लघुकथा : अचूक औषधि !

~मुकुन्द आचार्य~

धेरै पुराना मित्र एक दिन प्रकट भए । भलाकुसारीको सन्दर्भमा मैले प्याच्च सोधिहालें– “मित्र १ तिम्रो अनिद्राको रोग अचेल कस्तो छ ? केही सुधार भयो कि ?”

“सुधार मात्रै हो र १ रोग त उन्मूलनै भयो नि १”– मित्रले खुशीसाथ विज्ञापित गरे । मेरो उत्सुकता बढ्यो । उनले सुनाए–“साधुको ओखतीले रोग चट भयो । नपत्याउने खोलाले बगायो १”

“हैन, त्यस्तो के ओखती रै’छ त ?”– म जिज्ञासु भएँ ।

मित्र फुर्सतमा दिए, बेलीबिस्तार लाए । “साधुको गुन कसरी बिर्सनु १ अचेल हरेक शहरमा थरीथरीका बाबाहरू आइरहन्छन् । उनीहरूको प्रवचन भइरहन्छ । कतै रामकथा, कतै भागवत, कतै शिव पुराण, कतै गणेश पुराण, अपूतोको घरमा हरिवंश पुराण, मृतकको घरमा गरुड पुराण । अनि त्यहाँ कथा सुन्न गयो । कथा शुरु हुनासाथ निद्राले झुपुझुपु पार्न थाल्छ । तीनचार घण्टा मज्जाले सुतिन्छ । निद्राको योभन्दा सस्तो, सजिलो, साइड इफेक्ट नगर्ने औषधि अरु क्यै छैन । त्यो साधु त साँच्चिकै सिद्ध पुरुष रै’छ यार १ मलाई अब कुनै प्रोब्लेम छैन । प्रसाद खानाले नास्ताको खर्च पनि बचत, कथा सुन्नाले निद्राको निश्शुल्क उपचार १ दुवै हातमा लड्डू १”

मलाई पनि नयाँ ज्ञान प्राप्त भयो । म पनि अचेल कथा–प्रवचन–भजन–कीर्तनमा जाने गर्छु ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : लघुकथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *