गजल : लेखिएको निधार छैन

~पूर्ण बन्धन~

भाग्यमानी भएस् भनि लेखिएको निधार छैन ।।
अहंकारीलाई सन्तोष दिने फलेको आहार छैन ।।

टन्टलापूर घामले भन्दा चर्को महंगीले पोल्छ,
सूर्यलाई हत्केलाले छेक्न सक्ने अधिकार छैन ।।

के थाह नारायणहिटी कहाँ केशर महल कहाँ,
चिनेको नि सितल निवास र सिंहदरवार छैन ।।

गजलका वहरको प्रहार घन्काउँने रहर मनमा,
अफसोश महाचोरले सुन्ने शूरमा गितार छैन ।।

संकोच बढेर नेताहरुको विवेक कुहियो क्यारे,
बुच्चो वुद्धि तिखार्न सक्ने बनेको औजार छैन ।।

कोपेनहेगेन, डेनमार्क

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.