रिसको चुरमा छ ।

‘के गर्दै हुनुहुन्छ ?’ रिजाले सोधी प्रकाशलाई ।

ऊ रिसले चुर छ । ‘हालखबर अब त्यही म्यासेज गर्ने र फोन गर्नेलाई सोध्नू ।’ रिसमै जवाफ फर्कायो प्रकाशले ।

तपाईं के कुरा गर्दै हुनुहुन्छ ? मैले केही बुझेन ।’

‘अब बुझ्नु पनि पर्दैन । आफ्नो मनमा लागेको गरे हुन्छ ।’ प्रकाश एकतमासले फनफनिएको छ ।

‘होइन प्रष्ट कुरा गर्नु न ।’ रिजा पनि अलिकति निडर भएर बोली । मोबाइल हेरे सबै थाहा हुन्छ । मैले केही बोल्नुपर्दैन ।’ प्रकाशले मोबाइल रिजाको हातमा ठम्याइदियो । रिजाले म्यासेज बक्स खोलिन् । म्यासेज रविनको थियो ।

अब शंकाले लंका खाने भयो रिजाको जीवनमा । प्रकाशलाई आफ्नो श्रीमती कसैसँग बोले शंका गर्छ । अझ यो पटक त म्यासेज र फोन नै आएको छ । अब के चाहियो प्रकाशलाई । शंकाको सिमाना नाघेर ठूलो भइसक्यो उसको । रिजालाई हेर्ने दृष्टिकोण नै परिवर्तन भयो उसको । प्रकाश बोलेन । आँखाबाट आँसु झार्दै रिजा घरभित्र पसी ।

धेरै कुराहरु सोच्न थाली । जीवनसाथी भनेको त एकले अर्कालाई बुझ्ने हो न कि दास । लोग्नेले भनेअनुसार चल्नुपर्ने । उसले भनेको गर्नुपर्ने यसरी जिन्दगी चल्छ होला ? प्रश्न आफैलाई सोध्दैछे । आँसु धेरै झारी । सुकेको आँसुले उसको अनुहार नै मौन देखिइ । साँझ पर्न थाल्यो । रिजाको भोक प्यास सबै प्रकाशले दिइसकेको थियो । रिजा धेरै बेरपछि बाहिर आइन् । प्रकाश थिएन त्यहाँ ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *