अनूदित कथा : भालुको बच्चा

~एडुआर्ड अलेक्सेयेभ~
अनु. कृष्णप्रकाश श्रेष्ठ.

एक पल्ट बैकाल सरोवर क्षेत्रतिर अभियानमा जाँदा हामी पाल टाँगेर बसेको ठाउँमा एउटा भालुको बच्चा ल्याइयो । वनको बीचमा त्यससंग शिकारीहरुको एक्कासि जम्काभेट भएको थियो । आप्mनो बच्चाउपर खतरा उत्पन्न भएको ठानेर भालुनीले उनीहरुमाथि हमला गरी । उसबाट बच्न शिकारीहरुले गोली चलाउनुपर्यो । यसरी त्यो भालुको बच्चा टुहुरो बन्न पुग्यो ।

भालुको बच्चा एउटा मझौला खालको कुकुरको आकारको थियो ः मोटो र डल्लो, झ्यापुल्ले भकुण्डो जस्तो । छिटै नै उ हामीसित रत्तिइहाल्यो र वरपर घुमफिर गर्दै हरेक पालको सामु उभिएर चक्लेट माग्न थाल्यो । शुरु शुरुमा हामीले चक्लेट दिएर उसलाई रत्याउने गरेका थियौं ।

राति भालुको बच्चालाई पालहरुको छेवैमा एउटा ठूलो रुखमा बाँधेर राख्ने गरेका थियौं । ऊ हामीले बिछ्याइदिएको दरीमा सुत्दथ्यो । रातहरु न्याना थिए, त्यसैले ऊ यस्तरी रात बिताउन राजी नै थियो । ऊ पंजाहरु टाउको मुनि घुसारेर छिटै निदाइहाद्यथ्यो । तर हावा चल्दा … राति हावा चल्न लाग्दा वन जोडले सुसाउने गर्दथ्यो । त्यतिखेर भालुको बच्चा तर्सैर कराउन र रुन थाल्दथ्यो ः मान्छेकै बच्चाभैंm । प्रत्येक भ्mयाड. र बुटालाई रातको अँध्यारोमा सके ऊ ह्रिंसक जन्तु ठान्दो हो । हावाको तोड जति तीव्र हुन्थ्यो त्यत्तिकै जोडले ऊ कराउन थाल्दथ्यो । कालो बनमा एकलै, आमाबेगर … तर अन्ततोगत्वा उसको जन्मजात स्वभाव देखा पर्न थाल्दथ्यो ः रुन र कराउन वाक्क लागेपछि ऊ पछिल्ला टांगको आडमा उभिन्थ्यो र रुखमा पिठ्यूँ अड्याएर वनतिर फर्केरभयंकर स्वरमा गजैन थाल्दथ्यो ः ,,ऊ…ऊ । ऊ…ऊ ।,, यसरी ऊ शत्रुलाई तर्साउँथ्यो । त्यतिखेर उसका कान ठाडाठाडा हुन्थे, ऊ अँध्यारोतिर गहिरिएर चियाउँथ्यो र भुईंमा जोडले खुटृा पनि बजार्दथ्यो ।

मेरो पाल भालुको बच्चा बाँधिएको रुखकै बगलमा थियो । हावा जोडले चलेको राति उसको रुवाइ, कराइ र गर्जाइले गर्दा पटक्के निद्रा लाग्दैनथ्यो । उसले खुटृा समेत भुईंमा बजार्न थालेपछि त म आँखा मिच्दै पाल बाहिर निस्कन्थें र आप्mनो शयनथैली रुखमुनि भालुको बच्चाको दरीनजिकै रादेर पल्टिन्थें । भालुको बच्चा तुरुन्तै शान्त भइहाल्दथ्यो र भुसुक्क निदाउँथ्यो ।

हाम्रो टोलीमा एउटा भान्से पनि थियो । हामी छोटकरीमा मित्का भनेर उसलाई बोलाउँथ्यौं । मित्का आपूmलाई ज्यादै निडर र साहसी ठान्दथ्यो । हामीले खास गरी साहस र बहादूरीको प्रदर्शन गर्ने कुनै मौका त पाएका थिएनौं, तैपनि हाम्रो माझमा यस्तो एकजना साहसिलो मान्छे पनि भएकोमा निकै गर्व थियो ।

त्यो भान्छे भालुको बच्चालाई निकै मन पराउँथ्यो र जहिले पनि उसलाई पुल्पुल्याउने गरेको थियो । राति भालुको बच्चा डराउने कुरा ऊ पत्याउँदैनथ्यो । भालुजस्तो जन्तु बच्चै भए पनि स्वभावैले निडर हुन्छ भन्ने उसको भनाइ हुन्थ्यो ।

… यसरी चालै नपाइँदो किसिमबाट पूरुै एक महीना बित्यो । भालुको बच्चा पनि झन् मोटो र रहरलाग्दो देखियो । तर राति हावा सुसाउन थाल्दा पहिलेभैंm ऊ ,,शत्रुको,, डर मान्दथ्यो र हामीलाई मस्तसंग निदाउनै दिंदैनथ्यो ।

एक दिन हामी पालसाल गुन्ट्याएर अर्कै ठाउँमा पुग्यौं जुन पहिलेको शिविरभन्दा कैयौ किलोमीटर टा९ा पर्दथ्यो । हामीले एउटा सानो नदीको किनारा रोजेर पालहरु टाँग्यौं, जमीनमा टेबुल र बेन्च पनि जमाएर ठड्यायौं । झरीवर्षाको समयमा पालभित्र पानी नछिरोस् भनेर चारैतिर निकास पनि खन्यौं र राशनपीठोको व्यवस्था मिलाउन तीरैतीर नजिकैको बस्तीतिर लाग्यौं । त्यहाँ पुगेपछि चाहिने सरसामान किन्यौं, स्थानीय स्नानागारमा नुवाइधुवाइ पनि गर्यौं र बस्तीको सांस्कृतिक भवनमा सिनेमा पनि हेर्यौं ।
हाम्रो भान्से मित्काले भन्यो ः

“हामीले आप्mनो शिविर यसै बस्तीको नजिकै खडा गरेको भए बेस हुन्थ्यो । सधैं साझपख सिनेमा त मजाले हेर्न पाइनेथियो । “

“तपाईहरु कहाँ बस्नुभयो त ?” सिनेमा देखाउने टेक्निसियनले सोध्यो ।
हामीले उसलाई आप्mनो शिविरको ठेगाना बतायौं ।

“ए, त्यो त पुरानो गाउँ नजिकै परेछ ।” उसले हाँस्तै भन्यो । “तपाईहरु बसेको ठाउँबाट त गाँठे जलेको गाउँ हुँदै आउने सोझो बाटो छ । एकपल्ट आगलागी हुँदा सारा गाउँ नै सखाप भयो र त्यही गाउँ यहाँ सारिएको हो । त्यो गाउँ यहाँबाट दुई किलोमीटर जति मात्र टाढा छ । अति त्यस जलेको गाउँबाट तपाईहरु बसेको ठाउँसम्म पुग्न त बेरै लाग्दैन, गाँठे ।”

“गाँठे” यो शव्द उसको थेगो नै रहेछ भन्ने बुभ्mन हामीलाई गाह्रो परेन । त्यस बस्तीका सबै बासिन्दाहरुको थेगो नै यही रहेछ । त्यसको अर्थ जे जसरी लगाए पनि हुन्छ । त्यसमा उद्गार, आश्चर्य, आनन्द सबै कुरा भेटृाउन सकिन्छ । अहिले पनि उसको त्यस थेगोमा दाह्रीवाल साहसी भूगर्भविद्हरुसंग भेटेर कुराकानी समेत गर्ने मौका पाइएको हुँदा हर्षको भाव झल्किरहेको थियो ।

“त्यस गाउँसम्म कुन बाटोबाट जानुपर्छ होला हँ ?” हामीले जिज्ञासा देखायौं ।

सिनेमा देखाउने टेक्निसियनले हातको इशारा गर्दै बुझायो ः
“त्यताबात त्यता र त्यसपछि दाहिनेतिर । तर घोडा चढेर त जान गाह्रै पर्ला, गाँठे । त्यहाँ होचो परेको ठाउँमा पुरानो चिहानघारी सिस्नाका भ्mयाड.हरुले ढाकिइसकेको छ, गाँठे ।”

मित्काले हाम्रो सईसलाई टाढैबाट भन्यो ः
“भासिली । तिमी एकलै घोडा चढेर जाऊ, भाइ । हामी पैदलै आउनेछों । अर्को नयाँ बाटो खोज्नु पर्ला । अँ, गाडाबाट बन्चरो पनि झिकेर देऊ त ।”

“पैदलै ?” मैले विरोध गरें । व्यर्थैमा पैताला खियाउने मलाई चाहना भएन । भोलिपल्ट बिहानै खोजकार्यमा जानुपर्नु थियो । तर मित्काले मेरो कुरा सुनेकै होइन ।

“तिमीलाई डर त लागेको होइन कतै ?” उसले शंकालु भावले मतिर पुलुक्क हेर्दै सोध्यो । “डर लाग्छ भने भासिलीसंगै गाडामा जाऊ । म एकलै फर्कुंला । मलाई कुनै कुराको डर छैन ।” उसले बन्चरो हावामा हल्लाउँदै पूmर्ति साथ भन्यो ।

साधारण मानिसले के नै गर्न सक्छ र ? हामी पनि उसैको पछि लाग्यौं ।

गोरेटो निकै साँघुरो थियो तर बाटो निकै रमणीय पायौं । नदीभैंm त्यो गोरेटो नागबेली पर्दै थुम्काथुम्की हुँदै तन्किरहेको थियो । अनि चारैतिर आकास नै छुन खोजेभैंm गरी सुरिला सल्लाका बोटहरु चुच्चिएका थिए भने तिनको अगलबगलमा दायाँ र बायाँतिर पोथ्रापोथ्रीहरुको घेरा थियो । त्यसभन्दा पर ओरालो शुरु हुन्थ्यो र एक किलोमीटरजति धाप पैmलिएको थियो । उम्रेका घासपातहरुले धाप ढाकिएको थियो, कतै कतै मात्र पानी टल्केको देखिन्थ्यो । भाँचिएका सलाईंका काटीझैं यत्रतत्र सुकेका बुट्यानहरु उभिएका थिए । धापपारि गोरेटो एकाएक देब्रेतिर मोडिएको थियो । हामी बाटो बिराएर सोभैm लाग्यौं । तर छिटै नै गोडामुन्तिर थिलथिलो माटो भएको चाल पाएर फनक्क फर्कियौं । केही बेर हिँडेपछि उजाड गाउँ देखापर्यो । पहिले घर ठड्याइएका ठाउँहरुमा भ्mयाड.हरुको माझमा ओछ्याइएका ढुंगाहरु देखिन्थे । जमीनमा ठाउँ ठाउँमा काला ढिस्काहरु पनि देखिन्थे । हामीले त्यो जलेको गाउँ पार गरेपछि एकाएक पुरानो चिहानघारी देखापर्यो । त्यसको छेवैबाट गोरेटो अगाडि तन्किएको थियो । चारैतिर एक किसिमको चिसो र भय संचार गराउने उराठलाग्दो सन्नाटा छाइरहेको थियो । मेरो आड. नै जिरिंग भएको थियो ।

एउटा सल्लाको पोथ्रोनेर उभिएर मित्काले मलाई आँखा झिम्क्याउँदे भन्यो ः
“लठ्ठी काँट्ने कि ? लठ्ठी हातमा लिंदा रमाइलो हुनेछ ।”

“किन र ?” मैले नबुझेर जवाफ दिएँ ।

मित्काले जोडले खोक्दै भन्यो ः
“हामी यहाँबाट हिंडिरहेका छौं भन्ने थाहा होस् न । तिमी कसैसंग पनि तर्सन्नौ भन्ने छर्लंग होस् न ।”

मेले उसतर्पm पुलुक्क हेरेर भनें ः
“यो त त्यसै पनि प्रष्ट छ नि … “

मित्काले स्पष्ट पार्यो ः
“मलाई चाहिएको होइन । तिम्रो लागि पो त । मलाई कुनै कुराको डर लाग्दैन । “

उसले बन्चरोको उल्टो पाटोले सल्लाको पोथ्रामा जोडले हिर्कायो । त्यसको डाँठ चिरिक्क गर्दै हल्लियो ।
हामी चिहानघारीमा ठड्याइएका काला क्रसहरुको पंक्ति फटाफट पार गरेर नदीको किनारामा पुग्यौं । दश पन्द्र मिनेट अगाडि हिंडेपछि हामीले सल्लाका रुखहरुको पल्तिर हाम्रा पालहरु देखिहाल्यौं ।

मित्काले आप्mनो डल्लो नाक फलाउँदे घोषणा गर्यो ः
“देख्यौ त । बाटो पत्ता लगाइयो । अब बराबर सिनेमा हेर्न पाइने भयो ।”

त्यसको एक घन्टा जति पछि मात्र हाम्रो सईस घोडा डोर्याउँदै आइपुग्यो । अर्को शनिवार हामीलाई केही फुर्सद भयो । राशनको बन्दोबस्त गर्नुका साथै कुनै सिनेमा समेत हेर्ने विचार गरी हाम्रो टोलीका सबै नै बस्तीमा जाने निधो गर्यौं ।

सिनेमा हेर्न निकै बेर पर्खिन नपरोस् भनेर हामी मध्यान्हपछि साँझतिर बाटो लाग्यौं । पाउरोटी र अरु खाने सामान किनमेल गरिसकेपछि सिनेमा शुरु हुने समय अब धेरै बाँकी रहेन । मित्कासहित हामी पाँचजना थियौं । हामीले घोडालाई सांस्कृतिक भवननेर बाँधिदियौं, चोकमा राखिएका बेन्चहरुमा बसेर घडी हेर्दे सिनेमा शुरु हुने समयको प्रतीक्षा गनै थाल्यौं … यहाँनेर कुन कुरा पनि बताउनु जरुरी छ भने हाम्रो भान्से मौका पाइयो भने घुट्क्याउन पनि बेर लाउँदैनथ्यो । हामी काममा यसो अलमलिएको वेला सुटुक्क निस्क न्थ्यो र गाला रातो पार्दै निकै रमाएर टुप्दुक्क आइपुग्दथ्यो । अनि हामीतर्फ आँखा झिम्क्याउँदै मुस्कुराउँथ्यो । यस्तो वेला उसलाई के नै गर्न सकिन्छ र, गाँठे ?

सांस्कृतिक भवनमा पसेर आआप्mनो ठाउँमा बसुञ्जेल सबै कुरा ठीकै थियो । तर सिनेमा शुरु हुनेबित्तिकै हाम्रो मित्काको मात चढिहाल्यो र ऊ जोडले बड्बडाउन र फत्फताउन लाग्यो । वरिपरि बसेकाहरुले सिनेमाको मजा नै लिन नपाउने भए । उनीहरु हामीतर्पm आँखा तर्केर हेर्न लागे । त्यतिखेर नै मित्काले आप्mनो सीटबाट जुरुक्क उठेर यो सिनेमा उसले पहिले हेरिसकेको हुनाले सबैले घर फर्के पनि हुन्छ भनेर जोडले घोषणा गर्यो ः
“तिमीहरु जो चाहन्छौ सो गर । म त हिंडें अब । यहाँ नजिकै छ, सोभैm हिंडे पुगिहालिन्छ ।”

सिनेमा हेर्ने दर्शकहरुलाई बाधा नपुगोस् भनेर म पनि बिस्तारै उठें र साथीहरुलाई कुनै धन्दा मान्नु पर्दैन भन्ने संकेतको रुपमा हातले ईशारा गर्दै उसको पछि लागें । ,,वनमा कतै उसले बाटो बिरायो भने कहाँ खोज्नु र पछि ।,, म मनमनै सोचिरहेको थिएँ । ऊ एकलै झिमिक्क साँझ परिसकेपछि बिरानो बाटोबाट कसरी हाम्रो शिविरसम्म पुग्ला भन्ने बुभ्mन पनि मलाई खुल्दुली लागिरहेको थियो । बाटो सजिलो थिएन र उससंग बञ्चरो पनि साथमा थिएन।

हाम्रो जँड्याहा धरमराउँदै हिंडिरहेको थियो तर उसमा दृढताको कमी थिएन । हामीले छिटै नै बस्ती पार गर्यौं र ढिस्कोको गोरेटो उक्लन थाल्यौं । ऊ अगिअगि थियो र म पोथ्रापोथ्रीको पछिल्तिर उसले नदेख्ने गरी हिंडिरहेको थिएँ । छिटै नै झमक्क अँध्यारो भएहाल्यो । मित्काको टाउको बुट्यानहरुको पल्लोपटिृ कहिले झुलुक्क देखिन्थ्यो त कहिले बिलाउँथ्यो । आकाशमा जून पनि देखियो । मैले फटाफट पाइला सारें र मित्काकै पिठ्यूँमा झण्डै ठोक्किन पुगें । ऊ अगिल्तिर चियाउँदै टाउको हल्लाएर केही हेर्दै रहेछ । मैले पनि सकभर तन्किएर बुट्यानको पल्लोपटिृ त्यसै दिशातिर नजर लगाएँ । त्यहाँबाट गोरेटो तल्तिर झर्दथ्यो जहाँ धापमाथि तन्नाभैंm देखिने तुवाँलो उठिरहेको थियो । धापपल्तिर कतै जलेको गाउँ पर्दथ्यो भने त्यसैको बगलमा धापिलो ठाउँमा पुरानो चिहानघारी पनि थियो । नढाँटी भन्ने हो भने त्यस उराठलाग्दो ठाउँको सम्झना हुनेबित्तिकै मेरो मुटु नै ढक्क फुल्यो । तर मित्काको बेढबको जीउतिर हेर्दा र नजिकै हाम्रो टोलीको सबभन्दा निडर मान्छे उभिरहेको छ भन्ने बोध हुँदा म छिटै नै निश्चिन्त भइहालें । मेरो एक छिनको धरमर बिलाइहाल्यो र म फेरि बुट्यानहरुको घारीमा हेलिएँ । अगाडि के हुने हो भन्ने जिज्ञासु भावले म प्रतीक्षा गरिरहेको थिएँ ।

मित्काले त्यतिञ्जेलसम्ममा आप्mनो गोजी राम्ररी खोतलखातद गर्यो । उसले गोजीमा केही पनि भेटृाउन सकेन भन्ने प्रतीत हुन्थ्यो, किनभने ऊ अकमक्क परिरहेको छ भन्ने त उसको चालढालबाटै प्रस्ट हुन्थ्यो । एक छिन ऊ टक्क अडियो । अनि टाउको नै ननिहुराएर उसले एकातिर हात पसार्यो, छेवैमा उम्रिरहेको सल्लाको बोटबाट एउटा सानो हाँगो भाँच्यो र सटासट त्यसका परलहरु झार्यो । त्यत्रिकैमा ऊ एक्कासी जोडले हुँकार गर्दै करायो ः
“ऊ…ऊ । ल, अहिले कसले मलाई झम्टन सक्दो रहेछ, हेरौं ।”

मित्काले कड्केको स्वरमा हपार्यो र हातको घोचा बेसरी हावामा हल्लायो । त्यसपछि उसले यताउता भयंकर दृष्टि दियो र गोरेटो हुँदै तल्तिर हुर्रिदै फेरि जोडले घोषणा गर्यो ः
“साँच्ची । म बाँकी राख्ने छैन । छाला नकाढी छाड्ने छैन ।”

मेरो विचारमा ज्यादै भयंकर धारिलो हतियारको रुपमा घोचा हल्लाउँदै र जोट जोडले गोडा बजार्दै पाइला सारेर ऊ साँगुरो गोरेटोबाट छिटो छिटो तल भ,र्यो । उसको हिंडाइको चाm तीव्र हुनुका साथै जमीन नै थर्काउने खालको थियो र उसलाई पछ्याउन मलाई धौधौ परिरहेको थियो ।

धापबाट उठेको तुवाँलो उडेर बाटोसम्म आइपुग्नासाथ हामी तल झरिसकेका थियौं । कालो देखिने बुट्यानहरु समात्दै थुम्कोबाट ओर्लिनुपरेको थियो । जहाँनेर ढिस्को छलेर देब्रेतिर मोडिनुपर्दथ्यो, त्यहाँ मित्का आपूmलाई युद्धघोषको उद्गारले सुर्याउँदे सोभैm अगाडि लम्कियो …

उसको प्रतीक्षामा म दोबाटोनिर उभिएँ । मित्काको युद्धघोष एकाएक शान्त भयो । यसको आधारमा उसले आप्mनो गल्ती बुझेको मैले अनुमान लगाएँ । ऊ लगत्तै फर्किहाल्यो । त्यसपछि केही मिनेट बित्यो … गोरेटोमा हाम्रो साहसी भान्सै देखापर्नेबित्तिकै मलाई उकुसमुकुस भएर आयो । ऊ छिटो छिटो दगुर्ने प्रयासमा जोडले हात हल्लाउँदै थियो । तर ऊ निकै थाकिसकेको हुनाले घुँडा उचाल्दै उफ्रिरहेको थियो । उसले दोबाटोनेर पुगेर झण्डै मलाई ढाल्नै आँटिसकेको थियो । त्यत्तिकैमा उसले टक्क अडिरुउ आँखा माथि उठायो र मलाई आप्mनो अगिल्तिर पायो । उसको बचेखुचेको पुरुषार्थ त्यहीं नै समाप्त भयो । उसका गोडा लड्खडाए, पैmलाइएका हातहरु लत्रक्क परे । ऊ अनौठो खालले कोल्टे परेर ढल्यो, मानौं बस्न खोजेको होस् । मतर्पm कुनै भूतलाई देखेंभैm ट्वाल्ल परेर हेर्दै ऊ निश्चल भयो ।

सुरक्षाको दृष्टिले एक पाइला पछिल्तिर हटेर मैले भनें ः
“मित्का । कहाँ बेपत्ता भइस् । एक घन्टादेखि तँलाई खोजिरहेछु । म तँलाई पछ्याउँदै आइरहेको थिएँ तर बाटो बिराउन पुगें ।”

मित्का मौन रह्यो । मैले फेरि उसलाई बोलाएँ ः
“मित्का ।”

तर कतै नजिकै लाटोकोसेरो करायो र मेरो स्वरमा कम्पन झल्कियो । मेरो आड. पनि जिरिंग होला जस्तो भएपछि मैले अगाडि थपें ः
“मैले बाटो बिराएछु । यताउति हेर्दै थिएँ, तँ आइपुगिस् ।”

मित्का गोडा खुम्च्याई टुसुक्क बस्यो र जुत्ताको फिता बाँध्न लागैभैंm गरी आप्mना जुत्ताहरु छाम्दै झुकेको देखियो । बल्ल उसको वाक् फुट्यो ः
“बाटो रे ? … हा, हा । तिमी पो ? “

“को भन्ठान्या त ?” मेले हास्दै जवाफ दिएँ ।

“ल, के चिन्ता गरेको यस्तो ?”

मित्काले नाक बजायो र मतर्पm यस्तो सुकोमल दृष्टि फिरायो, मानौं म उसको मन पर्ने भाइ हुँ ।

“ए, पर्ख ।” ऊ फिता बाँध्ने काम पूरा गरी जुरुक्क उभियो । अनि कतै म अलप त भएर जाने होइन भने भैंm गरी एकटक लगाएर मतर्पm क्वारक्वारती हेर्दै अगाडि थप्यो ः “ल, ल, हेर । डर लाग्यो कि क्या हो ? “

“अँ, म यतातिर … “

“बाटो बिरायौ, हैन त ?” उसले मेरो वाक्य पूरा गरिदियो र खित्का छाड्दै हाँसेर भन्यो ः “कस्तो, हुस्सु, हँ ? ल, मेरो पछि लाग । मेरो साथमा तिमीलाई केही हुनेछैन ।”

हामी छिटै पुरानो गाउँमा पुग्यौं । यताउति हेर्दै नहेरेर हामीले त्यसको मामिैक अवशेष पार गर्यौं र खुला ठाउँमा पुग्यौं । कतैबाट हावाको झोक्का चल्यो । जुन ठाउँमा चिहानघारी हुनुपर्ने थियो त्यहाँ उराठलाग्दो झाडीमा सरसराहटको स्वर सुनियो ।

“लौ ।” मित्काले देब्रे हात गोजीमा घुसार्दै भन्यो ः “लौ, सिनेमा कस्तो लाग्यो, बताऊ । हाम्रा ठिटाहरु खै ? मेरो पछि लाग्लान् कि बाटैबाटो हिंड्लान् ?”

“बाटोबाटै ।”

“कुन बाटोमा नि ?”

हाम्रो दाहिने र देब्रेतिर चिहानघारीका क्रसहरु देखिन थाले । ती काठका घोचाहरुबाट बनाइएका थिए र कोल्टे परेका देखिन्थे । केयौं क्रसहरु त एकदमै मक्किइसकेका थिए । ती क्रसहरुले घाँस उम्रिरहेको थुम्कोको सौन्दर्य बढाएका थिए र वरिपरिको दृश्यलाई झण्डै अलौकिक रुप प्रदान गरिरहेका थिए । जे भए तापनि यो मुर्दा एकान्तको स्थल होइन भन्ने प्रतीत हुन्थ्यो । कुनै प्रकारको एकदमै ठोस कुराले मनमा दवाव हालिरहेको थियो र जीवन्त आत्मालाई जकडिराखेको भान हुन्थ्यो ।

मेरो आँखाअगिल्तिर मित्काका जुत्ताहरु छिट्छिटो झल्किरहेका थिए । उसलाई पछ्याउन मलाई निकै हम्मे परिरहेको थियो । यत्तिकैमा हि.ड्दाहिंड्दै कुमले मलाई धकेल्दै उसले भन्यो ः

“छुरी दिउँ कि ?” मैले पनि केही गुनगुनाएँ ।

“तिम्रो लागि । मलाई चाहिएको होइन ।” मित्काले भन्यो ।

छिटै नै हामी नदीको किनारामा पुगिहाल्यौं । मित्काले गोजीबाट हात बाहिर झिक्यो र हाइसन्चो मानेर सास फेर्यो ।

“बुभ्mयौ ? भर्सेलोमै परोस् यहाँ सबै कुरा ।”

उसको मात एकदमै छुटिसकेको थियो । उसले निधार खुम्च्याउँदै मसित सोध्यो ः
“तिमी एकलै किन मेरो पछि लाग्यौ, हँ ? मलाई नभेटेको भए के हुन्थ्यो नि ?”

मैले घडी हेरें । रातको एघार बज्न आँटेको थियो । सांस्कृतिक भवनमा सिनेमा भर्खरै मात्र सिद्धिएको हुँदो हो ।
“कति बज्यो अहिले ?”

“एघार ।” मित्काको अनुहारमा हर्षको मुस्कुराहट झल्कियो । उसले धोद्रो स्वरमा भन्यो ः
“घुमाउरो बाटोबाट आउने होलान् । म नभएको हुँदा डर मान्ने छन् ।”

रुखहरुको पछिल्तिर हाम्रो पालहरु पनि देखापरे । भालुको बच्चा बाँधिएको रुखनेर भयमिश्रित आवाज गुञ्जियो ः “ऊ…ऊ…ऊ… “

मित्का नजिकै पुगेर हपार्न थाल्यो ः
“के कराइरहन्छस्, बिनसित्तै ? एकलै भएको हुँदा डर लाग्यो होला, हैन ?”

ऊ झटपट आप्mनो पालभित्र पस्यो र शयनथैली बोकेर बाहिर निस्कियो । भालुको बच्चा पनि गाइँगुइँ गर्दै उसैको बगलमा पल्टियो । मित्का उसको गर्दनमा मुसार्दै थियो, तर जुरुक्क उठ्यो र टाउको माथिसम्म मुक्का प्रहार गर्दै वनतिर फर्केर उफ्रँदै जोड जोडले चिच्याउन लाग्यो ः
“पख्लास् । खबरदार । बुभ्mयौ त ?”

भालुको बच्चाले उसको पिठ्यूँमा थुतुनो जोत्यो र एकछिनपछि दुवै घुनै लागिहाले ।

तल पानी बगेको कल्कल आवाज सुनिन्थ्यो र विस्तारै वन सुसाएको पनि कानमा परिरहेको थियो । हो, बैकाल क्षेत्र अनकन्टार र शून्य छ ।

२६ डिसम्बर २००१
एडुआर्ड अलेक्सेयेभ कथाहरु (रास्काजी ओ झिभोत्निख), रुस लेखक संघको मास्को संगठन, मास्को, ई.सं. १९९८ । पृ. ५३ : ६२
कथासंग्रह “प्रेमको ज्योति” बाट

(स्रोत : Freenepal)

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : अनूदित कथा | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *