कविता : चिबे

~भक्तराज न्यौपाने~

स्वतन्त्र नीलो आकाशको
मन्द पवनमा
निःसङ्कोच उडिरहन्छ चिबे

को सक्छ रोक्न
विचरणको यात्रा
को सक्छ च्यात्न
आकाशको सौन्दर्य ।

कुन कानुनले सक्छ अपाहिज बनाउन
कुन आतङ्कले सक्छ खण्डित बनाउन
यत्रतत्र उडिरहेको निःसङ्कोच मन
कसले सक्छ बत्तिएर उड्ने मेरो जन्मसिद्ध अधिकार खोस्न ।

जङ्गलको चिबे
उड्छु परपरसम्म
गाउँछु रागको गीत
लाउँछु आमन्त्रणको प्रीत ।

टाढा टाढा क्षितिजसम्म फैलिएको विशाल आकाश
कावा खोज्दै हिँड्ने, रम्ने,
जङ्गल, टाकुरा र पहाडहरू
कसले सक्छ मबाट अलग्याउन
को सक्छ मेरो खुसीमा बाधा बन्न ।

स्वतन्त्रता निर्भयपनको पुजारी म
गाउँछु, बत्तिन्छु, उड्छु, रमाउँछु
निश्चल आकाशको यो सिर्जनामा
म मेरै स्वतन्त्रता प्रयोग गर्छु
म मेरै सिर्जनाको, मेरै कामनाको र चाहनाको
संसार खोजिरहन्छु । – काभ्रे

जन्मभूमि नेपालआमा– रामेश्वर राउत मातृदास
जन्मभूमि नेपालआमा
जन्मभूमि नेपालआमा तिमी अन्न जल
तिमै्र देन बाँचेको छु हरेक पलपल

पाइला टेक्छु पाइला चाल्छु तिमी नयन ज्योति
तिमी नै छौ ढुकढुकीमा जीवन उठ्छु ओती
नसा नदी रगत बग्छन् निर्झर कल कल
जन्मभूमि नेपालआमा तिमी अन्न जल
तिमै्र देन बाँचेको छु…

जहाँ जाऊँ जे–जे होउँm आमा तिमी मूल
कृतघ्न भई हिँडे भने मेरो जन्मै भूल
धर्ती आकाश हावा पानी अग्नि झलमल
तिमै्र देन बाँचेको छु… वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती

पृथ्वीनारायणको सम्झनामा –ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
हाम्रो राष्ट्रिय एकता दिवस हो यो पौष सत्ताइस
पृथ्वीको छ जयन्ती राष्ट्रभरकै सत्गर्व वा गौरव
टुक्रेका सब राज्यलाई उनले यौटै गरे सूत्रमा
यो नेपाल विशाल स्थापित भयो भूगोलको चित्रमा ।

भाषा– भेष र चाड–पर्व सबको यौटै भयो संस्कृति
सारा जाति र धर्मका विषय ती साझा बने सम्पत्ति
हाम्रा आपसका हटे कलुषिता वैरत्वको भावना
आयो राष्ट्रिय एकता सँगसँगै पैmलेर सद्भावना ।

हाम्रा पूर्वज पैmलिए पवनझैं टिष्टा तथा काँगडा
वर्मा, भोट, भुटान, भारत हुँदै गाडे निशानी ध्वजा
सच्चा वीर बने पराक्रम गरी लड्दै कडा युद्धमा
हारेनन् पछिसम्म वीर भई जो अङ्ग्रेजका साथमा ।

यस्तो नाम रह्यो कि विश्वभरि नै नेपालको वीरता
कस्तै आपत् होस् तथापि सहजै राख्थे ठूलो धीरता
दिन्थे न्याय विशेष भेद नगरी सानो र ठूलो भनी
राखी मानवता, दया र करुणा सानाहरूमा पनि ।

कोही आपत्मा प-यो यदि भने ज्यानै दिने तत्पर
नेपालीपन हो भनी जगत्ले गथ्र्यो सदा गौरव
हेपेको अरूले कबै नसहने संस्कार हाम्रो थियो
वैरीलाईसमेत मार्नु गुनले सोद्देश्य यस्तो थियो ।

आइलाग्छ भने कुनै निहुँ गरी, जाई उसै लाग्दथे
सुन्दैमा मुटु चर्किएर कति ता वैरी त्यसै भाग्दथे
नामै मात्र लिँदासमेत जगतै काँप्थ्यो अरे थर्थर †
त्यो नेपोलिउन, हिट्लरै किन नहोस् लुक्थे झुकाई शिर ।

‘आए शत्रु भने सबै मुलुक यो कङ्गाल पार्छन् अनि
लुट्छन् वैभव देशको र धमिरा लाग्छन् नजाती बनी
आफ्नालाइ सधाउनू र अरूको केही नल्याईकन
गर्नू देश विकास पर्छ’ पृथिवी भन्थे अरे त्यो क्षण †

‘अर्काको श्रम खान लोभ नगरी आफ्नै गरून् पौरख
हाम्रा सन्ततिले कदापि नगरून् वैरीविषे गौरव
आफ्नै देश विशाल वैभव छ रे † यसकै गरून् उन्नति’
पृथ्वीले उपदेशमार्पmत भने जाने– बुझेको जति ।

राजा भई जनयुद्धमा पृथिवीले नेतृत्व गर्दा भए
साना बाइस, राज्य चौबीस सबै यौटै बनाइदिए
हामी आज भयौँ स्वतन्त्र जनता स्वायत्त भो शासन
यस्तै आज छ लोकतन्त्र तर त्यो लाग्दो छ आफ्नै हुन ।

कोही बाँदरतुल्य भई मुलुकको भाँड्दै छ यो संस्कृति
जाति द्वेष झिकेर व्यर्थ झगडा पार्दै छ पाजी बनी
दह्रो राष्ट्र बनाई दुर्बल, कतै गर्दै दलाली छ त्यो
आफ्नै देशविरुद्ध विभीषणझैं द्रोही बनेको अहो †

भन्छन् बाँदरले बनाउन कबै सत्तैmन राम्रो घर
अर्काको पनि नासिदिन्छ सहजै केही नमानी डर
पुर्खाकै न त गर्छ मान–मनितो, श्रद्धा न त्यो आदर
यस्तो ठ्याक्क चरित्र क्वैसित मिले त्यो हो स्वयम् बाँदर ।

नेपाली † अब फेरि जागरणको आयो परीक्षा–घडी
भित्रै शत्रु रहेर देश बढिया बन्दैन कैल्यै पनि
आज्र्याको अति दुःखले पृथिवीले यो देश रक्षा गरौँ
वैरीलाई सखाप पार्न जनता नेपालका लौ उठौँ †

– महाकवि देवकोटा आश्रम, काठमाडौं ।
-बेखसिम्ले-९ काभे्र

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *