युुद्ध कथा : तीन कमरेड

~सरल सहयात्री पौडेल~

युद्धकालमा भिन्न प्रविति भएका तिन जना कमरेडहरु आज त्यस्तै अढाइ वर्षपछि एकै ठाउ“मा पाउने भए“ मैले । म उत्सुक छु उनिहरुलाइ भेट्न र उनीहरुको कुरा सुन्न । उनीहरुको नाम क्रमसः लेखक, चट्टान र संयोग हो । उनिरु जनयुद्ध कालमा हिमाल,पहड र तराइको तिनैवटा भागमा मोर्चा सम्हाल्न पुगेका छन । तीनै जनालाइ जोडेर एउटा मान्छे वनाउने हो भने असाध्य सुन्दर मान्छे वन्न सक्छ, तर यो कल्पना मात्र हो । म मेरो यात्राको सम्पुर्ण समयमा लेखकको लेख हेरेर खुसि दुखि र वाक्कपनि छु , सितलमानको कमाण्डमा दर्जनौं पटक मोर्चा लड्दा विजय, हैरान र दिक्क पनि छु । अनि संयोगको नेतृत्वमा प्रायः विश्वस्तै छु । उनिहरु कामको शिललशिलामा कहिले पुर्वमा पुग्थे, कहिले पश्चिममा पुग्थे त कहिले प्रवाशमा पुग्थे । तर हाम्रो साथमा कुनै कुनै कुनै रुपमा भइरहन्थे । उनिहरु वाट न हामी वेखवर भएका थियौं न त उनिहरु हामीवाट टाढा नै हुन सक्थे ।

मलाइ युुद्धकालको उनिहरु संगको याद आयो आज –उनीहरुलाइ भेट्दै गर्दा । सायद दुइवर्षको अन्तरालमा प्रविति र स्वभावहरुमा कति परिवर्तन हुन्छ मान्छेमा भनेर जाच्न खोज्दै थिए“ कि– कसो हो । तिनै जनाको अनुहारमा चमक वदलिएको थियो । पहिले जस्ता गाला भित्र पसेका तर आ“खा तेजिला चाहिं लाग्दैन थियो । दुव्लो तर मनोवलले भरिपुर्ण भएको जस्तोपनि लाग्दैन थियो । वरु भु“डि अलि अलि वढेकोले होला आफ्नो खुट्टा चाहिं राम्रो नपहिल्याय जस्ता, गाला वाक्लो भएर होला आ“खा अलि मधुरो जस्ता वस् यस्तै अनुभति भएको थियो सत्यता जे होस ।

जनयुद्ध कालकै कुरा गरौं न । चट्टान अचम्म प्रविति को मान्छे हुनुहुन्थ्यो । उनलाइ लड्न पाए भयो । सेनाको क्याम्प देखेपछि भयो । त्याहा“ कति हतियार छ?, कसरि जित्न सकिन्छ ?, कसरि फर्कनुपर्छ ? केहि मतलव थिएन । “जाने हो ठोक्ने हो” कुरानै वाहा“ को चर्का । उनको यो जडताले गर्दा युद्धमा निकै नै विजयपनि भएको थियो र कयौं ठाउ“मा त्यसता मोर्चाहरु जो हाम्रो वुताभन्दा माथीको थियो त्यसमा ठुला ठुला पराजय भोग्नुपनि परेको थियो ।

उनलाइ जनता भनेपछि कुरा गरि हँल्नुपर्ने चाहे जो देखोस । एकदिन उनले कुरा गरेको वेलामा म नजिकै वसेर सुनिरहेको थिए“ । एकजना चिरिचया“ट्ट परेको मान्छे ले उनको कुरा मख्ख संग सुन्दै थियो । केहिवेरपछि त उसले भलि न भा“तिको कुरा गर्न लाग्यो । कहिले कांग्रेस ठिक भन्छ त कहिले एमाले । याहा“ सम्म त ठिकै थियो सुन्दा सुन्दै ऊ आफ्नो चस्मा फुकालेर राजाको वखान गर्न लाग्यो । चट्टानले उसलाइ सम्झाउने लाख कोशिष गरे– सकेनन । हामी त्यसले न कतै सम्झि पो हाल्छ कि भनेर कुरेर वसिरहयौं । एकछिन पछि एकजना मान्छे आएर भन्यो– “छोडीदिनुस कमरेड यो त पागल पो हो त ।” हामी सव दंग–दास चट्टान लाजले भुतुक्कै । उनको प्रविती भनेको जनतालइ वुझाउने हो अरु जे होस ।

तर उनलाइ मंचमा वोलाएर कसैले वोल्न लगायो भने– “मतलव †, माने †, ह“ †, चाहिं †, भन्नुस †,” गर्दै समय जति विताउथ,े तर भाषण अगाडी वढ्दैन थियो । एकदिन एक जना कमरेडले तपाई भाषणमा अलि विकाश गर्नुस भन्ने सुझावको वदला उनले भने – “यो भाषण गरेर समयको वर्वाद गर्नुको सट्टा अरु काम गरे कति फाइदा हुन्छ ?” त्यसपछि कमरेड अन्तै लागे चट्टान आफ्नो काममा लागे । यसको मतलव उनलाइ भाषण प्रति रुचिनै थिएन र मोहपनि । सायद उनलाइ त्यसता कमरेडहरु देखेर वाक्क लागेको थियोपनि होला जसले माक्र्सको जन्म देखि संभावित प्रचण्डको मृत्युको पनि अनुमान गरेर वाह्र घण्टा विताउथें ।

हुन त उनि कमाण्डर हुन तर उनको झोला सदा ठुलो र गहुं्रगो हुन्थ्यो । मलााइ सदा कौतुहलता भइरहन्थ्यो– त्यो झोलामा के के होलान् । पहिले पहिले त म सोच्थें – “सायद त्याहा“ राम्रा रामं्रा किताव होलान, युद्धक्षणको दर्दनाक र खतरनाक संस्मरण्का डायरिहरु होलान जो पाए देखि पढ्न कस्तो मजा आउथ्यो होला †” तर एकदिन म उनको नजिकै गएको वेला के सन्दर्भ परेर हो कुन्नि उनले त्यो झोला फुकाएछन । सायद सामानहरु सुकाउनको लागी होलान । देखें– एउटा पोकोमा सातु थियो एकमाना जति, एउटा प्लाष्टिकको वट्टामा औषधि रहेछ विविध प्रकारको, तिनवटा झण्डै एक एक किलो जस्ताको घरेलु ग्रिनेड, गाउ“मा जा“दा ओछ्याउनको लागी भनेर वोकेको प्लाष्टीकको म्याट, एउटा स्लिपङ व्याग, गोलीको एकपोका र दुइमाना जति चामल । मन मनै सोचें– “वावा कति वोक्न सकेका होलान यी वुढाले ?” तर मैले खोजेको र अनुमान गरेको चिज– राम्रा राम्रा किताव र सस्मरण्को डायरी उनको झोलामा कहीं पनि देखिन । एकजना समकालिन कमरेडले सोध्नु भयो– “कमरेड यो खत्र्याङमत्र्याङ को भारी तपाईको आकस्मिकता हो कि निन्तरता ?” उनको जवाफ प्रतिप्रश्नमा आयो– “यो क्रन्तिकारी र सर्वहारा चरित्र एकदिनको लागी होकि जीवनभरको लागी ?” ती चुप्प लागेर निलो भएर वसे । मलाई – तपाईले कितावचाहीं किन नवोकेको भनेर सोध्न मन लागेको थियो तर हैसियत पनि मिलेन र त्यो तिखो जवाफले मेरो पनि मुख वन्द गरिदियो ।

एकदिन हामी वाहा“को कमाण्डमा एम्वुस वसेका थियौं जंगलमा । वंकर खनेर वसेको – चिसो तराइको चुरेमा । दाया“वाया“ नचल्नु भनेका थिए । पिसाव आएमा पिसाप त्यहि फेर्नु रे तर चलमल नगर्नु रे । खान ल्याइदिने साथी ले त्यहिं वंकरम ल्याइदिन्छ, जव सम्म योजना अनुसार दुश्मन आउ“दैन तव सम्म चलेको थाहा पाएमा त्यसको परिणाम राम्रो हुने छैन । उनि आदेश मात्र दिने मान्छे होइनन । आफ्नो लागी अघिल्लो लाइनमा वंकर खनेर मुख्य एम्वुसको स्विच आफैंले लिएका थिए । उनि चलमल नचलेपछि हामी चल्ने कुरानै भएन । मनमा अनेको कुरा लाग्ने भइगयो । वेला वेला कनि कुथि भन्थे– “कमरेडहरु † हामी चे का जस्ता सेना हुनुपर्छ ज्यु“दा वाघ समात्न सक्ने र सहरमा हजारौ.को संख्यामा छुप्न सक्ने ।” “यीनलाइ यो कुरा कसैले नसुनाइदिएको भएपनित हुन्थयो नि” भन्ने मनमा लागीरहेको थियो । तरपनि आदेशको पालना जसरीपनि गर्नै प¥योनी । अन्तमा दुश्मन आइनै छोड्यो आक्रमण भयो न,ै । यो केवल उनको धीरताको परिणमाा थियो । हामीले पहिलो आक्रमण गर्नासाथ दुश्मन वेतोडले भाग्यो । उनले पछि पछि लखेट्नको लागी आदेश दिए । हामी पनि दुश्मन भागेको रन्कामा पछि पछि लखेटिरहयौं । कति लखेट्यौेंं थाहा नै भएन । त्यस्तै विस्तार विस्तार तिन चार घण्टा कति भएको थियो कुन्नि आकाशमा तिनवटा हेलिकप्टर आएर दिन थाल्यो दनका । वम र गोली हान्न थाल्यो निरन्तर । तर उनले कदापी कासन गर्न छोडेनन् । कहिले दाया“ भाग् भन्छन त कहिले वाया“ भाग् । वम आएर उनको अगाडी निकै पटक पड्कियो तर उनले कदापी हरेस खाएनन । हामी सवैजना शुरक्षीत हुन सफल भयौं र हतियारपनि कव्जा भयो ।

कुरा नै कुरा को शिलशिलामा एकजना साथीले सोधेका थिए – “कमरेड तपाई त कतिपनि हरेस खानु भएननी †” – जवाफ उनको रुखो थियो “नमर्नु मर्न परेपछि मर्नु भन्दा अगाडी हरेस खाएर किन मर्ने ढुक्क संग मर्ने नि । त्यसैले गोली नलागेसम्म ढुक्क थिए“ । लाग्दै लागेन ।”

अर्को थिए – क.लेखक । उनी अर्को प्रकारले अचम्मको मान्छे थिए ।, उनले नाम आफैले राखेको रे धेर लेख्ने भएर । उनी सदा कलम र कपि लिन्थ रे आफ्नोलागी एकान्त ठाउ खोज्न थाल्थे । उनलाइ संगठन, जनता, पार्टि, सेना सवै भनेको कलम र कपि हो भन्ने लागेको थियो । उनको विचारमा लेख्नु र पत्रिकामा छाप्नु वाहेक अरु कुरा नै थिएन भन्दा पनि हुन्छ । लेखेको कुरालाइ कसैले आरिस गर्ने कुरा पनि भएन । तर उनी † उनलाइ मन लागे जति लेख्थे । मनमा जे आउछ त्यो सवै लैख्थे । याहा“ सम्मकि हग्न मन लागेको कुरा, मुत्न मनलागेको कुरा सवै लेख्थे । हामी न प¥यौं पाठक – मन लागेपनि नलागेपनि पढ्थ्या,ैं किनकि त्यो एउटा स्थापीत लेखकको लेख, सहित्य वा अरु कुनै हुन्थ्यो । पत्रपत्रिका पनि त स्थापीत लेखक भनेपछि अलि अलि तिनको पछि लाग्नै प¥यो । तर उनले नलेख्ने वातावरण चाहिं एउटै थियो – दुश्मन । दुश्मन आउन पर्ने नै थिएन भनीदिए पुग्थ्यो । सेना र पुलिस को फोटो देखेपनि भाग्ला जस्तो मान्छे लेख्नचाहिं सा“च्चिकै वहादुरिको कुरा लेख्थे । उनको लेखले कुनै कायरलाइ पनि साहासी वनाउला वनाउला जस्तो लाग्थ्यो । लड्न जाने र मर्ने कुरा सायदै मात्र छुटेका हुन्थे उनका लेख रचनाहरुमा । देख्ने र सुन्ने हामी दंगै †

उनको प्रशिक्षणपनि सुनेको मैले – “ल कमरेड हो † जनतामा संगठन निर्माण गर्ने भनेको पत्रपत्रिका मार्फत पनि गर्न सकिन्छ । हेर्नुस † आगामी दिनमा अव हामीले यसलाइ व्यापक वनाउदै लग्नु पर्छ ।” हाम्रो काम ओठ लोप्र्याउनुवाहेक केहि हुदैन थियो । पत्रिका हेर्नको लागी हामीले त एक महिना कुर्न पथ्र्यो भने त्यो ग्रामिण इलाकाका जनताले कसरी थाहा पाउन सक्थे ?† फेरी पत्रिका पढ्नको लागी गाउ“का सवैले पढ्नपनि त जानेको हुनुप¥योनि । खै कुन्नि † यी महासयले केसोच्थे कुन्नि । पछि मलाइ थाहा भयो उनि प्राय काठमाण्डौमा वस्थे रे त्यसैले यस्तो वुद्धि आएको होला ।

फेरी राम्रै मात्र लेखे त कस्को के विग्रने हो र † युद्ध कालमा त्यसैपनि संवेदनशिल परिवेश हुने भै गयो । तर यी मान्छेचाहिं पत्रकार जस्ता थिए– जे देख्यो त्यो लेखिहाल्ने । यीनको दिमागमा थैलि थिएन । पस्योकि निस्कि हाल्थ्यो । उनको दर्शनमा यो नै स्वतन्त्रता हो रे । कहिले नेता विग्रीए भनेर लेख्थे त कहिले जनमुीक्त सेनाको गलत कार्य भन्दै मनलाग्दी लेख्थे । त्यति लेख्नको लागी त के थियो र – लोग्ने स्वास्नी सुतेको देखि लिएर संगै वसेर खाएको सम्म लेख्न चुकेनन । तर एउटै कुरा चै यीनले सायद जीवनमै लेखेनन् होलान कि – म जीवनमा डराएर कति पटक मरें भन्ने कुरा । मैले कहिलेपनि देखिन यस्तो कुरा लेखेको ।

एक दिन यी भाषण गर्दै थिए सेनाको लागी सहित्य । एकाएक आकाशमा हेलिकप्टर आयो । सेन्ट्र«ी छ“दै थियो – हामी ढुक्क भएर वसिरहयौं । किनकि अर्को खवर नआएसम्म हामी प्रशिक्षण सुन्न तयार थियौं । तर लेखक सर कता जानुभयो थाहा भएन । आकाशमा हेलिकप्टरले फन्का मारेको लगभग एकघण्टापछि दुश्मनले हेलिकप्टरवाट गोली चलाउन थाल्यो । इन्टेलिजेन्सको खवर अनुसार तलवाटपनि दुश्मन नजिक आइरहेको थियो । यो वेला मलाइ उनको याद आयो– संझे –“ कतै यो परिवेशको वारेमा लेख्दै छन र मर्ने पो हुन कि ” भनेर खोज्दै गएको त तीनी एउटा वाख्राको खोरमा पसेछन । – मैले भनें – “सर वाहिर निस्कनुस † ” तर उनले मलाइ यस्तो हप्काएकि – “ए हरामी † अनुशासन छैन तेरो ? किन याहा“ आएको वन्दुक वोकेर ?” हैन यीनको त खुस्के छ कि क्या हो भनेर अझ नजिक गए“, तर उनि त रातो पिरो भएर जुरुक्क उठेर झन् चिच्याए – “ए त“ याहा“ वाट गइहाल्छस कि मैले तेरो दात खुस्काइदिउ ?” । मलाइ झण्डै एकिन भयो – “यीनको पक्कै खुस्केछ ।” तैपनि संयमतापुर्वक भनें –“किन सर ? ” “त“ किन वन्दुक वोकेर आएको याहा“ ? सेनालाइ संकेत गरेर आकाश वाट वम खसाल्न लगाएर मलाइ मार्नको लागी ?” मलाइ यस्तो हा“सो उठ्यो अहिलेपनि संझदा त्यस्तै हुन्छ ।

“ल ठिक छ सर , दुश्मन घर भन्दा दुइसय मिटरमा आइपुगिसक्यो । तपाईलाइ त्यस्तै लाग्छ भने वस्नुस म गए“, अरु सवै कमारेडहरु याहा वाट सिफ्ट भइसकेका छन । “ दुश्मन त्यति नजिक आएको त थिएन तर भनिदिए“

त्यसपछि त कमरेडको कुदाइ संझेर अहिलेपनि मलाइ भुतुक्कै थकाइ लाग्छ । अनि वल्ल भन्न थाले– “भाई मलाइ नछोड है नछोड ।” म किन छोड्थें र वाहा“लाइ † किनकि म वाहाकै सेक्युरिटिको लागी गएको थिए“, वाहालाइ वचाउनु मेरो कर्तव्य थियो ।

संयोगवस एकदिन लेखकको र चट्टानको भेट भएको वेला म पनि उपस्थिीत थिए“ । मलाइ नेताहरुको वहस कस्तो हुन्छ होला भन्ने खुव चासो भइरहन्थ्यो त्यसैले म उनिहरुको कुरा एकाग्र भएर सुनिरहेको थिए“ । क. संयोगपनि साथै थिए तर के गर्दै थिए आफ्नै सुरको काम गर्दै थिए । चट्टानलाइ लेखकको कुनचाहिं लेख मन परेको थिएन कुन्नि उनले प्याच्च भनिहाले – “हैन लेखक सर, तपाइको काम अरु छैन भन्या † मनलागी लेख्नुको सट्टा खुरु खुरु संगठन वनाए के विग्रन्छ तपाइको ?

“तिमीलाई टाउको दुख्दैमा म रोकिने मान्छे ठान्यौं कि के हो ? पढ्दै नपढि, लेख्दै नलेखि केको संगठन हुन्छ ?” यी वुढा फेरी रिसाउनमा माहिर छन रिसाइ हाले ।

“गर्नुृ भो पढेर खुव् ? उनि पनि के कम लेग्रो तानेर मुख वंग्याउदै भने – “पढेकाहरुले गरिदिएको भए यो सव हामीलाइ किन दुख हुने थियो । पढेकाहरु भाग्न मात्र काम लाग्छन ।” के रिस उठ्याहा हो कुन्नि उनलाइ ?

“भो † यस्ता फुइ नलगाउनुस । विचार निर्माणको लागी लेखपढको जरुरी छ र विचार विनाको वन्दुक वा संगठन कहिं काम लागेको छैन ।”

“त्यसो भए तपाईको विचारमा, विचारले पढ्नु र लेख्नु मात्रै भनेको छ ?” उनि पनि के कम र कुरा गर्न त ।

“अनि के लड्नु र मर्नुृ मात्रै भनेको छ त ?” उनले पनि छिटो जवाफ फर्काए

“मुख्य कुरा त गर्नु हो हामी गरिरहेका छौं ।”

“मैलेपनि त गर्न त गरेकै छु नि ।” अलि डिफेन्सिभ जस्तो लाग्यो

“के गर्नु भएको छ ?”

“लेख्नुपनि त गर्नु नै त हो ।”

चट्टानले नराम्रो गरी ओठ लेप्राएर अर्कोतिर फर्केर नवोली वसे ।

उनिपनि के कम अर्को तिर मुन्टो फर्काएर वसे ।

यतिवेला सम्म चुप लागेर सुनीरहेको संयोगले वसेकै ठाउ“वाट चट्टानलाइ संझाउन खोज्दै भने – “पढ्नुपनि लेख्नुपनि क्रन्तिको एउटा महान काम हो ।”

तिनेले तत्काल प्रतिवाद गरे – “मलाइ यो सव नभन्नुस । मलाइ लड्न भन्नुस, मलाइ जनताको गोवर सोर्नको लागी भन्नुस म सव गर्न तयार छु ।” कुरापनि सही हो अरु सव कुरा गर्न उनि तयार छन जव पढ्नुपर्छ लेख्नुपर्छ भनेपछि निधारवाट धुवा आइहाल्छ ।
सायद चट्टानलाई संझाएर केहि लाग्दैन भन्ने लाग्यो क्यार संयोगलाई । त्यसैले लेखक तिर फर्कदै भने – “लडाई र संगठन त झन हाम्रो क्रन्तिको अभिन्न र महत्व पुर्ण अंग हो ……”

बीचैमा लेखक च्या“ठिए– “भो † धेरै प्रशिक्षण दिनु पर्दैन । मलाइ सव थाहा छ ।”

तीनलाई पनि त के खा“चो त उनीहरुलाइ संझाउनै पर्छ भन्ने । यस्तै सोचेर उनि सहज रुपम आफ्नो काममा लाग्न लागे । सायद उनी केहि लेख्दै थिए ।

क. संयोगपनि उनीहरुको समकालिन कमरेड नै थिए । तर उनी वहु आयामीक मान्छे हुन उनीहरु दुवै भन्दा । उनले स्कुलमा जम्मा पा“च कक्षामात्र पढेको हो । चट्टानको तुलनामा अरु पा“च कक्षा कम र लेखकको तुलनामा त निकै नै भनेपनि भयो । यीनले त खै व्याजलर पढ्दै गरेको भनेको हो कि पास गरेको भनेको मलाइ एकीन थिएन । तैपनि संयोग हरेक कामको लागी तयार थिए । उनको झोलामा कदापी नटुट्ने सामानहरु मध्य ग्रिनेड र किताव–कपि नै महत्वपुर्ण हुन । अन्य सामानहरु पनि आवश्यकता अनुसार वोक्नको लागी पछि पर्देन थिए उनी । फुर्सद हुनासाथ कि त नक्सा हेरेर लडाईको योजना निर्माणमा व्यस्त हुन्थे, कि त किताव निकालेर पढ्नमा व्यस्त । उनीसंग फुर्सद भनेको सायदैमात्र निस्कन्थे होलान । त्यो समय आफ्नो कार्याकर्तासंग रमाइलो गर्नमा खर्च गर्थे । जसले गर्दँ कार्यकर्ता नेतावीचको भावनात्मक समन्धपनि सुमधुर वनेको थियो । हरेक कार्यकर्ताहरुको चित्त कसरी वुझाउन सकिन्छ भन्नको लागी नया“ नया“ योजनाहरुको निर्माण गरिरहन्थे । उनले नगरेको काम थिएन, जुन चीज तीनको लागी नौलो होस ।

सारतः तीनी खासैको द्धन्दवादी थिए । उनी कयौं पटक कमाण्डर वनेर यु्द्ध मोर्चामा गएर सफल कमाण्डर वन्न सफल भइसकेका थिए । कयौं पटक कमिसार भएर सेनामा राजनैतिक भुमिकालाइ स्थापित गर्न सफल भइसकेका थिए । नेता वनेर संगठन वनाउने तथा जनताको वीचमा गएर आफ्नो प्रभावलाई विस्तार गर्नपनि उनी सफल थिए । उनले चाहे लेख्नमा होस, चाहे वोल्नमा होस वा लड्नमा होस सन्तुलन कायम गर्न जानेका थिए । आवेग र विवेकको संयोजन गर्न जानेका थिए । किनकि उनले दुनिया“लाइ समग्र तरिकाले वुझ्ने कोशिष गरिरहेका थिए ।

लामो समयको अन्तरालपछि भनौं वा शान्तिवार्ताको शुरुवात पछि पहिलो पटक मैले तिनै जना कमरेडहरुलाइ आज एकैसाथ भेट्न पाउदैे थिए“ । यो मेरो सौभाग्यपनि भनौं । पार्टीको शान्तिकालमा प्रवेशपछिको स्थीती फरक भएको छ । सकरात्मक प्रवितिकै हाराहारीमा नकरात्मक प्रवितिहरु टकराइरहेका छन । जनयुद्ध कालका कायर, भगुवा र सिआइडि भनेर एनलेडको लिष्टमा पारेकाहरु अहिले क्रन्तिको अग्र मोर्चामा आइपुगेका छन र आफुलाइ जवरजस्ती क्रन्तिकारी घोषणा गर्नं खोजीरहेका छन् । जे होस, कसैको नियत होइन या,े कसैको रहरपनि होइन यो । परिवेशको वाध्यता हो । जव परिवेशलाइ आफ्नो वसमा ल्याउन सकिन्छ त्यो वेला सव ठिक हुनेछ , यो क्रन्तिकारीपंक्तिको धारणा हो ।

तर यसपाली मैले अचम्म्को संयोग भएको पाए“ लेखक र चट्टानको वीचमा । मलाइ लागेको थियो – सायद दुवैजना उस्तै प्रवितीका होलान जो आज पनि उस्तै तरिकाले विपरित धारको वहस गर्नेछन । तर उल्टो उनिहरुको कुराकानी मा वहस होइन तादम्यता थियो ।

लेखक भन्दै थिए – “पार्टि विग्रियो अब” मैले सोचेको थिए“ अव चट्टानले कुन झटारोले दिने भए यी वुढालाइ । तर उनको जवाफ सुनेर म दंगै परें – “हो लेखकजी अव पार्टि एमाले हुनेछ ।”

“त्यहि त म भन्दै छु पार्टि एक्काइसौं सताव्दीको जनवादको दस्तावेज अनुसार गएन । सरकारमा नेताहरु नजाने कुरा थियो । अहिले हेर्नुस त † विधायक हरु हेर्नुस कस्ता र को को छन ? हेर्दै जानुस मन्त्रीहरुपनि मुख्य नेताहरु नै वन्ने छन । एमालेको वहुदलिय जनवाद र माओवादीेको एक्काइसौ शताव्दीको जनवादमा के फरक भयो र ? जे होस पार्टि पुर्ण रुपमा दक्षिणपंथी हुनलाइ अव धेरै कुर्नू पर्दैन । ” यस्तो लाग्थ्यो ती वुढा समुन्द्रको सतहमा गएर त्यसको गइराइ यतिनै हो भनेर मुर्खतापुर्ण अनुमान लगाइरहेछन ।

“ त्यहि त भन्या, हेर्नु न † पर्टिमा सवै जना सुविधामुखि भएका छन, सवजना प्राइभेट गाडी चड्छन, मोजमस्ति गर्छन, आफन्तलाइ जागीर लगाउछन, भगौडाहरुलाइ पुन पार्टिमा प्रवेश गराएका छन, श्रीमतिहरुलाइ विधायक वनाएका छन । खै युद्धकालको त्याग र वलिदानको सम्मान, शहिद परिवार प्रतिको खै सम्मान, ………?” उनीहरु खै कतिवेलासम्म वोल्दै थिए म हिंडे त्याहा“वाट किनकि कार्याक्रम शुरु हु“दै थियो र मलाइ तीनको कुरामा त्यति रस भएको जस्तोपनि लागेन ।

आजके कार्यक्रमको मुख्य अतिथी को हुन्छ भन्ने थाहापनि थिएन । कार्यक्रमको व्यस्तताले नेताहरु को आउछन टुंगो थिएन । तर अन्तमा आए– क.संयोग यो कार्यक्रमको मुख्य वक्ता वनेर । मलाइ चासो वढ्यो अव संयोगले के भाषण गर्नेछन भन्ने । उनले आफेनो भाषण शुरु गरे वर्तमान परिवेश वाट । जव पार्टिको वर्तमान कार्यदिशाको वारेमा राखे मैले दुइजना कमरेडको भन्दा नितान्तै भिन्न पाए“ – “ हो हाम्रो पार्टि केहि हद सम्म विग्रेको हो । तर हामी यती ठुलो फोहोर आहाल सफा गर्नको लागी त्याहा“ छिरेका छौं जहा“ हजारौं कमलका फुलहरुपनि फुलेका छन, त्यसलाइ साफ गर्नको लागी, र फुललाइ वचाउनको लागी केहिवेर हामीले फोहोरी वन्नु परेको छ । यो सत्य हो । तर यसको फाइदा लिएर फोहोरी हरुपनि क्रन्तिकारी वनिरहेछन त्योपनि थाहा छ । तर यो आफैं भित्र लड्ने वेला होइन अरुलाइपनि (चाहे तिनी अलि अलि फोहोरी हुन) जोड्ने वेला हो ।

पुराना कार्यकर्ता निराश भएका छन , किनकि हामीले आजको परिवेश सुहाउदो काम दिन सकेका छैनौं । जव हामी पार्टिलाइ मज्वुत ठाउमा पु¥याउछौं, हामीले अभियानको रुपमा कार्यकर्ताहरुलाए प्राविधिक रुपमा दक्ष वनाउनेछों र जनताको वीचमा पठाइदिनेछौं । जसले जनताको आर्थिक क्रन्तिमा पुर्ण सहभागी भएर राजनैतिक सचेतनालाइ पनि वढाउने छ । तर दक्षता अर्काले चाहेर जवरजस्त थोपरेर मात्रै हुने कुरा होइन, अर्कालाइ सरापेर र आरिस गरेर हुने कुरा पनि होइन मेहेनत आफैंले गर्नुपर्ने कुरा हो ।

पार्टीका आम नेताहरु प्राइभेट गाडीमा चडेका छन तुलनात्मक हिसावलेउनीहरुको वसाइ फरक र उच्चपनि छ । यो कसैको रहर छ कसैको वाध्यता । मुख्य कुरा गाडी चडेर हामी देश निर्माणको छिटो गतिमा कुदेका छौं वा घर निर्माणको गतिमा कुदेका छौं भन्ने कुरा छुट्याउदा राम्रो हुन्छ । हामी मध्यः कति जनाले घर वनाइरहेका छौं भन्ने कुरा तपाइहरुले पनि हेरिरहनु भएको छ र पार्टिले राम्रै गरि चिनेको छ । एकदिन ती घरहरुलाइ जनताको घर र ती मान्छेहरुलाइ सडकको पत्रु सामान जस्तो वनाइदिन हाम्रो पार्टि सक्ष्ँम छ जसरी एउटा पत्रुलाइ मुल्यवान चीजको जस्तो उपादी दिइरहेको छ । पार्टि कदापी विचलित हुदैन वरु कृतिम धुवालाइ पंछाउदै अगाडी वढ्दा, र संक्रमणकालवाट अगाडी वढ्दा यो स्वाभावीक अन्योलता हो ।” मलाइ उनको कुारा सोह्रै आना चित्त वुझ्यो । लेखक र चट्टानलाइ हेरें तिनी दुवैले एकसाथ यतिलामो ओठ पसारेर लोप्र्याए ।

कार्यक्रम सकिएपछि सवैजना हात मिलाउदै विदा भए । कोही गाडीमा चडेर हिडें, कोहि मोटर वाइकमा हिडें, कोही साइकलमा र केही पैदल हिडेर लोकल वसको खोजीमा लाग्न लागे । म कार्यक्रम स्थलको एक छेउमा वसेर यो सव हेरीरहे“– चट्टान एउटा चिल्लो गाडी आफैं हा“केर निस्कियो । झस्कें– “होइन होला ।” अलि मुन्टो तानेर हेरें– पक्का हो रहेछ । त्यहि मान्छे हो जसले तिस किलोको झोला वोकेर सदा लड्ने कुरा गथ्र्यौ । र भर्खरै सुविधाको गर्नु विरोध गर्दै थियो ।

यसो फर्कन नपाउदै मेरो सर्ट फरफराउने गरी अर्को गाडी हुइकियो । झट्ट देखें – गाडीको पछाडीपटि लेखक मोवाइलमा हा“स्दै कुरा गरिरहेको थियो । जो तिस किलोको कितावको भारी अर्कालाइ वोकाएर सदा पढ्ने कुरा गथ्र्यो र भर्खरैमात्र पार्टिका नेताहरु सुविधाभोगी भए र पार्टि एमाले भयो भन्दै थियो ।

– सरल सहयात्री
२०६५–०३–२६
चितवन शक्तिखोर

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *