गित : किन बग्छ नदी आफै

~प्रथा~

किन बग्छ नदी आफै, सङ्घर्षको गति हो कि
सागर भेट्ने लक्ष्य बोकी, जीबनयात्रा हिड्दै छ कि ?

समरको यो बाटो छेकी नछेकिँदो पो रहिछ
पानीको यो बेग रोकी नरोकिँदो पो रहिछ ।।
किन बग्छ नदी आफै…।

कुन तिर्सनाले गाउँछ चरी,यो काफल पाक्यो गीत
निम्ठो होइन झुसी माया, गाँसी दिउँ कि उसैसित ।

श्रृजनाका हिरामोती फल्ने माटो चाहिएको छ
आफ्नो गीत आफै गाउने देश चाहिएको छ ।।
कुन तिर्सनाले गाउँछ चरी…………।
………………….
किन फुल्छ गुराँस रातै, क्रान्तीको यो रङ हो कि ?
हाँसिहाँसि बली चढ्ने, सपुतसँग साइनो छ कि ?

देशका निम्ति मर्नेहरू कहाँ मर्दारहेछन् र
सुके पनि फूलको रङ कहाँ उड्दोरहेछ र ??
किन फुल्छ गुराँस रातै……………।

-२०७० मङ्सिर १४

(स्रोत : एबिसिखबर डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नेपाली गीत | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *