लघुकथा : फोहरी-खेल

~कात्यायन~dhanwantari-mishra-katyayan

– ऊ फोहरमै जन्म्यो, हुर्क्यो, बढ्यो | फोहरी खेलमै पारंगत भयो | फोहरी शिक्षामा डिग्री पनि हाँसिल गर्यो |

– ऊ यति फोहरी थियो कि, उसलाई देखेर फोहर नै घृणाले नाक थुन्थ्यो |

– सोच्छ एकदिन | कुनै सुन्दर खेलमा भाग लिन पर्यो | क्रिकेटका युवा खेलाडीहरूले सुन्दरता प्रदर्शन गरिरहेकाथिए | ऊ त्यसमा प्रतिस्पर्ध्दा गर्छ | असफल बन्छ |

– योगाको गुरु पनि बन्न सकेन | प्रवचन पनि दिन जानेन | शिक्षक हुन पनि सकेन | जागीर पनि पाएन |

– आर्थिक क्षमताको कमीले ब्यापारी पनि बन्न सकेन |…

– मान्छेका केही फोहरी गुण अझै उसमा विध्यमान थियो | ऊ चूप लागेर बस्नैसकेन |

– फोहरी नै सही शिक्षित थियो – राजनीतिको गन्धगीमा नफस्ने निर्णय लियो |

– धेरै सोच्यो, विचार्यो र बौध्दिक-वर्गको फोहरी खेलमा सामेल भयो| र, उसको नित्य-कर्म त्यही आहालमा बसेर फागुको अबीर झैं हिलो छ्याप्नबाट शुरु गर्नथालिरहेछ |

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : लघुकथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *